विधेयक प्रकृयाबाट गएकोछ, पास हुन्छ : प्रवक्ता बास्कोटा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ १०, २०७५
|
|
६४ पटक हेरिएको
Shares
विधेयक प्रकृयाबाट गएकोछ, पास हुन्छ : प्रवक्ता बास्कोटा

सारांश

  • काठमाडौं, १० माघ – सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद वास्कोटाले नियम संगत पेश भएको चिकित्सा विधेयक फिर्ता नहुने बताउनु भएको छ ।
  • मन्त्रीपरिषद बैठकको पछिल्लो निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले हावामा तिर चलाउँदैमा निसााना नलाग्ने भन्दै विधेयको मर्म र मावना नबुझी गरिएको प्रचारले जनता झुक्याउन नसकिने बताउनुभयो ।
  • संचारमन्त्री गोकुल प्रसाद वास्कोटाले डा.

काठमाडौं, १० माघ – सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद वास्कोटाले नियम संगत पेश भएको चिकित्सा विधेयक फिर्ता नहुने बताउनु भएको छ ।

मन्त्रीपरिषद बैठकको पछिल्लो निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले हावामा तिर चलाउँदैमा निसााना नलाग्ने भन्दै विधेयको मर्म र मावना नबुझी गरिएको प्रचारले जनता झुक्याउन नसकिने बताउनुभयो ।

संचारमन्त्री गोकुल प्रसाद वास्कोटाले डा. गोविन्द केसीका सबै माग विद्येयक मार्फत पुरा भइसकेको बताउनुभएको छ ।  ‘अब उहाँलाई कसैले अर्कै विधेयक पढ्न दिएर भ्रम पारेको छ भने थाहाँ भएन, तर विद्येयकमा उहाँले उठाएको सबै कुरा पुरा भएका छन् ।’

चिकित्सा विध्येकक विधि र प्रकृयाबाट संसदमा पुगेको भन्दै मन्त्री बास्कोटाले त्यो पाश हुने बताउनुभयो । ‘सबै विधि र प्रकृयाबाट संसदमा गएको छ, अब त्यो संसदको विषय भएको छ’ उहाँको भनाई थियो । ‘त्यो संसदको  विषय हो, सम्पती हो र उसैको क्षेत्राधिकार भित्र पर्यो, त्यसैले यो विधेयक आफ्नो प्रकृयाबाट पारित हुन्छ । आफ्नो प्रोसेसबाट गएकोले फिर्ता हदैन ।’
नेपालमा सबैधन्दा बढि छलफल भएको विधेयक नै यही विध्ेयक भएको बताउँदै उहाँले विधेयकमा के छ भन्ने विषयमा बहश केन्द्रित गर्न आग्रह गर्नुभयो ।

‘डा.केसीका सतप्रतिशत मागहरु पुरा भएका छन् । अझ व्यवस्थीत भएका छन् । उहाँले विद्येयक पढ्न पाउनु भएको छ कि पढ्नै अर्को पो दिएको छ कि मन्त्री बास्कोटाको प्रश्न थियो ।’ संसदमा नेपाली कांङ्रेसले गरेको  अवरोध प्रति इकित गर्दै मन्त्री बास्कोटाले त्यो बेठिक भएको र लोकतन्त्र विरोधी भएको बताउनुभयो ।

‘आजसम्म गरिएका सम्पूर्ण प्रयासहरु कुनै अर्को त्यान्द्रो समातेर बेल घेराउ गर्ने, पेश गर्न नदिने, कुहिना तेर्साएर हेर्ने । समामुखलाई समेतलाई घेर्ने, बाटो छेक्ने लोकतन्त्र यही हो ।’ भन्दै मन्त्रि बास्कोटाले भन्नुभयो ‘अलिकति लोकतन्त्रको परिभाषा चाहियो । विधि होला, कानून होला, प्रकृया होला नी ।’ मन्त्री बास्कोटाले थप्दै भन्नुभयो “कुरा सिम्पल छ । सरकारले विद्येयक पेश गरेको छ, त्यो पास हुन्छ, गरिन्छ ।’ छलफलको लागि  भने आफूहरु सधै तयार रहेको मन्त्री बास्कोटाले बताउनुभयो । ‘संसदमा छलफल हुनुपर्यो । सर्वोच्व निकाय त्यही हो । ,संविधान नै परिर्वतन गर्नु परेपनि थलो त्यही हो ।’

