विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव ‘कात्तिक नाच’

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १३, २०७४
|
|
४८ पटक हेरिएको
Shares
विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव ‘कात्तिक नाच’

सारांश

  • ललितपुर, १३ कात्तिक   परम्परागतदेखि सञ्चालन हुँदै आएको ‘कात्तिक नाच’ विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिदै आएको छ ।
  • मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालित उक्त नाच देश र जनताको कल्याणार्थ सञ्चालन गरिएको जनविश्वास रहँदै आएको छ ।
  • नेपाल संवत् ७६१ तथा विसं १६९७ बाट कात्तिक नाचको प्रारम्भ भएको इतिहासमा उल्लेख गरिएको छ ।

ललितपुर, १३ कात्तिक   परम्परागतदेखि सञ्चालन हुँदै आएको ‘कात्तिक नाच’ विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिदै आएको छ ।

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालित उक्त नाच देश र जनताको कल्याणार्थ सञ्चालन गरिएको जनविश्वास रहँदै आएको छ । नेपाल संवत् ७६१ तथा विसं १६९७ बाट कात्तिक नाचको प्रारम्भ भएको इतिहासमा उल्लेख गरिएको छ ।

ऐतिहासिक रुपमा साँस्कृतिक एवं तान्त्रिक मूल्य मान्यता बोकेको सो नाचको गरिमा आज पनि उत्तिकै प्रतिष्ठित रहेको छ । बहुचर्चित नाचका सर्जक एवं प्रवद्र्धक राजा सिद्धिनरसिंह मल्लका शिक्षा गुरु हरिवंश उपाध्याय तथा दिक्षा गुरु विश्वनाथ उपाध्यायको उक्त नाचमा तान्त्रिक पक्षमा योगदान रहेको पाइन्छ ।

धार्मिक राजा मल्लले देशमा शान्ति सु–व्यवस्था कायम राख्न र तत्कालीन जनतालाई एकै सुत्रमा बाँधेर मनोरञ्जन प्रदान गर्ने नाचको प्रमुख उद्देश्य रहेको पाइन्छ । यसबाहेक धार्मिक, नैतिक, सामाजिक ज्ञान दिनु नाचको अर्को विशेषता समेत रहेको छ ।

राजा सिद्धिनरसिंह मल्लको पालामा शुरु भएको उक्त नाच प्रथमपटक पाँच दिनबाट थालनी गरिएको इतिहासमा उल्लेख छ । सो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख(लोक नाटक) १० दिन थपेर १५ दिनको पु¥याएको मानिन्छ । यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषा हरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको पाइएको छ ।

सत्ताईस दिनसम्म देखाइने उक्त नाचको विशेषता भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहो¥याई देखाइने पनि यस नाचको अर्को विशेषता रहेको छ । कात्तिक महिनामा देखाइने भएर यस नाचलाई कात्तिके नाचले नामाकरण गरिएको हो ।

राष्ट्रिय अमूर्त सम्पदा र परम्परागत रुपमा प्रदर्शन गरिने उक्त नाच सिंगो ललितपुरको मात्र नभएर सिंगो नेपालकै रहेको बताइएको छ ।

कात्तिक महिनामा सञ्चालन हुने सो नाच २००६ सालसम्म वर्षमा २७ दिनसम्म सञ्चालन भइरहेको कात्तिक नाच संरक्षण समितिका उपाध्याक्ष प्रतापधर राजोपाध्यायले बताउनुभयो । उहाँका अनुसार विसं २००७ देखि २०३७ सम्म बराह र नृसिंह अवतार गरेर जम्मा दुई दिनका दरले प्रत्येक वर्ष नाच देखाउँदै आएको छ ।

यसैगरी विसं २०३८ देखि २०६९ सम्म प्रत्येक वर्ष आठ दिनका दरले नाच देखाइएको थियो । २०७० सालदेखि २०७१ सम्म प्रत्येक वर्ष १२ दिनसम्म नाच सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

यस्तै विसं २०७२ मा १० र २०७३ र २०७४ सालमा १२ दिनसम्म नाच सञ्चालन गरिएको उहाँको भनाइ रहेको छ । कात्तिक नाचका कलाकार समेत रहनुभएका राजोपाध्यायका अनुसार प्रत्येक वर्षको कात्तिक कृष्ण प्रतिपदाबाट शुरु भएर कात्तिक शुक्ल पूर्णिमासम्म नाच देखाउनुपर्ने प्रचलन रहेको छ ।

कात्तिक महिनाभरिमा लक्ष्मीपूजा, म्हःपूजा र भाइटीका परेकाले नाच देखाइने समय २७ दिन पर्न गएको उहाँको कथन रहेको छ । समितिका अध्यक्ष एवं नाचका कलाकार किरण चित्रकारका अनुसार यस वर्षको कात्तिक नाच कात्तिक ७ गतेबाट शुरु भएर कात्तिक १८ गतेसम्म सञ्चलान रहनेछ ।

