लागु औषध सहित २ जनालाई पक्राउ
सारांश
- भद्रपुर २१,असोज ।
- झापाको भद्रपुर नगरपालिका-५ मेची खोला नजिकबाट प्रहरीले शनिबार लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ ।
- अपरान्ह ४ बजे भारतबाट मे ६ प २३७२ नम्बरको मोटरसाइकलमा नेपाल तर्फ आउँदै गरेका भद्रपुर नगरपालिका- ७ बस्ने बर्ष ३२ को सुबर्ण श्रेष्ठ र झापा हल्दीबारी-१ बस्ने बर्ष ३४ को नारायण गुरुङलाई चेकजाँच गर्ने क्रममा गुरुङको साथबाट लागू औषध डाईजेपाम-८८ एम्पुल, फेनारगन-८८ एम्पुल र लुपिजेसिक- ८८ एम्पुल बरामद गरिएको हो ।
भद्रपुर २१,असोज ।झापाको भद्रपुर नगरपालिका-५ मेची खोला नजिकबाट प्रहरीले शनिबार लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ ।
अपरान्ह ४ बजे भारतबाट मे ६ प २३७२ नम्बरको मोटरसाइकलमा नेपाल तर्फ आउँदै गरेका भद्रपुर नगरपालिका- ७ बस्ने बर्ष ३२ को सुबर्ण श्रेष्ठ र झापा हल्दीबारी-१ बस्ने बर्ष ३४ को नारायण गुरुङलाई चेकजाँच गर्ने क्रममा गुरुङको साथबाट लागू औषध डाईजेपाम-८८ एम्पुल, फेनारगन-८८ एम्पुल र लुपिजेसिक- ८८ एम्पुल बरामद गरिएको हो ।
बरामद लागू औषध सहित दुवै जनालाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया