बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि गरे मतदान

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०७४
|
|
६२ पटक हेरिएको
Shares
बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि  गरे मतदान

सारांश

  • काठमाडौं, २१ मंसिर ।
  • आज नेपाली जनताको महामेला ।
  • आम निर्वाचनको दोस्रो चरणको दिन ।

काठमाडौं, २१ मंसिर । आज नेपाली जनताको महामेला । आम निर्वाचनको दोस्रो चरणको दिन । मुलकका ४५ जिल्लामा खासगरि सामान्य नागरिकल कठ्याङग्रीदो चिसो र बम बिस्फोट लगायत विविध समस्याकाबीच मतदान गर्ने लाईनमा उभिएका छन् ।

 

आगनदेखि मतदानसम्मको सुरक्षा व्यवस्था कडा पारिएको सरकारले बताए पनि राजधानीको नैकाप स्थित आज बिहानै मतदान केन्द्र नजिक बम बिस्फोट भएको छ ।

हिजोमात्रै प्रहरीले निर्वाचनको अवधिभर ५० स्थानमा बम बिस्फोट भएको, एकजना म्यादि प्रहरीको मृत्य भएको र बम बिस्फोटमा संलग्न एक हजारजना गिरफ्तार गरेको जानकारि दिएको थियो ।

अज्ञात समुहले बम बिस्फोट गरेको भन्ने खण्डनलाई प्रहरीले नेकपाका कार्यकर्तालाई आधिकारिक बम बिस्फोट कर्ताको रुपमा पनि सार्वजनिक गरिसकेको छ ।

मुलुकको परिवर्तनमा जनताको एक भोटको खाँचो हुन्छ । मुलुकको विकासको लागि एकभोटको आवश्यकता पर्छ । निर्वाचनभन्दा अघिपछिका अन्तरवार्तामा देशका कलाकारहरु मुलुक र जनताको लागि हाम्रो भूमिका रहन्छ । हामी पनि जिम्वेवार हौ भन्छन तर निर्वाचनमा कुन कलाकारले के गरे रु हेरौ

राजेश हमाल

मुलुकको चिन्ता र चासो गर्नेमध्यका एक व्यक्ति हुन महानायक राजेश हमाल । हमाल समाचार प्रकाशित गर्ने समयमा भारतको देहेरादुनमा एक आयोजित कार्यक्रममा छन् ।

लोकतन्त्रमा निर्वाचन सुन्दर पक्ष हो भने मतदान लोकतन्त्रलाई बचाउने अभिन्न अंग हो ।  देश विकास र परिवर्तनको पक्षधर नेपाली नागरिकले आफ्नो मत उचित व्यक्तिलाई दिएर कर्तव्यावान नागरिकको परिचय दिनबाट चुक्नु हमालका लागि नैतिक प्रश्न हुनसक्छ । तथापि महानायक हमालको मताधिकार बञ्चित हुनुलाई उनको वेवास्था भन्ने वा बाध्यता ?

अथावा धेरै पटक भोट दिईयो तर विकासको नाममा नेताहरुले राम्रो काम गरेनन् यतिबेला नदिने भन्ने सोचमा उनि मताधिकारबाट बञ्चित भए । त्यसको आधिकारिकता उनि नेपाल आईसकेपछि मात्रै थाह होला ।

गायिका भावना आचार्यका अनुसार आजराति ९ बजेमात्रै हमाल लगायत कलाकारको टोलि नेपाल फर्किने छ ।
निर्वाचन आयोग र सरकारले नेपाली नागरिकलाई आफ्नो मताधिकारको उचित प्रयोग आग्रह गरेपनि साधारण भन्दा प्रख्यात व्यक्तिहरु, विद्यार्थीहरु, कलकारहरु नै आफ्नो कतव्र्यलाई भुलेर निर्वाचनमा भाग नलिनुलाई महत्वपूर्ण अर्थमा हेर्नसकिन्छ ।

रेखा थापा

लोकप्रिय नायिका रेथा थापाले काठमाडौं क्षेत्र नम्बर ४ पशुपति क्याम्पस मतदानकेन्द्रमा मतदान गरेकी छन् । उक्त क्षेत्रमा वाम गठबन्धनका तर्फबाट डा। राजन भट्टराई र काग्रेसँका तर्फबाट यूवानेता गगन कुमार थापा मैदानमा छन् ।

नायिका थापा राप्रापाकी सहमहामन्त्रि समेत हुन । मुलुकको चिन्ता र चासोलिने कलाकार मध्यकि एक शसक्त पात्र रेखाले यूरोपको भ्रमणलाई रद्धगरेर निर्वाचनका गतिविधिमा सहभागि भएको बताएकी छिन् ।

बद्री पंगेनी

चर्चित गायक बद्री पंगेनीले क्षेत्र नम्बर १ रामपुर पाल्लाको आधारभूत मावि केन्द्रमा मतदान गरेका छन् । उनि सफल गायक मात्रै होईनन । उनि एक अब्बल खेल प्रेमी पनि हुन। राष्ट्र र राष्ट्रियता प्रति उनि कसैसँग सम्झौता गर्न हुँदैन भन्छन् । मुलुक परिवर्तनको लागि आफ्नो कर्तव्य परा गर्ने बताउँदै आएका गायक पनि हुन उनि ।

भलै कुनै एकपार्टीको आमसभामा गीत गाउँछन होला । भोट मागे होलान । पार्टीका गीत गाए होलान तर कुनै न कुनै माध्यायमबाट असर नागरिकको परिचय दिनबाट पंगेनी चुकेका छैन् । उनि प्राय नेपाली मिडियामा छाईरहने व्यक्ति पनि हुन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरमा हुने सुत्केरीलाई शून्यमा पुर्याउने
घरमा हुने सुत्केरीलाई शून्यमा पुर्याउने
बसभित्रै चुरोट पिउनेदेखि ट्वाइलेसटसम्म : काठमाडौँ–लुम्बिनी पर्यटकीय यातायात
बसभित्रै चुरोट पिउनेदेखि ट्वाइलेसटसम्म : काठमाडौँ–लुम्बिनी पर्यटकीय यातायात
बजेट नआउँदा खानेपानी आयोजना अलपत्र
बजेट नआउँदा खानेपानी आयोजना अलपत्र
गृहमन्त्री बन्न रविको दौडधूप, प्रचण्डलाई भेट्न आज पनि बालुवाटार पुगे
गृहमन्त्री बन्न रविको दौडधूप, प्रचण्डलाई भेट्न आज पनि बालुवाटार पुगे
भरतपुरमा निर्वाचन अायोगले गरेको निर्णयबिरुद्द सर्बत्र बिरोध- कसले के भने “
भरतपुरमा निर्वाचन अायोगले गरेको निर्णयबिरुद्द सर्बत्र बिरोध- कसले के भने “
सुपथ मूल्यको पसलमा उपभोक्ताको भीड
सुपथ मूल्यको पसलमा उपभोक्ताको भीड
नाट्टामा ६ भोटको हार–जित, पाण्डे बने अध्यक्ष
नाट्टामा ६ भोटको हार–जित, पाण्डे बने अध्यक्ष
सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्नलाई एक लाख रुपियाँसम्मको जरिवाना
सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्नलाई एक लाख रुपियाँसम्मको जरिवाना
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
महाराजगन्जमा भयानक दुर्घटना : मोटरसाइकल चालकको टाउकोको आधा भाग नै काटियो
महाराजगन्जमा भयानक दुर्घटना : मोटरसाइकल चालकको टाउकोको आधा भाग नै काटियो

तपाईंले छुटाउनुभयो कि?