यी हुन् मधुमेहका सुरुवाती लक्षण

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १९, २०७४
|
|
५२ पटक हेरिएको
Shares
यी हुन् मधुमेहका सुरुवाती लक्षण

सारांश

  • मधुमेहको सुरुवाती लक्षण पत्ता लगाउन सक्ने हो भने उपचार सम्भव पनि छ ।
  • आजकाल मधुमेह एक आमसमस्या बन्ने गरेको छ ।
  • डायबिटिज लाइफ स्टाइलसम्बन्धी या वंशाणुगत रोग हो ।

मधुमेहको सुरुवाती लक्षण पत्ता लगाउन सक्ने हो भने उपचार सम्भव पनि छ । आजकाल मधुमेह एक आमसमस्या बन्ने गरेको छ । डायबिटिज लाइफ स्टाइलसम्बन्धी या वंशाणुगत रोग हो । शरीरमा रहेको पेन्क्रियाज नामक ग्रन्थिले इन्सुलिन बनाउन छाडेपछि मधुमेहको समस्या हुन्छ । इन्सुलिनले ब्लडमा ग्लुकोजलाई नियन्त्रण गर्न मद्दत गर्दछ । जान्नुहोस्, मधुमेहका यी हुन् सुरुवाती लक्षण :

लगातार पिसाब लाग्ने
मधुमेह रोग लाग्दा सुरुवाती लक्षणमध्ये मानिसलाई निरन्तर पिसाब लाग्छ । जब शरीरमा ज्यादा मात्रामा सुगर एकै ठाउँमा जम्मा हुन्छ, पिसाबको माध्यमबाट बाहिर निक्लन्छ । यसकारण मधुमेहरोगीलाई छिनछिनमा पिसाब लाग्ने हुन्छ ।

अत्यधिक तिर्खा लाग्छ
सुरुवाती लक्षणमध्ये बिरामीलाई पटक–पटक तिर्खा लाग्छ । पिसाबका माध्यमबाट शरीरको पानी अथवा सुगर बाहिर निक्लन्छ, जसले गर्दा जतिवेला पनि तिर्खा लाग्छ । धेरै मानिस यस्तो कुरालाई हल्का रूपमा लिन्छन् । याद गर्नुहोस्, यो मधुमेहको लक्षण हो ।

आँखा कमजोर
मधुमेह रोगको सुरुवातमा आँखामा ठूलो प्रभाव पर्छ । डायबिटिज मानिसमा लाग्दा सुरुवातमा आँखाको दृष्टि कमजोर हुन्छ । साथै, आँखा धमिलो हुँदै जान्छ । कहिलेकाहीँ केही कुरा हेर्दा आँखाले ठम्याउनसमेत मुस्किल पर्छ ।

अचानक तौलमा कमी
मधुमेह रोगको सुरुवातमा मानिसको तौलमा अचानक कमी आउँछ । मानिस दुब्लाउँदै गएको छ भने एकपटक चिकित्सकसमक्ष परामर्श लिनु राम्रो हुन्छ ।

एकदमै भोक लाग्छ
डायबिटिजले मानिसको तौलमा कमी आउँछ, तर भोक बढ्दै जान्छ । अन्य दिनको तुलनामा मानिसमा भोक गुणात्मक हिसाबले बढ्छ । पटक–पटक खाना खाने इच्छा हुन्छ ।

थकान महसुस हुन्छ

सुरुवाती दिनमा तपाईंहरूलाई थकान महसुस हुन्छ । हरेक दिन राति सुतेर उठ्ने वेलामा तपाईंलाई निद्रा पूरा नभएकोजस्तो लाग्ने, शरीरमा थकान महसुस भएको अनुभव हुन्छ । यस्तो भयो भने तपाईंको रगतमा सुगरको लेबल लगातार बढिरहेको छ ।

(techfundingnews.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
राजनीतिमा बिपीको चरित्र अवलम्बन गर्नुपर्नेमा जोड
राजनीतिमा बिपीको चरित्र अवलम्बन गर्नुपर्नेमा जोड
वाम गठबन्धनको घोषणापत्र सार्वजनिक आज
वाम गठबन्धनको घोषणापत्र सार्वजनिक आज
राष्ट्रियस्तरको दोहोरीगीतमा काठमाडौँ कलाकार समाज प्रथम
राष्ट्रियस्तरको दोहोरीगीतमा काठमाडौँ कलाकार समाज प्रथम
सम्पदा बानिया भन्दैछिन: मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय
सम्पदा बानिया भन्दैछिन: मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय
हेर्नुहोस पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो
हेर्नुहोस पूर्व राजकुमार दीपेन्द्र शाह तिहारमा गीत गाउदै भैली खेलेको दुर्लभ भिडियो
घोराहीमा एक हप्तामा ठेला व्यवस्थापन हुने, निर्णय कार्यान्वय गर्न समिति
घोराहीमा एक हप्तामा ठेला व्यवस्थापन हुने, निर्णय कार्यान्वय गर्न समिति
नेपालमा मै सम्भब छ अलमण्ड खेती : बार्षिक करोडौको आम्दनी लिन सकिने !!!
नेपालमा मै सम्भब छ अलमण्ड खेती : बार्षिक करोडौको आम्दनी लिन सकिने !!!
अदालतको मानहानी गरेको भन्दै डा. गोविन्द केसीलाई पक्राउ पुर्जी
अदालतको मानहानी गरेको भन्दै डा. गोविन्द केसीलाई पक्राउ पुर्जी
छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण
छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण

तपाईंले छुटाउनुभयो कि?