नागरिकता बनाउनै सकस, मतदाता नामावली संकलनमा पनि सास्ती

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
नागरिकता बनाउनै सकस, मतदाता नामावली संकलनमा पनि सास्ती

सारांश

  • आचार्य प्रदीप बुटवल, १८ साउन ।
  • कर्मचारी व्यवस्थापन नहँुदा स्थानीय तहमा सेवाग्राहीको काम गर्न कठिनाई भएको छ ।
  • मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन आयोग स्थानीय तहमै पुगे पनि एउटा तहमा दिनमा एक सय ५० वटा भन्दा बढी नाम संकलन हुन सकेको छैन ।

आचार्य प्रदीप
बुटवल, १८ साउन ।
कर्मचारी व्यवस्थापन नहँुदा स्थानीय तहमा सेवाग्राहीको काम गर्न कठिनाई भएको छ । मतदाता नामावलीमा नाम लेखाउन निर्वाचन आयोग स्थानीय तहमै पुगे पनि एउटा तहमा दिनमा एक सय ५० वटा भन्दा बढी नाम संकलन हुन सकेको छैन ।
कर्मचारीको व्यवस्थापन नहुँदा जिल्ला तथा इलाका प्रशासनहरूमा नागरिकता बनाउन पुगेकाहरूले पनि सास्ती झेल्नु परेको छ ।
रूपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, अर्घाखाँची, दाङ, प्युठानमा सेवाग्राहीको अत्यधिक चाप भएको छ । एकै दिनमा नागरिकता नबनेपछि सेवाग्राहीहरूले सास्ती पाएका छन् ।
पाल्पामा अत्यधिक भिड
जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहमै गएर मतदातामा नामावली दर्ता गर्ने व्यवस्था मिलाएपछि गाउँमै अत्यधिक भीड बढेको छ । छुटेका र नयाँ नागरिकता बनाउनेहरूसमेत उपस्थिति भएपछि झनै चाप बढेको हो ।
जिल्ला निर्वाचन कार्यालयमा १५ दिनको अवधिमा ५ हजार मतदाताले नाम दर्ता गराएका थिए । उनीहरूले साउन १ देखि १५ गतेसम्म नामावली दर्ता गराएका हुन् । साउन १६ पछि तानसेन नगरपालिकाको जिल्ला निर्वाचन कार्यालयमै नाम दर्ता गराइएको छ ।
जसले गर्दा भीडमा कमी आएको छैन । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता छ । सूचना अधिकृत थमनबहादुर सारुका अनुसार यस अवधिमा ४ हजार ७ सय ३ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । सोमबार पनि अत्यधिक भीड रहेको छ ।
२ हजार २ सय ३७ जना महिला र २ हजार ४ सय ६६ जना पुरुषले नाम दर्ता गराएको उनले बताए । सोमबारदेखि जिल्लाका सबै गाउ“पालिका र रामपुर नगरपालिकामा नाम दर्ता सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । यसअघि मतदाता नामावलीमा छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरूले नाम लेखाएका हुन् । तानसेन नगरपालिकामा भने जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउन सकिनेछ । आठ गाउ“पालिकामा गाउँपालिकाका केन्द्र, र रामपुरमा रामपुर नगरपालिकाको कृषि सेवा केन्द्र हलमा नामावली संकलन भएको छ । ‘नाम दर्ता गराउन आउनेको अत्यधिक भीड लागेको छ,’ सूचना अधिकृत सारुले भने, ‘प्रदेश र केन्दैको निर्वाचन हुने भएपछि गाउ“गाउ“बाट मतदाता नामावलीमा नहुनेलाई पठाएकाले भीड भएको हो ।’
