सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि उद्धार

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३, २०७५
|
|
४७ पटक हेरिएको
Shares
सुरुङ मार्गमा पुरिएका ४ जनाको  ३८ घण्टापछि उद्धार

सारांश

  • संखुवासभा,३ असार ।
  •  अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको उद्धार भएको छ ।
  • शुक्रबार करिब ९ बजेबाट सुरुङमा फसेका उनीहरुलाई आइतबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ३८ घण्टापछि सकुशल उद्धार गरिएको हो ।

संखुवासभा,३ असार । अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको उद्धार भएको छ । शुक्रबार करिब ९ बजेबाट सुरुङमा फसेका उनीहरुलाई आइतबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ३८ घण्टापछि सकुशल उद्धार गरिएको हो ।

सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरको उद्धार गरेको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए।

सुरुङमा फसेकाहरुलाई खोज्ने क्रममा उद्धार टोलीले ठूलो ढुंगामा प्वाल पारेर उज्यालो छिरेपछि उनीहरुको आवाज सुनिएकाले डोरीको प्रयोग गरेर उद्धार गरेको घिमिरेले बताए ।

उनीहरुको उद्धारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण थालिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?