यस अवधिमा सुदामा प्याँख, बाथ प्याँख(कौला खिचा), उषा हरण लिलाअन्तर्गत वानासुरयात सहर्षभूज वरदान, उषा व अनिरुद्र शृृंगार, देवी प्याँख, युद्ध कला र वानासुर्या सहर्षभूज त्वाल्हाइगु नाच देखाइने छ ।

यसबाहेक जल शरण(मधु कटैव बध), बराह अवतार(हिरण्याक्ष बध), नृसिंह अवतार(हिरण्यकश्यपु बध), वस्त्रहरण लीला तथा दधि लीला नाच सञ्चालन गरिने जनाएको छ ।

उक्त नाच विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित कात्तिक नाच डबलीमा प्रत्येक साँझ ७ बजेदेखि प्रारम्भ भइरहेको अध्यक्ष चित्रकारले बताउनुभयो ।

नाच हेर्न पाटनवासी तथा राजधानीका विभिन्न स्थानबाट दर्शक आउने गरेका छन् । राजा सिद्धिनरसिंह मल्लको पालामा पाटनमा बसोवास गरिरहेका जनतामा आलस्यता तथा स्वःस्फूर्ति नभएका कारण सो नाचको रचना गरिएको किम्बदन्तीमा उल्लेख गरिएको छ । नाचको प्रारम्भपछि जनतामा उल्लासमय छाएको र कल्याण भएको जनविश्वास रहँदै आएको अध्यक्ष चित्रकारले बताउनुभयो ।

समितिका कोषाध्यक्ष एवं कलाकार उत्तमरत्न शाक्यका अनुसार नाचमा सम्मिलित प्रत्येक कलाकारले संगीतको तालमा आफ्नो नाच देखाउनुपर्ने छ । सो नाचमा भाग लिने नयाँ कलाकारले तीन महिनादेखि नाच सिक्नु आवश्यक रहेको उहाँको भनाइ रहेको छ ।

ललितपुर महानगरपालिका–११ बस्ने विजय तण्डुकारका अनुसार २०५७ सालदेखि २०६९ सालसम्म महादेवको द्वारपालका रुपमा रहेको जय र विजयमध्ये जयको भूमिकाको रुपमा नाचमा सहभागी हुँदै आएको छ । समितिका सचिव समेत रहेका तण्डुकार आगामी वर्षबाट कात्तिक नाच २७ दिनसम्म सञ्चालन गर्दै लैजाने लक्ष्य भएको बताउनुहुन्छ ।

सो नाच २७ दिनसम्म सञ्चालन गर्न आर्थिक अभाव रहेको उहाँको गुनासो रहेको छ । परम्परागतदेखि चल्दै आएको नाचको संरक्षण र भावी पुस्ताले सिक्दै जाओस् भन्ने उद्देश्यले यसलाई निरन्तरता दिनुपर्नेमा उहाँको जोड रहेको छ । तण्डुकारकाअनुसार नाचमा संलग्न कलाकारले परम्परागतदेखि चल्दै आएको गरगहना, मुकुट, औँंठी, हातमा लगाउने बाला, कण्ठी, घघंली, जबी, लभकर्णजस्ता पहिरन लगाउने गर्दछन् ।

महानगरपालिका–११ बस्ने पाटनढोकाका कलाकार सुरेश महर्जन नाचमा प्रदर्शन गरिने नृत्य त्यति सजिलो नभएको बताउनुहुन्छ । बाध्यबादनको तालमा नाच देखाउनु निकै कठिन रहेको उहाँको कथन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, अन्य आरोपीको रेड कर्नर नोटिस जारी हुने 
दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, अन्य आरोपीको रेड कर्नर नोटिस जारी हुने 
वैदेशिक रोजगारीमा जानेमा चितवनबाट उच्च
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
‘प्रचण्ड’को सुरक्षाका लागि ५९ प्रहरी: नयाँ बर्डिगाडको कमाण्ड डिएसपी राठोरलाई
‘प्रचण्ड’को सुरक्षाका लागि ५९ प्रहरी: नयाँ बर्डिगाडको कमाण्ड डिएसपी राठोरलाई
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा
विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल
विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल
अन्तर्राष्ट्रिय क्रिकेटबाट एबी डिभीलिय ले लिए सन्यास !
अन्तर्राष्ट्रिय क्रिकेटबाट एबी डिभीलिय ले लिए सन्यास !
खाडी क्षेत्रमा युद्धको बादल
खाडी क्षेत्रमा युद्धको बादल
प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा नियकालाई गृहमन्त्रीको निर्देशन
प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा नियकालाई गृहमन्त्रीको निर्देशन
रुपन्देहीको सिदार्थनगर नगरपालिकाको ताजा अपटेड
रुपन्देहीको सिदार्थनगर नगरपालिकाको ताजा अपटेड

तपाईंले छुटाउनुभयो कि?