संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने सम्भावना !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन १७, २०७४
|
|
६६ पटक हेरिएको
Shares
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश  प्रधानमन्त्री बन्ने सम्भावना !

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका संसद भंग गर्ने तयारी गरेका छन् ।
  • एमालेसँग एकताका नाममा प्रचण्डले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन तोड्ने अवस्था आएलगत्तै देउवाले तुरुन्तै संसद भंग गर्ने बालुवाटारको उच्च स्रोतले  बतायो ।
  • यसका लागि देउवाले आन्तरिक तयारी समेत गरिसकेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका संसद भंग गर्ने तयारी गरेका छन् ।एमालेसँग एकताका नाममा प्रचण्डले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन तोड्ने अवस्था आएलगत्तै देउवाले तुरुन्तै संसद भंग गर्ने बालुवाटारको उच्च स्रोतले  बतायो ।

यसका लागि देउवाले आन्तरिक तयारी समेत गरिसकेका छन् । उनले सरकारका कानूनी सल्लाहकार (महान्यायाधिवक्ता) र प्रधानन्यायाधीश गोपाल पराजुलीसँग परामर्श गरिरहेका छन् ।उनीहरुले देउवाको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै कानूनी रुपमा संसद भंग गर्न सकिने सुझाव दिएका छन् ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत र प्रधानन्यायाधीशमाथि प्रश्न उठाउँदै कटाक्ष गरेका थिए । उनले गोपाल पराजुलीलाई ‘कांग्रेसको मान्छे’ भनेर संकेत गरेका थिए ।

यसकारण पनि प्रधानन्यायाधीश पराजुलीले देउवाको प्रस्तावलाई सकारात्मक मान्दै संसद भंग गर्ने कानूनी अधिकार प्रधानमन्त्रीमा रहेको भन्दै देउवाका लागि बाटो खोलिदिएका छन् । महान्यायधिवक्ता पनि सकारात्मक रहेको स्रोतले बतायो ।

अब प्रधानमन्त्री देउवाले संसद भंग गर्नका लागि मन्त्रिपरिषद बैठक बोलाउने कसरत पनि थालिसकेका छन् । गठबन्धन भत्किएलगत्तै क्याविनेट बैठकबाट संसद भंगको निर्णय अनुमोदन गराउँदै देशबासीका सम्बोधन गर्ने योजनामा देउवा छन् । त्यसपछि मात्रै राष्ट्रपतिलाई भेट्ने तयारीमा रहेको स्रोतको दाबी छ । स्रोत भन्छ– ‘यसो गर्दा संसद भंग गर्ने निर्णय अनुमोदन गर्न राष्ट्रपतिमाथि पनि दबाब पर्छ ।’

संसद भंग गरेर गोपाल पराजुलीलाई प्रधानमन्त्री बनाउने

बालुवाटार उच्च स्रोतका अनुसार देउवाले संसद भंग गरेर प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानमन्त्री बनाउने तयारी समेत गरेका छन् । संविधान सभाको दोस्रो चुनावका बेला तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बनाएजस्तै देउवाले पनि पराजुलीलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा चुनाव सम्पन्न गराउन प्रधानमन्त्री बनाउने तयारी गरेका हुन् ।

स्रोतका अनुसार यो कदम चाल्दा चुनाव केही दिन सर्ने अवस्था आउनसक्छ । यसमा देउवालाई कुनै पछुतो नहुने र अचानक आएको राजनीतिक घटनाक्रमले यो कदम उठाउनेसक्ने सम्भावना छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्पेनिस कोपा डेल रे : बार्सिलोना र रियाल मड्रिडको बराबरी
स्पेनिस कोपा डेल रे : बार्सिलोना र रियाल मड्रिडको बराबरी
चार वर्षमा माडीको कायापलट हुनेछ : प्रचण्ड
चार वर्षमा माडीको कायापलट हुनेछ : प्रचण्ड
राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ ः प्रधानमन्त्री
राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ ः प्रधानमन्त्री
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
विधेयक प्रकृयाबाट गएकोछ, पास हुन्छ : प्रवक्ता बास्कोटा
विधेयक प्रकृयाबाट गएकोछ, पास हुन्छ : प्रवक्ता बास्कोटा
आप्रवासी श्रमिकको निःशुल्क दुर्घटना बीमा
आप्रवासी श्रमिकको निःशुल्क दुर्घटना बीमा
भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा बम विस्फोट
भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा बम विस्फोट
छुट्टिए ट्रम्प–किम : अब छिट्टै अमेरिकाको ह्वाइट हाउसमा भेट होला ?
छुट्टिए ट्रम्प–किम : अब छिट्टै अमेरिकाको ह्वाइट हाउसमा भेट होला ?
प्रधानमन्त्रीले गर्ने प्रशासनिक काम गृहमन्त्रीले गर्ने
प्रधानमन्त्रीले गर्ने प्रशासनिक काम गृहमन्त्रीले गर्ने
लामो कसरतपछि स्वास्थ्य बीमा ऐन
लामो कसरतपछि स्वास्थ्य बीमा ऐन

तपाईंले छुटाउनुभयो कि?