विधेयकले उठाएका विषय वस्तु के हुन्, संवोधन गर्न खोजिएका क्षेत्र के हुन् निर्कोल गरौं भन्दै मन्त्री बास्कोटाले विधेयकमा ३३ बेड नभई मेडिकल खोल्न अनिर्वाय व्यवस्था हुनु, तीन बर्षदेखि चलेका र ३३ बेड भएलाई मात्र मेडिकल खोल्न पाइने व्यवस्था गरिनु, एविविएस अध्ययन गर्ने नेपालीका लागि सरकारी कलेजमा ५० र  प्राइभेटमा ७५ प्रतिशत छुटको व्यवस्था गरिनु जनमूखी नभए के भएको भन्दै प्रश्न गर्नुभयो । ‘म सुन्छु जनता मुखी भएन, विद्यार्थी मुखी भएन के भयो त यो ?’ उहाँको प्रश्न थियो ।

विद्येकमा मापदण्ड नपुर्याई खोलिएका मेडिकल कलेजहरु खारेज गरिने व्यवस्था हुनु, स्वदेशी लगानीकर्ताले मेडिकल खोलेभने कुल सिटको १० सिट छात्रवृद्घि दिनुपर्ने व्यवस्था हुनु र विदेशीमिलेर खोले २० प्रतिशत सिट छात्रवृत्रि निशुल्क दिर्नुपर्ने व्यवस्था, विद्यार्थीलाई छुट्याईको कोटामा नेपाली विद्याथीले बढे नेपाली सरह नै शुल्क लिुपर्ने व्यवस्था जनमुखी नभए के हो भन्दै प्रश्न गर्नुभयो ।

कुनै पनि विश्वविद्यालयले  ५ बटा भन्दा बढि कलेजलाई संवोधन दिन नपाइने व्यवस्था विद्येकमा हुनु, कुनैपनि विश्वविद्यालयले काठमाडौंमा १० बर्षसम्म मेडिकल खोल्न नपाइने व्यवस्था हुनु, १० बर्षपछि गैर नाफामुखी तरिकाले चलाउनुपर्ने गरिनु र छात्रवृत्तिमा  पढेक विद्यार्थीले एक बर्ष दुर्गम र एक बर्षसम्म सुगममा काम गर्नुपर्ने व्ववस्था हुनु जनमुखी भएको बताउनभुयो ।  विद्येयकमा विपन्न विद्यार्थीलाई सहुलियतमा ऋण उपलब्ध गराउने व्यवस्था हुनु, सहित परिवारलाई छात्र बृद्घिको व्यवस्था गरिनु जनमुखी नै भएको उहाँको भनाई थियो । चुरो कुरोमा आउनु पर्यो । वेवस्था के हो छलफल हुनै नदिने भन्दै मन्त्री बास्कोटाले भन्नुभयो  ‘छलफल भए त छ्याङ्गै हुने भोनी । छलफल भए आँधि बेरी हुने भयो, हुतहुत आउने भयो भनेर छलफल पन्छाएर अबरोध गर्दै विषयन्त्रतर गरेर भ्रम पैदा गर्न खोजेर हुँदैन ।’

‘छलफल गर्ने थलो संसद नै हो । अस्पतालमा गर्ने धर्ना जुलुसले कानून बनाउने होकि संसदले कानून बनाउने हो ?’ मन्त्री बास्कोटाको प्रश्न थियो ।

अस्ति जे भयो हामीलाई दुख लागेको छ । विद्येयक जनतातिर फर्केक छ , विद्यार्थीतिर फर्केको छ  मेडिकल सुधार तिर फर्केकोछ उहाँले भन्नुभयो । ‘हुँदै नभएको  चिजलाई हावामा तरवार चलाएर निशाना लाग्दैन । कस्को खोजीमा तरवार चल्दैछ के ढाल्नका लागि, के प्राप्तीका लागि बुझ्न सकिएको छैन ।’

