भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो : प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १३, २०७३
|
|
३५३ पटक हेरिएको
Shares
भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो : प्रचण्ड

सारांश

  • प्रधानमन्त्री प्रचण्डले सडक, रेल, हवाई र इन्टरनेटको सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सरकारले प्राथमिकता दिएको बताएका छन् ।
  • चीन-काठमाडौं थप हवाई सेवा बिस्तार गर्न र केरुङबाट काठमाडौं हुँदै भारतसम्म रेलमार्ग जोड्न उनले सुझाव दिए ।
  • बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आइतबार नेपाल अध्ययन केन्द्र उदघाटन गर्दै प्रचण्डले भने, ‘भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो ।
प्रधानमन्त्री प्रचण्डले सडक, रेल, हवाई र इन्टरनेटको सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सरकारले प्राथमिकता दिएको बताएका छन् । चीन-काठमाडौं थप हवाई सेवा बिस्तार गर्न र केरुङबाट काठमाडौं हुँदै भारतसम्म रेलमार्ग जोड्न उनले सुझाव दिए ।
बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आइतबार नेपाल अध्ययन केन्द्र उदघाटन गर्दै प्रचण्डले भने, ‘भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो ।’

भूकम्पपछि अवरुद्ध तातापानी नाका पुनः सञ्चालन गर्न चिनियाँ नेतृत्वलाई आग्रह गरेका प्रचण्डले चिनियाँ व्यवसायीहरुलाई नेपालको जलस्रोत र पूर्वाधारका क्षेत्रमा लगानी गर्न आह्वान गरे । विशेष गरी सौर्य, वायो र हाइड्रो इनर्जीमा चिनियाँ लगानीको आफूले अपेक्षा गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।
प्रधानमन्त्री प्रचण्डले गत वर्ष चीनसँग भएका व्यापार तथा पारवहन सन्धिको प्रोटोकलहरुमा थप सहमति जुटाउन नेपालले प्राथमिकता दिएको जानकारी गराए ।
बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुअघि प्रचण्डले ग्रेटवाल अवलोकन गरेका थिए ।
चीन भ्रमण सकेर प्रचण्ड नेतृत्वको टोली १६ गते स्वदेश फर्किने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?