प्रेस युनियन तनहुँको अध्यक्षमा नहर्की निर्वाचित

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २६, २०७६
|
|
४० पटक हेरिएको
Shares
प्रेस युनियन तनहुँको अध्यक्षमा नहर्की निर्वाचित

सारांश

  • दमौली, २६ माघ स् नेपाल प्रेस युनियन तनहुँ शाखाको सातौँ अधिवेशनबाट अमरराज नहर्की अध्यक्ष पदमा निर्वा्चित भएका छन् ।
  • नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
  • अध्यक्षमा निर्वा्चित नहर्कीले ३० मत र उनको प्रतिस्पर्धी पवन पौडेलले १९ मत प्राप्त गरेका थिए ।

दमौली, २६ माघ स् नेपाल प्रेस युनियन तनहुँ शाखाको सातौँ अधिवेशनबाट अमरराज नहर्की अध्यक्ष पदमा निर्वा्चित भएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्षमा निर्वा्चित नहर्कीले ३० मत र उनको प्रतिस्पर्धी पवन पौडेलले १९ मत प्राप्त गरेका थिए । यसैगरी सचिवमा प्रकाश अधिकारी ३० मत ल्याइ निर्वा्चित भए । छ कूल ६४ सदस्यमध्ये ५० मत खसेको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष र सचिव पदमा मात्र निर्वाचन भएको थियो । अन्य पदमा सर्वसम्मत भएको थियो । अधिवेशनबाट शाखाको उपाध्यक्षमा प्रताप रानामगर, महिला उपाध्यक्षमा मिला दरै, सहसचिवमा शिला वाग्ले, कोषाध्यक्षमा प्रकृति खनाल न्यौपाने र सदस्यमा श्रीहरि पौडेल, रमेश विकल, अप्सरा श्रेष्ठ, सञ्जय श्रेष्ठ र मुना कालिराज विके निर्वा्चित भए ।

यसैगरी केन्द्रीय पार्षदमा डम्बर अधिकारी, ओमकार आचार्य, सोनी शर्मा, वसन्त कँडेल, विमला दुवाडी, मदन वाग्ले, शैलेन्द्र मिश्र, डिपी अधिकारी, अञ्जु दाहाल र प्रदेश पार्षदमा पूर्ण विके, दीपेन्द्र पौडेल, स्वस्तिका भट्टराई गैरे, सङ्गम सापकोटा, विष्णु मास्की, डिल्लीराज जोशी र शैलेश खाती निर्वा्चित भए ।

नवनिर्वा्चित अध्यक्ष नहर्कीले श्रमजिवी पत्रकारको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए । सोही अवसरमा निवर्तमान अध्यक्ष ओमकार आचार्यले नवनिर्वा्चित अध्यक्ष नहर्कीलाई ‘माइन्युट’ हस्तान्तरण गरे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले अधिवेशनको उद्घाटन गरेका थिए। सोही अवसरमा नेपाल विद्यार्थी सङ्घका पूर्वसहमहामन्त्री लक्ष्मीभक्त खनालले स्व पिता नरहरि खनालको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनाका लागि रु ५० हजारको चेक हस्तान्तरण गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको तेस्रो सिकार थाइल्याण्ड !
नेपालको तेस्रो सिकार थाइल्याण्ड !
सुन तस्करी गोरेलाई रिहा गर्न नेपाल सरकारका मन्त्रीको सार्वजनिक रुपमा आह्वान भएपछि…
पूर्वराजालाइ प्रधानमन्त्री अाेलीकाे चेतावनी !
पूर्वराजालाइ प्रधानमन्त्री अाेलीकाे चेतावनी !
एसियाकप छनोटमा नेपाल ओमानसँग खेल्दै
एसियाकप छनोटमा नेपाल ओमानसँग खेल्दै
राष्ट्रपति चुनावको तयारी शुरु, निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति चुनावको तयारी शुरु, निर्वाचन अधिकृतको कार्यालय स्थापना
संसदको भूमिका प्रभावकारी बन्न सरकार पनि उत्तरदायी हुनुपर्छः सभामुख घिमिरे
संसदको भूमिका प्रभावकारी बन्न सरकार पनि उत्तरदायी हुनुपर्छः सभामुख घिमिरे
भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : प्रचण्ड
भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : प्रचण्ड
बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै
बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै
सत्ता गठबन्धनको बैठक बस्दै, निर्वाचन सम्बन्धी छलफल हुने
पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा नेपाल
पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा नेपाल

तपाईंले छुटाउनुभयो कि?