११ सय भूकम्पपीडितले चिठ्ठामा परेको ट्याक्सी अरुलाई नै बेचे

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक ४, २०७४
|
|
६० पटक हेरिएको
Shares
११ सय भूकम्पपीडितले चिठ्ठामा परेको ट्याक्सी अरुलाई नै बेचे

सारांश

  • ४ कात्तिक, काठमाडौं ।
  • सरकारले स्वरोजगारीका लागि दिएको करिब ११ सय ट्याक्सी भूकम्पपीडितले अन्यलाई नै बेचेका छन् ।
  • सरकारले दिएको ट्याक्सीको नम्बर प्लेट पीडितले अन्यलाई नै बिक्री गरेका हुन् ।

४ कात्तिक, काठमाडौं । सरकारले स्वरोजगारीका लागि दिएको करिब ११ सय ट्याक्सी भूकम्पपीडितले अन्यलाई नै बेचेका छन् । सरकारले दिएको ट्याक्सीको नम्बर प्लेट पीडितले अन्यलाई नै बिक्री गरेका हुन् ।

सरकारले १४ जिल्लाका भूकम्प पीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सीको नम्बर वितरण गरेको थियो ।

सगत साउन ११ गतेदेखि भूकम्पपीडितलाई गोलाप्रथामार्फत् दिएको ट्याक्सीको दर्ता प्रक्रिया चलिरहेको छ । ट्याक्सी दर्ता मंसिर मसान्तसम्म गरिसक्नुपर्ने यातायात ब्यवस्था विभाग, साना-ठूला सवारी कार्यालय एकान्तकुनाका प्रमुख बसन्त अधिकारीले  जानकारी दिए ।

काठमाडौंमा ट्याक्सीको नियमित दर्ता बन्द भएकाले भूकम्पपीडितले पाएको ट्याक्सीको नम्बरका लागि पाँच लाखसम्म खर्चिनेहरु भेटिएका छन् ।

भूकम्प पीडितलाई प्रभावमा पारेर प्लेट खरिद गर्न बिचौलियाहरु पनि सक्रिय भएका छन् । अहिलेसम्म साना-ठूला सवारी कार्यालय एकान्तकुनामा भूकम्प पीडितले पाएका झण्डै १२ सय ट्याक्सी दर्ता भएका छन् ।

यसमध्ये करिब सय वटा ट्याक्सी मात्रै भूकम्पपीडितले आफ्नो नाममा दर्ता गरेका अधिकारीले बताए । झण्डै ११ सय ट्याक्सी भूकम्पपीडितले अन्यको नाममा नामसारी गरिदिएका छन् । विभागले ट्याक्सी दर्ता रोकेपनि नामसारी रोकेको छैन ।

‘नम्बर पाएका भूकम्प पीडित स्वयमले ट्याक्सी नल्याएसम्म दर्ता नगर्ने ब्यवस्था छ,’ कार्यालय प्रमुख बसन्त अधिकारीले भने, ‘तर, दर्ता गर्ना साथै नामसारी भइरहेको छ ।’

कानुनतः ट्याक्सी नामसारी गर्न पाइने भएकाले रोक्न पीडितले आफूले लक्ककी ड्रबाट हात पारेको नम्रब प्लेट स्वरोजगार बन्न चाहाने अन्यलाई बेचेको उनको भनाइ छ ।

यसरी नामसारी गर्दा भूकम्पपीडितले अनौपचारिक रुपमा ५ लाखसम्म रकम बुझेका छन् । यसले भूकम्प पीडितलाई स्वरोजगार बनाउने उद्देश्य भने पुरा नहुने भएको छ ।

आफैंले ट्याक्सी चलाउन नसक्ने, कोठा सरेर काठमाडौं नै आउनुपर्ने, कमाइका लागि अरुको भर पर्न नसक्ने लगायतका कारण भूकम्पपीडितले प्लेट बिक्री गरेको पाइएको विभागले जनाएको छ ।

भूकम्प पीडितका नाममा पाएको ट्याक्सी बेच्नेहरुले भने बैंकले ऋण नदिने भएकाले १६ लाख भन्दा बढी खर्चिएर ट्याक्सी किन्ने अवस्था नभएको तर्क गरेका छन् ।

काठमाडौंमा अहिले साढे ७ हजार ट्याक्सी छन्, जुन २०५७ सालमा ७५ सय हाराहारी थियो । पछिल्लो समय भाडाका ट्याक्सीको नयाँ नम्बर दर्ता पनि रोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित
यस्तो रणनीति बनाउँदै ओलीविरुद्व खनाल, नेपाल र गौतम !
यस्तो रणनीति बनाउँदै ओलीविरुद्व खनाल, नेपाल र गौतम !
भ्रष्टाचारीहरुको लुगा पनि बाँकी नराख्ने लोकमानको चुनौती (विज्ञप्तिसहित)
भ्रष्टाचारीहरुको लुगा पनि बाँकी नराख्ने लोकमानको चुनौती (विज्ञप्तिसहित)
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय अध्यक्ष सिंहको निधन
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय अध्यक्ष सिंहको निधन
रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
सरकारको ध्यान आर्थिक विकास, सम्वृद्धि र सुशासनमा केन्द्रीत : रक्षामन्त्री
सरकारको ध्यान आर्थिक विकास, सम्वृद्धि र सुशासनमा केन्द्रीत : रक्षामन्त्री
फोरमका पूर्वशर्त मानेर सरकारमा ल्याए जनतामाथि ठूलो विश्वासघात : मोहनविक्रम सिंह
फोरमका पूर्वशर्त मानेर सरकारमा ल्याए जनतामाथि ठूलो विश्वासघात : मोहनविक्रम सिंह
संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशन (डिपिए) औपचारिक रुपमा बन्द
संयुक्त राष्ट्रसंघीय राजनीतिक मिशन (डिपिए) औपचारिक रुपमा बन्द
सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी
सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी
सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : रक्षामन्त्री खड्का
सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : रक्षामन्त्री खड्का

तपाईंले छुटाउनुभयो कि?