बामदेवलाई ओली–प्रचण्डले राष्ट्रपति बनाउलान् त ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २४, २०७४
|
|
६१ पटक हेरिएको
Shares
बामदेवलाई ओली–प्रचण्डले राष्ट्रपति बनाउलान् त ?

सारांश

  • काठमाडौं, २४ मंसिर ।
  • नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम कांग्रेसका नेता एवम् सिँचाईमन्त्री सञ्जय गौतमसँग पराजित भएका छन् ।
  • वामदेवको पराजयसँगै वाम गठबन्धनमा अहिले ठूलो हल्लीखल्ली मच्चिएको ।

काठमाडौं, २४ मंसिर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम कांग्रेसका नेता एवम् सिँचाईमन्त्री सञ्जय गौतमसँग पराजित भएका छन् । वामदेवको पराजयसँगै वाम गठबन्धनमा अहिले ठूलो हल्लीखल्ली मच्चिएको । उनको पराजयले पार्टीभित्र ठूलो चोट पुगेको एमाले निकट सूत्रहरुले जनाएको छ ।

 

वाम गठबन्धन निर्माणका प्रमुख सूत्रधार गौतमको पराजयले नेपाली राजनीतिमा ठूलो तरंग पैदा गरेको छ । उनको पराजयमा आश्चर्य मान्नेहरुको कुनै कमी छैन् । गौतमलाई कसरी महत्वपूर्ण पदमा पुर्याउने भन्नेबारे गठबन्धनका नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड यतिवेला आन्तरिक छलफलमा जुटेको स्रोतको दाबी छ ।

वामदेवको चाहना बुझेरमात्रै सोही अनुसारको कदम चाल्ने तयारी गरेका नेताद्धय ओली र प्रचण्डले उनलाई राष्ट्रपति बनाएर ‘सरप्राईज–गिफ्ट’ दिने गृहकार्य गरेका छन् । गौतमले पनि राष्ट्रपतिको अफर आए तत्काल रिजेक्ट गर्ने अवस्था छैन ।

पार्टीको विधान अनुसार उनी अब पार्टी नेतृत्वमा पुग्ने अवस्था छैन । उनी उमेरहदका कारणपनि अध्यक्ष बन्न नसक्ने ठम्याई छ । सोही कारण वामदेवको पहिलो ‘टार्गेट’ अब राष्ट्रपति हुने बुझिएको छ । तर, तत्काल माओवादी केन्द्रसँग पार्टी एकता नभए उनी पार्टीको कार्यकारी पदमा रहेर काम गर्ने मनस्थितिमा पनि छन् । सूत्रहरुले दिएको जानकारी अनुसार अब पार्टी अध्यक्ष ओली प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ ।

ओली प्रधानमन्त्री, बामदेव कार्यकारी अध्यक्ष !

ओलीले सरकारको नेतृत्व गर्दा उनले पार्टीको नेतृत्व गर्नसक्ने पार्टीभित्रकै शीर्ष नेताहरुको बुझाई छ । स्रोतको दाबी छ,‘शीर्ष नेताहरुवीच कुरा मिल्छ, वाम गठबन्धन बनाउने सूत्रधारको रुपमा रहनुभएको बामदेवजीलाई कुनै न कुनै माध्यमले सेटल गराईन्छ, उहाँलाई खुशी पार्ने काम नेताद्धय ओली र प्रचण्डजीले गर्नुहुन्छ।’

राष्ट्रिय सभामा आउनपनि सक्ने !

गौतमले यी माथि उल्लेखित दुवै अफर नस्विकारे राष्ट्रिय सभामा समेत उनलाई लैजान सकिन्छ । के बन्ने भन्ने कुराको बल अब बामदेवकै चाहनाको कोर्टमा छ ।
अर्थात, गौतमलाई जसरीपनि प्रतिनिधि सभामा ल्याउने हो भने निर्वाचित कुनै एक सांसदले राजिनामा दिने र उक्त क्षेत्रमा पूनः निर्वाचन गराउने र उम्मेद्धवार बन्ने संभावनापनि जिवितै रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास प्रकरण: थप तीनजना पक्राउ
ललिता निवास प्रकरण: थप तीनजना पक्राउ
आज करिव साढे ४ अर्बको सेयर कारोबार
आज करिव साढे ४ अर्बको सेयर कारोबार
नेपाल–चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल : उपाध्यक्ष सापकोटा
नेपाल–चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल : उपाध्यक्ष सापकोटा
हेटौँडामा वृद्ध दम्पती मृत भेटिए
हेटौँडामा वृद्ध दम्पती मृत भेटिए
प्रेस युनियन तनहुँको अध्यक्षमा नहर्की निर्वाचित
प्रेस युनियन तनहुँको अध्यक्षमा नहर्की निर्वाचित
मिथिला कलाको प्रतीकात्मक अर्थबोध
मिथिला कलाको प्रतीकात्मक अर्थबोध
गर्मीले आत्तिएका भारतीय पर्यटक चिसो खोज्दै पोखरामा
गर्मीले आत्तिएका भारतीय पर्यटक चिसो खोज्दै पोखरामा
अहिले ११ बजे को बुटवल उपमहानगरपालिका मतगणना  अपडेट !
अहिले ११ बजे को बुटवल उपमहानगरपालिका मतगणना अपडेट !
शैक्षिक परामर्श नियमावली संशोधनको माग गर्दै व्यवसायी सडकमा: २५ लाख धरौटीको व्यवस्था अव्यावहारिक भएको भन्दै इक्यानद्वारा शान्तिपूर्ण विरोध
शैक्षिक परामर्श नियमावली संशोधनको माग गर्दै व्यवसायी सडकमा: २५ लाख धरौटीको व्यवस्था अव्यावहारिक भएको भन्दै इक्यानद्वारा शान्तिपूर्ण विरोध
भारतमा सङ्क्रमितको सङ्ख्यामा थप वृद्धि, सीमावर्ती बिहारमा ‘पहिलो मृत्यु’
भारतमा सङ्क्रमितको सङ्ख्यामा थप वृद्धि, सीमावर्ती बिहारमा ‘पहिलो मृत्यु’

तपाईंले छुटाउनुभयो कि?