प्रवक्ता बास्कोटाले माघ ३ गते विहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले  निर्णयहरु सार्वजनिक गर्नु भयो ।

 सरकारका पछिल्ला मन्त्रीपरिषद निर्णयहरु
२०७५ साल माघ ३ गते बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू–
१. महाअभियोग सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय गरिएको छ ।
२. विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैंकको शेयर खरिद गर्ने निर्णय गरिएको छ ।
३. युरोपियन युनियन डेलिगेसन टु नेपालको प्राविधिक सहायता (अनुदान) १९,९६,१९९ युरो स्वीकार गर्ने निर्णय गरिएको छ ।
४. पुनर्निर्माणका लागि साउदी कोषसँग ऋण सहायता प्राप्तिका लागि अर्थ मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी अख्तियारी दिने निर्णय गरिएको छ ।
५. गोरखकाली रबर उद्योग लि.का कर्मचारीलाई अनिवार्य अवकाश दिने र कारखानाको वैकल्पिक व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
६. नेपाल औषधी लिमिटेडको महाप्रबन्धक पदबाट डा. रोभस कुसम सुवेदीले दिनुभएको राजीनामा स्वीकृत गरिएको छ ।
७. नेपाल–भारत वाणिज्य सन्धी २००९ को पुनरावलोकन सम्बन्धी दोस्रो बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।
८. अफ्रिकन स्वाइन फिभर रोग सार्न सक्ने वस्तुको पैठारीमा प्रतिवन्ध लगाउने निर्णय गरिएको छ ।
९. नुवाकोट जिल्लाको दुप्चेश्वरमा भएको दुर्घटनाका घाइते भएकाहरूको उपचार सरकारी खर्चमा गराउने निर्णय गरिएको छ ।
१०. क्षेत्रीय आपतकालिन कार्य सञ्चालन केन्द्र र गोदामघरहरूलाई प्रदेश स्तरमा रूपान्तरण गरी सञ्चालन गर्ने निर्णय गरिएको छ ।
११. नेपाल सरकार र ओमान सरकारबीच कुटनीतिक तथा सरकारी÷विशेष÷सेवा राहदानी बाहकहरूलाई एक अर्को मुलुकमा भ्रमण गर्दा प्रवेशाज्ञा छुट दिने सम्झौता स्वीकृत गरिएको छ ।
१२. जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा ठैव, ललितपुरका श्री ज्ञानेश्वर कार्कीलाई नियुक्त गरिएको छ ।
१३. रक्सौल–अमलेखगन्ज भूमिगत पेट्रोलियम पाइपलाइन बिच्छाउने कार्यका लागि आवश्यक रुख हटाउन अनुमति दिइएको छ ।
१४. स्थानीय सेवाको गठन, सञ्चालन, व्यवस्थापन, सेवाका शर्त तथा सुविधासम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड निर्धारण गर्ने गरी संघीय कानून तर्जुमा प्रक्रिया अगाडी बढाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको छ ।
१५. राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहका सरकारी कर्मचारीहरूको समायोजन गर्ने निर्णय गरिएको छ ।
१६. विदेशी नियोगहरूलाई नेपालमा जग्गा उपलब्ध गराउने निर्णय गरिएको छ ।
१७. भाषा आयोगको सदस्य पदमा उषा हमाल (सुर्खेत) लाई नियुक्त गरिएको छ ।
१८. विगतको सशस्त्र द्वन्द्वका क्रममा घाइते, अपांग भएका, स्थानीयस्तरमा औषधी उपचार हुन नसकी राजधानीको वीर अस्पताल लगायतमा औषधी उपचार गराएका नरवीर दमाई बडाभैरव–१०, दैलेख; मन दर्जी मेल्लमणी–७, कालीकोट; वीरबहादुर परियार तातोपानी–५, जुम्ला लगायत ४४ जनालाई औषधी खर्च, आतेजाते खर्च, होटलबास खर्च र कुरुवा खर्चसमेतका लागि खर्च भएको दश लाख रुपैयाँ गृह मन्त्रालयलाई शोधभर्नाबापत उपलब्ध गराउने निर्णय गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?