२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १७, २०७६
|
|
५८ पटक हेरिएको
Shares
२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो

सारांश

  • काठमाडौं।
  • आईसीसी विश्व कप क्रिकेटमा श्रीलंकाले सोमबार वेष्टइण्डिजलाई पराजित गरेको छ ।
  • इंग्ल्याण्डको चेष्टर ले लीड्समा भएको खेलमा श्रीलंकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले ९ विकेट गुमाएर ३१५ रनमात्र बनाएपछि श्रीलंका २३ रनले विजयी भयो ।

काठमाडौं। आईसीसी विश्व कप क्रिकेटमा श्रीलंकाले सोमबार वेष्टइण्डिजलाई पराजित गरेको छ । इंग्ल्याण्डको चेष्टर ले लीड्समा भएको खेलमा श्रीलंकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले ९ विकेट गुमाएर ३१५ रनमात्र बनाएपछि श्रीलंका २३ रनले विजयी भयो । वेष्टइण्डिजका निकोलस पुरनले अन्तर्रा्ष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाउँदै टिमलाई जित नजिक

पुर्याएपनि डेढ वर्षपछि पहिलो पटक बलिंग गरेको एन्जोलो म्याथ्युजको पहिलो बैलमै आउट भएपछि श्रीलंका खेलमा फकिएको हो । पुरनले ११८ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । विश्व कपमा श्रीलंकाले वेष्टइण्डिजलाई १९९२ पछि सोमबार पराजित गरेको हो । श्रीलंकाको जितमा लसिथ मालिंगाले ३ विकेट लिए भने ३ विकेट रनआउटका रुपमा प्राप्त भएको थियो ।

यसअघि श्रीलंकाका लागि १ वर्षमा पहिलो शतक बनाउने क्रममा आविष्का फर्नान्डोले ओडिआईमा पहिलो शतक बनाएपछि श्रीलंकाले ६ विकेटमा ३३८ रन बनाएको थियो ।  रनआउट हुनुपूर्व कुसल परेराले ६४ रन बनाए । जारी प्रतियोगितामा तेस्रो जित निकालेपछि श्रीलंकाको ८ खेलबाट ८ अंक भएको छ । तर, सेमिफाइनल प्रवेशका लागि श्रीलंकाले आफ्नो अन्तिम खेल

भारतसँग जित्नुमात्र पर्ने छैन अन्य टिमको नतिजा पनि कुर्नुपर्ने छ । अष्ट्रेलिया सेमिफाइनल पुगिसकेको छ भने भारत, न्यूजिल्याण्ड सेमिफाइनल नजिक छन् । इंग्ल्याण्ड पनि १० अंकासाथ सेमिफाइनलको दौडमा छ । उता पाकिस्तान र बंगलादेश पनि सेमिफाइनलको दौडमा छन् । इंगल्याण्डको हारसँगै भारत संकटमा परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्साः सरकारले दिएकाे अनुदानको मलमा कालोबजारी !
पर्साः सरकारले दिएकाे अनुदानको मलमा कालोबजारी !
एक दिने निशुल्क आखा शिविर सम्पन्न, ८८ जनामा माेतिया विन्दु फेला ।
एक दिने निशुल्क आखा शिविर सम्पन्न, ८८ जनामा माेतिया विन्दु फेला ।
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १६७ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १६७ जनाको मृत्यु
राहत सामाग्री गाडीमा राखेर घण्टौ विवाद चल्यो
राहत सामाग्री गाडीमा राखेर घण्टौ विवाद चल्यो
३३७ ट्याक्सीलाई कारबाही
३३७ ट्याक्सीलाई कारबाही
वार्ताका विषयमा अडान लिन बार्ता टोलिलाई गगनको प्रशिक्षण।
वार्ताका विषयमा अडान लिन बार्ता टोलिलाई गगनको प्रशिक्षण।
महिला दिवस : व्यवहारमा लैंगिक समानताको खाँचो छ -सभामुख महरा
महिला दिवस : व्यवहारमा लैंगिक समानताको खाँचो छ -सभामुख महरा
४५ सेकेण्डसम्म चुप हुने गरी प्रपोज गर्दा के भनेका थिए निकले प्रियंका लाई?
४५ सेकेण्डसम्म चुप हुने गरी प्रपोज गर्दा के भनेका थिए निकले प्रियंका लाई?
नेपाली सधैँ नेपाली नै हुन्छ भूतपुर्व वा वर्तमान हुँदैन: मन्त्री अधिकारी
महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरे‍ले दिए राजीनामा
महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरे‍ले दिए राजीनामा

तपाईंले छुटाउनुभयो कि?