प्रचण्डलाई फकाउँदै एमाले : यस्तो छ सर्त ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १६, २०७४
|
|
३९ पटक हेरिएको
Shares
प्रचण्डलाई फकाउँदै एमाले : यस्तो छ सर्त ?

सारांश

  • काठमाडौं, पुस १६ ।
  •   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि नेताहरु खटाएका छन् ।
  • पार्टी एकता संयोजन समितिको बैठक अगावै एकताको मोडालिटी बनाएर जाने विषयमा छलफल गर्नका लागि एमालेका तर्फबाट विष्णु पौडेल, माधबकुमार नेपाल र बामदेव गौतम सक्रिय छन् ।

काठमाडौं, पुस १६ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि नेताहरु खटाएका छन् ।

पार्टी एकता संयोजन समितिको बैठक अगावै एकताको मोडालिटी बनाएर जाने विषयमा छलफल गर्नका लागि एमालेका तर्फबाट विष्णु पौडेल, माधबकुमार नेपाल र बामदेव गौतम सक्रिय छन् ।त्यसैगरी माओवादीका तर्फबाट कृष्ण बहादुर महरा, नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलाई प्रचण्डले छलफलमा खटाएका छन् ।

दुवै दलका नेताहरुले प्रचण्ड र ओलीलाई उपयुक्त पद दिएर मिलाउने विषयमा छलफल गरिरहेका छन् । तर छलफलले निष्कर्ष निकाल्न सकेको छैन ।

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन माओवादीका नेताहरु तयार भए पनि प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन एमालेका नेताहरु तयार हुन नसक्दा पार्टी एकता प्रक्रिया लम्बिएको बताइएको छ ।

प्रचण्डले भने आफूलाई पार्टी अध्यक्ष बनाउनुपर्ने माग राख्दै आएका छन् । एमालेले भने ३ वर्षपछि प्रधानमन्त्री दिने गरी प्रचण्डलाई अहिले सह अध्यक्ष बन्न आग्रह गरेको छ ।

पार्टी एकतासँगै अन्य पदको बाँडफाँट पनि छलफलको विषय बनेको छ ।  राष्ट्रपति, उपराष्ट्रपति, सभामुख कसकसलाई बनाउने भन्ने विषयमा पनि कुराकनी भइरहेको छ ।

प्रचण्डलाई अध्यक्ष नदिए पार्टी एकता नहुने माओवादीका नेताहरुको भनाई छ । आइतबार मात्रै पनि माओवादी नेता टोपबहादुर रायमाझीले कसैले जिद्दी गरेमा पार्टी एकता नहुने संकेत गरेका थिए ।

तर एमालेका नेताहरुले भने सबैभन्दा ठूलो दल एमाले भएकाले एकतापछि अध्यक्ष केपी ओली नै हुनुपर्ने अडानमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यूयोर्कमा ‘बुलेट ट्रेनको गतिमा’ सङ्क्रमण फैलँदो
न्यूयोर्कमा ‘बुलेट ट्रेनको गतिमा’ सङ्क्रमण फैलँदो
रवि लामिछानेविरूद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै
रवि लामिछानेविरूद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
द्रुतमार्ग निर्माणको समन्वय र अनुगमनका लागि संयन्त्र बन्ने
द्रुतमार्ग निर्माणको समन्वय र अनुगमनका लागि संयन्त्र बन्ने
प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाद्वारा जानकारी
प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाद्वारा जानकारी
सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न
सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न
मंसिर १८ गते बिहिवारको राशिफल यस्तो छ
मंसिर १८ गते बिहिवारको राशिफल यस्तो छ
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्
दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्
कमल भण्डारी उर्फ लामा ङवाङ, तर कसरी ?
कमल भण्डारी उर्फ लामा ङवाङ, तर कसरी ?