विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १९, २०७९
|
|
६० पटक हेरिएको
Shares
विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री

सारांश

  • सुन्दरहरैँचा ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय(पियू)ले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारण जनतालाई सर्वसुलभ उपचार उपलब्ध गराउनुपर्ने बताएका छन् ।
  • सुन्दरहरैँचाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै पियू कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले ऐन कानुनमा देखिएका समस्यालाई चाँडै हल गरेर स्थानीयस्तरमा मेडिकल कलेज पढ्न पाउने व्यवस्था गरिने विश्वास दिलाए ।

सुन्दरहरैँचा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय(पियू)ले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारण जनतालाई सर्वसुलभ उपचार उपलब्ध गराउनुपर्ने बताएका छन् ।

सुन्दरहरैँचाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै पियू कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले ऐन कानुनमा देखिएका समस्यालाई चाँडै हल गरेर स्थानीयस्तरमा मेडिकल कलेज पढ्न पाउने व्यवस्था गरिने विश्वास दिलाए । विश्वविद्यालयले सैद्धान्तिक ज्ञान मात्र नभई जीवन उपयोगी र व्यावहारिक ज्ञानमा जोड दिनुपर्ने धारणा राख्दै उहाँले विज्ञान प्रविधिको युगमा सैद्धान्तिक सिकाइले ज्ञान आर्जन भए पनि दैनिक जीवनमा उपयोग कम हुँदै गएको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले २१औँ शताब्दीमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर वैकल्पिक स्रोत र साधनको खोजी गरी विश्वविद्यालयलाई समुदाय स्तरमा लैजान आवश्यक रहेको उल्लेख गरे । उनले लोकतान्त्रिक मूल्य मान्यता र लोककल्याणकारी संस्कारका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई समन्वय गर्नुपर्नेमा जोड दिए ।

“विश्वविद्यालयले अहिलेको प्रतिस्पर्दामा गुणस्तरीय तथा रोजगारमूलक शिक्षामा जोड दिन आवश्यक छ ।” प्रधानमन्त्री दाहालले भने, “विश्वविद्यालयको हित र उन्नतिको लागि नेपाल सरकारबाट सधैँ साथ सहयोग रहने छ ।” प्रधानमन्त्री दाहालले पियूको दिक्षान्त समारोहमा आफू दोस्रो पटक सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे ।

शिक्षाविद् तथा काठमाडौँै विश्वविद्यालय, धुलिखेलका संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्माले दीक्षान्त अभिभाषण प्रस्तुत गरेका थिए । उनले पूर्वाञ्चल विश्वविद्यालयलाई सरकारले उपलब्ध गराएको बिघा जमिन के, कसरी बहुउपयोग गर्ने भन्नेबारे स्पष्ट खाका कोर्न जरुरी देखिएको बताए । प्रा.डा. शर्माले पियूले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर युवालाई रोजगारजन्य सीप प्रदान गर्न विशेष गरी जुट उद्योग, कपास उत्पादनलगायत क्षेत्रमा अनुसन्धानका कार्यक्रमको थालनी गर्नु आवश्यक छ भने ।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा पियूका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले निकट भविष्यमा विश्वविद्यालयले एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराए । उनले ‘पूर्वाञ्चल विश्वालय अब समुदायमा’ भन्ने नाराका साथ स्थानीय सरकारद्वारा सञ्चालित केही सामुदायिक शैक्षिक संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिई विश्वविद्यालयलाई स्थानीयस्तरमा विस्तार गर्दै लैजाने योजना कार्यान्वयनका लागि आवश्यक नीतिगत व्यवस्था गरिएको उल्लेख गरे ।

दीक्षान्त समारोहमा कला सङ्कायमा स्नातकतर्फ ९२, स्नातकोत्तर तर्फ ४३ जनालाई दीक्षान्त उपाधि प्रदान गरिएको छ । साथै कानुन सङ्कायतर्फ स्नातकतर्फ एक सय ९९, स्नातकोत्तर एक सय सात, शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकतह तीन सय ५४ र स्नातकोत्तरतर्फ एक सय ४८, व्यवस्थापन संकायमा स्नातक तहतर्फ एक हजार दुई सय ४२, स्नातकोत्तरतर्फ छ सय १४ र एम फिलतर्फ छ जनालाई उपाधि प्रदान गरियो ।

विज्ञान तथा प्रविधि सङ्कायका स्नातकतर्फ एक हजार दुई सय ६१, स्नाकोत्तरतर्फ एक सय २३ जनालाई दीक्षित गरियो । साथै चिकित्साशास्त्र स्नातकतर्फ दुई हजार तीन सय १४, स्नातकोत्तर तहमा १० जना गरी जम्मा छ हजार हजार पाँच सय १३ जनालाई उपाधि प्रदान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्ध धर्ममा अवतारी भनेको के हो र कसरी हुन्छ पूनर्जन्म ?
बौद्ध धर्ममा अवतारी भनेको के हो र कसरी हुन्छ पूनर्जन्म ?
अध्यक्ष भण्डारीद्वारा घाइतेको उपचार
अध्यक्ष भण्डारीद्वारा घाइतेको उपचार
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
आजैदेखि विकसित देश बनाउने प्रण गरौं : प्रधानमन्त्री
आजैदेखि विकसित देश बनाउने प्रण गरौं : प्रधानमन्त्री
डिजिटल प्रविधिले बदल्दै स्वास्थ्य सेवा: नागरिक एपमा थपियो जीवनरक्षक ‘रक्त सूचना’ पोर्टल
डिजिटल प्रविधिले बदल्दै स्वास्थ्य सेवा: नागरिक एपमा थपियो जीवनरक्षक ‘रक्त सूचना’ पोर्टल
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
लिग २ : नेपाल ३७ रनले अमेरिकासँग पराजित
लिग २ : नेपाल ३७ रनले अमेरिकासँग पराजित
किन हानियो गृहमन्त्रीलाई गोली!
किन हानियो गृहमन्त्रीलाई गोली!
राजपाद्वारा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध
राजपाद्वारा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु

तपाईंले छुटाउनुभयो कि?