भारतीय प्रम मोदीको भ्रमण, नेपालको लागि डरलाग्दो संकेत नबनोस् !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
५३ पटक हेरिएको
Shares
भारतीय प्रम मोदीको भ्रमण, नेपालको लागि डरलाग्दो संकेत नबनोस् !

सारांश

  • काठमाडाै, २८ वैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमणले अहिले नेपालमा ठूलो तरङ्ग नै पैदा गरेको छ ।
  • प्रम मोदीको नेपाल भ्रमण सफल बनाउन नेपाल सरकारभन्दा पनि भारतीय सरकार नै बढी सक्रिय रहेको देखियो ।

काठमाडाै, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमणले अहिले नेपालमा ठूलो तरङ्ग नै पैदा गरेको छ । प्रम मोदीको नेपाल भ्रमण सफल बनाउन नेपाल सरकारभन्दा पनि भारतीय सरकार नै बढी सक्रिय रहेको देखियो । भारतीय सुरक्षाकर्मीहरूले नेपालमा आएर भ्रमण तालिकाभन्दा अगावै यसरी नेपालमा आएर सुरक्षा दिन आउनुलाई ठूलो चुनौतिको रूपमा नेपाली जनताले लिनु अत्यावश्यक देखिन्छ । यसरी भारतीय सुरक्षाकर्मीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर स्वीकृत लिएर बल्ल सुरक्षा दिनुपर्ने ठाउँमा सिँधै प्रदेश नं. २ जनकपुरमा ओर्लिएर उनीहरूले नेपालमाथि अघोषित पहिलो धावा बोलेको आभाष गर्न बाध्य बनाएको त होइन ? जुन कार्यले भारतीय सुरक्षाकर्मीहरूले सुरक्षाको नाममा नेपालमाथि खतराको संकेत गरेको अनुमान गर्न पनि बाध्य बनाएको छ ।

अरू राष्ट्रका विशिष्ट व्यक्तिहरू पनि नेपालको कैयौं भ्रमणमा आएका छन् तर, अहिले जुन भारतीय प्रम मोदीको भ्रमणका लागि भन्दै सुरक्षा पठाएर प्रदेश नम्बर २ हाम्रै हो भन्ने हैकम देखाएको छ यो नेपाली जनताका लागि कुनै हालतमा पनि सह्य हुने छैन । यस्तो कार्य खुल्ला रूपमा हुँदाहुँदै समेत नेपाल सरकारले आँखा चिम्लेर बसेको देखेर जनता थप अचम्मित पर्न बाध्य भएका छन् ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठकाअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण धार्मिक आस्थाले गर्न लागिएको भ्रमण हो । त्यसैले प्रम मोदीले जानकी मन्दिर र मुक्तिनाथ दर्शन गर्नका लागि पनि यो भ्रमण केन्द्रित गरेका हुन् । नेपाली जनताले प्रम मोदीमाथि विरोध गर्दै सामाजिक सञ्जालमा टीका–टिप्पणी गर्नु एउटा स्वाभाविक पनि हो । किनभने, अरुण तेश्रो जुन संयुक्त रूपमा शिलान्यास हुँदैछ । यो नेपालमा प्रयोग गर्न नपाईकन सिँधै भारतमा लगिने कारणले असन्तुष्ट देखिनु स्वाभाविक रहेको परराष्ट्रविद् श्रेष्ठले बताए ।

प्रसङ्ग भारतीय प्रम मोदीको नेपाल भ्रमणका क्रममा अभिनन्दन गर्ने कुरामा पनि जनताले विरोध जनाउँदै आएका छन् । कारण नेपालमा गत २०७२ साल बैशाख १२ गते विनाशकारी महाभूकम्पले हजारौँको ज्यान जाने गरी दुःखद् घटनाले पिरोलिरहेकै समयमा भारतले अघोषित रूपमा नाकाबन्दी गरेर जनतालाई ठूलो चोट दिएका कारण उनको चारैतिरबाट सामाजिक सञ्जालमार्फत विरोधसमेत गर्ने गरेका छन् ।

नेपाल–भारत सीमा नाकामा बेला–बेलामा विवाद हुने गरेको घटना ताजै छन् । हात्तीले आक्रमण गर्दा तारजाली लगाउँदा हताउन लगाउनु पर्ने कारण के हुन् ? जनताले बुझ्न सकेका छैनन् र ? यस्ता कुकृत्य कार्यका कारण जनता भारतीय प्रम मोदीको नेपाल भ्रमणप्रति असन्तुष्ट रहेको देखिन्छ ।

जनताले अर्को चित्त नबुझ्दो कुरा भनेको सुरक्षाका निमित्त आएका भारतीय सुरक्षाकर्मीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश नगरी सिँधै प्रदेश नम्बर २ स्थित जनकपुरमा हेलिकोप्टर ल्याण्ड गर्दा असन्तुष्ट देखिन्छन् । उनीहरूले ल्याएको उक्त हेलिकोप्टरमा के–कस्ता सामानहरू ल्याएका छन् ? के यो विषयमा नेपाल सरकार सचेत छन् ? वर्तमान सरकारले यसमा गम्भीर भएर चासो दिएका छन् ?

अन्त्यमा, भारतको यस्तो मनोमानी भनेको नेपालको राजधानी काठमाडौं उपत्यकाको लागि ठूलो डरलाग्दो संकेत पनि हुन सकिन्छ । जसले भोलि आएर अर्को फेरी अघोषित नाकाबन्दी गर्न सक्ने ठूलो षड्यन्त्र गर्न सक्ने सम्भावनामा पनि देखिन्छ । यसमा वर्तमान सरकार र नेपाली जनता चनाखो हुनु अत्यावश्यक रहेको छ ।

अमृत लम्सालले लाइभ अफ नेपालमा लेखेका  छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….
चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….
सुनको मूल्य फेरी एक लाख नाघ्यो
सुनको मूल्य फेरी एक लाख नाघ्यो
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
सितगगा नगरपालिका अर्घाखाँचीमा कांग्रेस पछ्छाउँदै एमाले
सितगगा नगरपालिका अर्घाखाँचीमा कांग्रेस पछ्छाउँदै एमाले
मन्त्री बास्कोटाले डा. केसीको अनसन तोडाउने जिम्मा ‘बोक्ने’हरुलाई दिए
विवाह भन्दा पहिले केटीलाई केटाले बलात्कार गर्नुपर्ने परम्परा
विवाह भन्दा पहिले केटीलाई केटाले बलात्कार गर्नुपर्ने परम्परा
नयाँ शक्तिको कार्यदिशा समुन्नत समाजवाद
नयाँ शक्तिको कार्यदिशा समुन्नत समाजवाद
गाई काटेर खाएको अभियोगमा १२ वर्षको जेल सजाय
गाई काटेर खाएको अभियोगमा १२ वर्षको जेल सजाय
महामन्त्री शर्मा भन्छन् :  कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से
महामन्त्री शर्मा भन्छन् : कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से
नेकपा सचिवालयलाई गगनको आग्रह अति भयो तमसा, काम गर्ने सरकार दिनुहोस
नेकपा सचिवालयलाई गगनको आग्रह अति भयो तमसा, काम गर्ने सरकार दिनुहोस

तपाईंले छुटाउनुभयो कि?