रामपुरस्थित कृषि सेवा केन्द्रमा अत्यधिक भीड लागेको छ । स्थानीय इमानसिंह रानाका अनुसार मतदाताको नामावलीमा नाम दर्ता गराउने र फोटो खिच्न लामबद्ध भएका छन् । गाउ“गाउ“बाट युवायुवतीदेखि वृद्धवृद्धासम्मको भीड लागेको उनले बताए । यसअघि मतदाता नामावलीमा छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरू फोटो खिचाउन आएका हुन् । निर्वाचन कार्यालयका अनुसार ७० वर्ष उमेर पुगेकासमेत फोटो खिचाउन आएका छन् । जनप्रतिनिधिले आÏना मतदातालाई फोटो खिचाउन गाउ“गाउ“देखि पठाएको हुन् । ‘धेरै मतदाता नाम दर्ता गर्न कार्यालयमा आएपछि टोली थपेर दर्ता गरेका थियौं,’ सूचना अधिकारी सारुले भने, ‘भीडभाड थेग्नै समस्या भयो, फर्म बुझाउनेको पनि सोही दिन दर्ता गराउन सकिएन ।’
सुरुमा दुई वटा कम्प्युटरमा दर्ता गरे पनि पछि चार थपिएको थियो । स्थानीय तहको निर्वाचनपछि आयोगले प्रदेश र संघको निर्वाचन तयारी थालेको छ । नामावली अद्यावधिकले स्थानीय तहको निर्वाचन अघि छुटेका मतदाताहरूलाई नाम दर्ता गर्ने अवसर दिएको छ । १८ वर्ष उमेर पुगिसकेका व्यक्तिले फोटोसहितको नामावली दर्ता पाउने छन् । जिल्लामा १ लाख ६२ लाख २ सय ५३ मतदाता छन् । आयोगले अद्यावधिक गर्न थालेपछि मतदाताहरूको संख्या थपिनेछ । जिल्लामा नागरिकता बनाउनेको समेत भीड बढेको छ । फोटोसहितको मतदाता नामावलीले गर्दा जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भीड लागेको छ । साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालय र साउन १६ बाट सम्बन्धित गाउ“ नगरपालिकामा फोटो खिचाउन पाउने भएपछि नागरिकता बनाउन आउनेको घु“इलो लागेको हो । ‘कामको अत्यधिक चाप बढेको छ,’ जिल्ला प्रशासन कार्यालयकी नायव सुब्बा नमिता बस्यालले भनिन्, ‘आइतबारदेखि अचम्मको भीड बढेको छ ।’
आइतबार जिल्ला प्रशासनबाट ७५ वटा नागरिकता एकै दिनमा वितरण भएको छ । सोमबार पनि १ सय ५ जनाले नागरिकता लगेका छन् । नागरिकता बनाउनेको लाइन दैनिक बढ्दो भएको नासु बस्यालले बताइन् । गाउ“गाउ“बाट नागरिकता बनाउने आउनेको संख्या अधिक छ । इलाका प्रशासन कार्यालय रामपुरमा पनि ४५ जनाले एकै दिन नागरिकता लिएका छन् ।
वर्षाको खेत रोपेर सक्काएका र बारीको मकै स्याहार्ने बेला नभएकाले पनि सर्वसाधारण नागरिकता बनाउन आएको अनुमान छ । तर, नागरिकता बनाउन आउनेहरू भने आफुहरू फोटोसहितको मतदाता परिचयपत्र बनाउनकालागि आएको बताए । ‘फोटोसहितको मतदाता नामावलीमा नागरिकता अनिवार्य भएकाले बनाउन आएको हो,’ ३८ वर्षिय बौघागुम्हाकी भिमकुमारी गैरेले भनिन् । उनी मात्र होइन, युवा पुस्ता पनि उत्तिकै आएका छन् । हरेक उमेर समूहकाले नागरिकता बनाएका छन् । मतदाता नामावलीमा नाम दर्ता गराउन अनिवार्य भएकाले नागरिकता बनाउन आवश्यक भएको खस्यौलीकी ६३ वर्षिय विष्णु भट्टराईले बताइन् ।
जागिर तथा अध्ययनको शिलसिलामा जिल्ला बाहिर बसोबास गर्नेहरूसमेत फोटो खिचाउन आएका छन् । प्रशासनमा पहिला दैनिक ३० देखि ४० को हाराहारी नागरिकताको प्रमाणपत्र जारी हँुदै आएको थियो । प्रशासकीय अधिकृत टंकप्रसाद भट्टराईका अनुसार दैनिक सयको हाराहारीमा नेपाली नागरिकताको प्रमाणपत्र जारी भएको छ । ‘अहिले अचम्मसँग भीड बढेको छ,’ उनले भने, ‘काम र अध्ययनका लागि जिल्लाबाहिर बस्दै आएका छन् ।’ रामपुर इलाका प्रशासनबाट कार्यालयबाट रामपुर नगरपालिका सहित पूर्वका ८ गाविसका स्थानीयले नागरिकता बनाउन पाउने गर्छन् । जनप्रतिनिधि गाउ“मा भए पनि आगामी निर्वाचनलाई लक्षित गरी नागरिकता र मतदाता नामावलीमा नाम दर्ता गर्न पठाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?