लोकतन्त्रलाई कम्युनिष्टले हरण गर्न सक्दैनन्

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर ६, २०७४
|
|
६३ पटक हेरिएको
Shares
लोकतन्त्रलाई कम्युनिष्टले हरण गर्न सक्दैनन्

सारांश

  • गोरखा, ६ मंसिर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले कम्युनिष्टले लोकतन्त्र हरण गर्न नसक्ने भन्दै लोकतन्त्रवादी शक्ति आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
  • लोकतान्त्रिक गठबन्धनबाट गोरखा–१ प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका नेता श्रेष्ठले चुनावी घरदैलोका क्रममा गोरखा सदरमुकामको ठूलो आँगनमा भएको कार्यक्रममा भन्नुभयो, “लोकतन्त्रलाई कसैले पनि हरण गर्न सक्दैन ।
  • जनतालाई कसैले हराउन सक्दैन ।

गोरखा, ६ मंसिर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले कम्युनिष्टले लोकतन्त्र हरण गर्न नसक्ने भन्दै लोकतन्त्रवादी शक्ति आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

लोकतान्त्रिक गठबन्धनबाट गोरखा–१ प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका नेता श्रेष्ठले चुनावी घरदैलोका क्रममा गोरखा सदरमुकामको ठूलो आँगनमा भएको कार्यक्रममा भन्नुभयो, “लोकतन्त्रलाई कसैले पनि हरण गर्न सक्दैन । जनतालाई कसैले हराउन सक्दैन । जनतालाई हराउनु भनेको लोकतन्त्र समाप्त गर्नु हो । लोकतन्त्रलाई हराउनु भनेको जनतालाई समाप्त गर्नु हो ।”

प्रजातन्त्रलाई बचाउनु काँग्रेसको जिम्मेवारी भएको भन्दै श्रेष्ठले सहमति र सहकार्यका आधारमा लोकतन्त्र बचाउँदै देशलाई विकसित बनाउन आफूहरु लागिपरेको बताउनुभयो ।

काँग्रेसले यसअघि कोही कसैसँग गठबन्धन नगरेको बताउँदै श्रेष्ठले प्रजातन्त्रमाथि सांघातिक हमला भएपछि लोकतन्त्र बचाउन अरु दलसँग गठबन्धन गरिएको भन्दै कम्युनिष्टले लोकतान्त्रिक संविधान फालेर साम्यवाद र कम्युनिष्ट शासन ल्याउने चेष्टा गरेको आरोप लगाउनुभयो ।

श्रेष्ठले बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआब्जा दिने कार्य अघि बढेको भन्दै बेनिघाटदेखि आरुघाट हुँदै चीनको तिब्बत जोड्ने सडक ट्र्याक खन्ने कार्य नेपाली काँग्रेसकै सरकारले शुरु गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल हेर्दा नेपालीलाई थप शुल्क तिर्नुपर्ने
विश्वकप फुटबल हेर्दा नेपालीलाई थप शुल्क तिर्नुपर्ने
मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी
मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी
राप्रपा पार्टी फुटेपछि थापा र राणाले  बोलाए छुट्टाछुट्टै बैठक
राप्रपा पार्टी फुटेपछि थापा र राणाले बोलाए छुट्टाछुट्टै बैठक
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो
२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (भिडियो)
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (भिडियो)
चिकित्सा शिक्षा विधेयक दोस्रो पटक संसद् लगिँदै, के होला गोविन्द केसीको माग पुरा ?
पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता सम्पन्न
पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता सम्पन्न
बुधबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ
बुधबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ
सांसदका श्रीमानले मनपरि गरेपछि ….
सांसदका श्रीमानले मनपरि गरेपछि ….

तपाईंले छुटाउनुभयो कि?