एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १२, २०७३
|
|
५६९ पटक हेरिएको
Shares
एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै

सारांश

  • भनिन्छ नि, काल आएको छैन भने केही गरे पनि मरिदैन ।
  • यस्तै भएको छ एक ब्रिटिश नागरिक के रे बुडहालको हकमा ।
  • बुरस्टेरशायरमा बस्ने ५४ वर्षिय बुडहाललाई २४ घन्टाभित्र २७ पटक हृदयघात भयो, तर पनि उनी मरेनन् ।

भनिन्छ नि, काल आएको छैन भने केही गरे पनि मरिदैन । यस्तै भएको छ एक ब्रिटिश नागरिक के रे बुडहालको हकमा ।
बुरस्टेरशायरमा बस्ने ५४ वर्षिय बुडहाललाई २४ घन्टाभित्र २७ पटक हृदयघात भयो, तर पनि उनी मरेनन् । डाक्टरहरुले असम्भव लाग्ने अवस्थाबाट उनको ज्यान जोगाइछाडे ।

बुडहाल ‘वाकिङ फुटबल’ खेलिरहेको बेला पहिलोपटक हृदयघात भएर ढलेका थिए । बेलायतमा बढ्दो उमेरका व्यक्तिहरुले सुस्त गतिमा खेल्ने फुटबललाई वाकिङ फुटबल भनिन्छ । हृदयघात भएलगत्तै उनका साथीहरुले नेसनल हेल्थ सर्भिसको हेल्पलाइनमा सुचना दिए । त्यसपछि उनलाई वुरेस्टरशायर रोयल अस्पतालमा लगियो, जहाँ डाक्टरहरुले उनको मुख्य धमनीमा दुई स्टेन्ट लगाउनुपर्‍यो ।

तर जटिलता त्यतिबेला ससुरु भयो, जब बुडहाललाई एकपछि अर्को अट्याक आउन थाल्यो । उनलाई लगातार २६ पटक अट्याक आयो तर उनी मरेनन् ।
बीबीसीको फाइभ लाइभ कार्यक्रममा कुरा गर्दै वुडहालले त्यस दौरान आफूलाई चिरनिद्रामा पुगिसकेको अनुभव भएको बताए ।

उनले भने, ‘जब मलाई होश आयो, मैले अस्पतालका स्टाफलाई निद्रामा हिँडेकोमा माफी मागेँ । तर उनीहरुले मलाई भने कि तपाईं निदाएको होइन, मरिसक्नुभएको थियो, तर हामीले तपाईंलाई जान दिएनौ ।’

उनको ज्यान कसरी बच्यो त ? बुडहाल आफैं भन्छन्, ‘एक नर्सले मसित मेरो छमाति कयौंपटक जोडले थिचेकोमा माफी मागेकी थिइन् ।’

बुडहालको खराब स्थितिलाई मध्यनजर गरेर अस्पतालले आफ्ना ६ जना विशेषज्ञको टीम तैनाथ गरेको थियो । यही सतर्कताले गर्दा उनको ज्यान जोगियो । यद्यपि उनलाई पूर्णरुपमा ठीक हुन अझै ६ महिना लाग्छ । यो घटना गत डिसेम्बरको हो । बुडहालको घटनाबाट के पुष्टि भएको छ भने यदि समयमै उपचार पाउने हो भने हृदयघाटबाट मानिसको जीवन बचाउन सकिन्छ । – बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालीको टेलिफोन खर्च मासिक तीन सय
नेपालीको टेलिफोन खर्च मासिक तीन सय
एक दिन मिस वर्ल्ड जितिन्छ
एक दिन मिस वर्ल्ड जितिन्छ
दाङको तलसीपुर नगरपालिकामा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप १२ जना घाइते !
दाङको तलसीपुर नगरपालिकामा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप १२ जना घाइते !
भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो : प्रचण्ड
भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो : प्रचण्ड
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
राप्रपाका अध्यक्ष कमल थापाले किन गरे गुन्यूचोलीका कुरा ?
राप्रपाका अध्यक्ष कमल थापाले किन गरे गुन्यूचोलीका कुरा ?
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
पानी जहाज कार्यालयको उद्घाटन, केही समयपछि टिकट पाइने प्रधानमन्त्रीको भनाइ
पानी जहाज कार्यालयको उद्घाटन, केही समयपछि टिकट पाइने प्रधानमन्त्रीको भनाइ
टाटा समूहले भारतमा नै आईफोन एसेम्बल गर्ने
टाटा समूहले भारतमा नै आईफोन एसेम्बल गर्ने

तपाईंले छुटाउनुभयो कि?