क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २, २०८०
|
|
५७ पटक हेरिएको
Shares
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

सारांश

  • काठमाडौं ।
  • किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ ।
  • खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

काठमाडौं । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ ।

खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनले भने, ‘लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।’

गत भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिवार र आइतबार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएको उनको भनाइ छ । उनका अनुसार लक्षित किशोरीमध्ये ४० प्रतिशतले खोप लगाएको बताए ।

सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखिएको छ । गत भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ ।

मन्त्रालयले सबै किशोरीका अभिभावकलाई खोप लगाउनका लागि खोप केन्द्रमा लैजान आग्रह गरेको छ । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई दिइने छ ।

शाखाका प्रमुख डा गौतमले महिलाका पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइएको बताए । सरकारले गत भदौ २७ गतेबाट कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपीभी खोप उपलब्ध रहेको छ ।

खोप पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा दिइने छ । एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ । यसअघि सरकारले सन् २०१६–१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । असुरक्षित यौन सम्पर्क, धुमपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किम जोड उनले दिए एक राजनीतिज्ञसहित पाँच जनालाई मृत्युदण्ड !
किम जोड उनले दिए एक राजनीतिज्ञसहित पाँच जनालाई मृत्युदण्ड !
ट्याक्सीमाण्डु राईड सेरिङ्ग एपमा आज साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने
ट्याक्सीमाण्डु राईड सेरिङ्ग एपमा आज साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने
कोभिड-१९ विरुद्धको औषधी परीक्षणको परिणाम ’उत्साहजनक’
कोभिड-१९ विरुद्धको औषधी परीक्षणको परिणाम ’उत्साहजनक’
रमाइलोकै लागि हो त ‘भ्यालेनटाइन डे’, यसो भन्छन् युवायुवती ? (भिडियो)
रमाइलोकै लागि हो त ‘भ्यालेनटाइन डे’, यसो भन्छन् युवायुवती ? (भिडियो)
हत्या गरी शव खाडलमा गाडिएको अवस्थामा फेला…
हत्या गरी शव खाडलमा गाडिएको अवस्थामा फेला…
बिहीबार ९६ संक्रमित थप, १११ जना संक्रमणमुक्त
बिहीबार ९६ संक्रमित थप, १११ जना संक्रमणमुक्त
सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा
सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा
यी हुन् सातवटै प्रदेशमा एमालेका सम्भावित मुख्यमन्त्री
यी हुन् सातवटै प्रदेशमा एमालेका सम्भावित मुख्यमन्त्री
वाम गठबन्धन उम्मेदवारका साझा प्रतिबद्धतापत्र सार्वजनिक
वाम गठबन्धन उम्मेदवारका साझा प्रतिबद्धतापत्र सार्वजनिक
सूचनाको हक प्रवद्र्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छः प्रधानमन्त्री दाहाल
सूचनाको हक प्रवद्र्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छः प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?