कम्युनिष्ट केन्द्र सम्भव छैन,प्रचण्ड पनि मेरै बाटोमा आउँछन्ः बाबुराम

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
५४ पटक हेरिएको
Shares
कम्युनिष्ट केन्द्र सम्भव छैन,प्रचण्ड पनि मेरै बाटोमा आउँछन्ः बाबुराम

सारांश

  • २८ कात्तिक, काठमाडौं ।
  • नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नं.
  • २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर बाबुराम भट्टराईले कम्युनिष्ट केन्द्र सम्भव नभएको बताएका छन् ।

२८ कात्तिक, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर बाबुराम भट्टराईले कम्युनिष्ट केन्द्र सम्भव नभएको बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिका-९ शेरा बजारमा आयोजित कार्यक्रमलार्इ सम्बोधन गर्दै संयोजक भट्टरार्इले अन्ततः प्रचण्ड पनि आफ्नै बाटोमा आउने दावी  समेत गरे ।

आफूसँग एक्लै भेट्दा प्रचण्डले खुलेरै तपाईकै बाटो ठीक छ भनिसकेको भन्दै प्रचण्डलाई माओवाद छोडिहाल्न दकस मात्रै लागेको  उनले बताए ।  ‘प्रचण्डजीले त एक्लैमा कुरा गर्दा खुलेरै बाटो त तपाईंकै ठीक हो, कुनै दिन हाम्रो भेट हुन्छ भन्नु भएको छ ।’ उनले भने ।

धोती फेरेर मात्रै भात खाने ब्राहृमण सँस्कृति अनुसार सुरुमा त्यतिकै खादा दकस लाग्ने गरेको तर पछि विस्तारै बानी परेको उल्लेख गर्दै माओवादीलाई पनि अहिले त्यस्तै भएको बताए ।

‘धोती नफेरी खाँदा सुरुसुरुमा बुढाहरुलाई दकस पनि लाग्यो तर पछि बिस्तारै बानी पर्यो,’ उनले भने,’अहिले माओवादी साथीहरुलाई त्यस्तै भएको छ, छोडिहाल्न दकस पनि लागेको छ, भित्रैदेखि छोड्न मन पनि लागिरहेको छ ।’

सुरुमै माओवाद छोड्न दकस लागेर नै प्रचण्डले बाहिरबाहिर कम्युनिष्ट केन्द्र निर्माणको कुरा गर्ने गरेको बाबुरामको टिप्पणी छ ।

राजनीतिक रुपमा पनि सबैले बहुदलीय व्यवस्था स्वीकार गरिसकेको र आर्थिक रुपमा पनि राज्य नियन्त्रित अर्थतन्त्र सम्भव नभएको बाबुरामको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने
सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने
विधेयक प्रकृयाबाट गएकोछ, पास हुन्छ : प्रवक्ता बास्कोटा
विधेयक प्रकृयाबाट गएकोछ, पास हुन्छ : प्रवक्ता बास्कोटा
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।
लहानमा बिवाद २ मतले कांग्रेश बिजयी भएपछि फोरमले माग्यो पुनः मतगणना।
राजनीतिक गतिरोधको गाँठो फुकेपछि यसरी गठन हुँदैछ राष्ट्रियसभा
राजनीतिक गतिरोधको गाँठो फुकेपछि यसरी गठन हुँदैछ राष्ट्रियसभा
एनपीएल खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगे
एनपीएल खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगे
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द गर्न एमालेको माग
प्रमाणीकरण गरेको नागरिकता विधेयक रद्द गर्न एमालेको माग
राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका: उपराष्ट्रपति पुनमगर
राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका: उपराष्ट्रपति पुनमगर
वामदेव गौतमलाई सांसद् बनाउन ईश्वर पोखरेल बाधक बनेपछि…
वामदेव गौतमलाई सांसद् बनाउन ईश्वर पोखरेल बाधक बनेपछि…
नेपालको कूटनीतिका बारेमा जानकारी
नेपालको कूटनीतिका बारेमा जानकारी

तपाईंले छुटाउनुभयो कि?