विश्व शान्ति पूजा (मोन्लम) लुम्बिनीबाट बोधगयामा सारिएकोप्रति खेद प्रकट

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १०, २०७४
|
|
५३ पटक हेरिएको
Shares
विश्व शान्ति पूजा (मोन्लम) लुम्बिनीबाट बोधगयामा सारिएकोप्रति खेद प्रकट

सारांश

  • काठमाडौं ।
  • विगत २५ वर्षदेखि निरन्तर बुद्ध जन्मस्थल नेपालको लुम्बिनीमा हुँदै आएको विश्व शान्ति पूजा (मोन्लम) यसपालि भने बोधगयामा सारिएकोप्रति अभियानले आपत्ति जनाएको छ ।
  • विश्व शान्ति पूजा भनेर विख्यात मोन्लम विगत २५ वर्षदेखि संसारभरका बौद्ध धर्मावलम्बीका लागि पवित्र महोत्सव बनेको थियो र, गत वर्ष बुद्धको जन्मथलो लुम्बिनीमा १३ देशका करिब १० हजार लामा र भिक्षुहरू मोन्लम पूजाका लागि भेला भएका थिए ।

काठमाडौं । विगत २५ वर्षदेखि निरन्तर बुद्ध जन्मस्थल नेपालको लुम्बिनीमा हुँदै आएको विश्व शान्ति पूजा (मोन्लम) यसपालि भने बोधगयामा सारिएकोप्रति अभियानले आपत्ति जनाएको छ ।

विश्व शान्ति पूजा भनेर विख्यात मोन्लम विगत २५ वर्षदेखि संसारभरका बौद्ध धर्मावलम्बीका लागि पवित्र महोत्सव बनेको थियो र, गत वर्ष बुद्धको जन्मथलो लुम्बिनीमा १३ देशका करिब १० हजार लामा र भिक्षुहरू मोन्लम पूजाका लागि भेला भएका थिए । अफसोच, त्यो रौनक यो बर्ष भने नेपालको लुम्बिनीमा नभएर भारतको बोधगयामा हुँदैछ ।

गौतम बुद्धको महापरिनिर्वाणपछि बौद्ध भिक्षुहरू तीर्थ यात्राका लागि बुद्ध जन्मेको पवित्र भूमि लुम्बिनी आउन थालेको तथ्य बौद्ध ग्रन्थहरूमा पाइन्छ । ईशापूर्व २४९ मा सम्राट् अशोक लुम्बिनी आउँदा यो स्थल बौद्ध तीर्थका रूपमा ख्याति प्राप्त भइसकेको थियो ।

लुम्बिनीमा भेला भएका टाढाटाढाका बौद्ध भिक्षुहरू यहाँ केही दिन बसी श्रद्धापूर्वक बुद्धको बन्दना गर्दै बुद्धका शिक्षा अर्थात् त्रिपिटकका सूत्र पाठ गरेर बस्थे भने केही ध्यानको अभ्यास गरेर । बुद्धले आफ्ना शिष्यहरूलाई सामूहिक रूपमा प्रार्थना या ध्यान गर्नुको विशेष महत्व हुने यथार्थ सम्झाएका थिए । यही प्रचलन अन्ततः मोन्लमको रूपमा विकसित भएको हो ।

राष्ट्र संघमा प्रत्येक बर्ष मनाइने गरिएको बुद्ध जयन्तीमा नेपाल अतिथि बनेर जाने गरिएको छ र नेपाल बुद्धको जन्मस्थल भएको नाताले पनि कुनै न कुनै रुपमा नेपाल आयोजकको हैसियतमा रहनुपर्ने आवाज पनि अभियानले उठाउँदै आइरहेको संस्मरण गराउँदै २५ वर्षदेखि निरन्तर लुम्बिनीमा हुँदै आएको विश्व शान्ति पूजा (मोन्लम) यसपालि भने बोधगयामा सारिएको कुरामा पनि अभियान विरोध जनाउँदै यसलाई आगामी बर्षदेखि नेपाल सरकारले यस्लाई पुनः नेपालमा नै आयोजना गर्नेतर्फ प्रकृया अबिलम्ब अगाडि बढाउन नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिस्टेकबाट यसरी बन्यो बिमस्टेक
बिस्टेकबाट यसरी बन्यो बिमस्टेक
सामाजिक परिचालकहरुले प्रदेश नं २को मुख्यमन्त्रीको कार्यालय घेराउ
सामाजिक परिचालकहरुले प्रदेश नं २को मुख्यमन्त्रीको कार्यालय घेराउ
प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय
प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय
प्रतिनिधिसभामा सडक स्तरोन्नतिको विषयमा सांसदले उठाए आवाज
प्रतिनिधिसभामा सडक स्तरोन्नतिको विषयमा सांसदले उठाए आवाज
समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिट आज सार्वजनिक गरिने
समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिट आज सार्वजनिक गरिने
नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच यस्तो भयो छलफल
नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच यस्तो भयो छलफल
परिक्षामा फेल भएपछि नर्सहरुको लफडा, रजिष्ट्रार भन्छन् जागिर दिनै पर्छ भन्ने नियम छैन !
परिक्षामा फेल भएपछि नर्सहरुको लफडा, रजिष्ट्रार भन्छन् जागिर दिनै पर्छ भन्ने नियम छैन !
देउवाविरुद्ध सानेपामा पौडेल समूहको बैठक, निर्णय सच्याउन पत्राचार गरिने
देउवाविरुद्ध सानेपामा पौडेल समूहको बैठक, निर्णय सच्याउन पत्राचार गरिने
नेकपाका कार्यकर्ताद्वारा पार्टी परित्याग
चेपाङवस्तीको स्कुलमा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण
चेपाङवस्तीको स्कुलमा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण

तपाईंले छुटाउनुभयो कि?