पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं-योगेश भट्टराई

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष १७, २०७४
|
|
६७ पटक हेरिएको
Shares
पार्टी अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री ईश्वर पोखरेललाई बनाऔं-योगेश भट्टराई

सारांश

  • काठमाडौं, १७ पुस ।
  • नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र माओवादी केन्द्रवीचको पार्टी एकताको लागि नयाँ विकल्प अघि सारेका छन् ।
  • उनले पदीय व्यवस्थापनमा समस्या देखिएकोले प्रमुख नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अभिभावकीय भूमिका निर्वाह गर्ने र पार्टी नेतृत्व र अब बन्ने सरकारको नेतृत्वको लागि नयाँ पुस्तालाई प्रेरित गर्नुपर्ने विकल्प अघि सारेका छन् ।

काठमाडौं, १७ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र माओवादी केन्द्रवीचको पार्टी एकताको लागि नयाँ विकल्प अघि सारेका छन् ।

उनले पदीय व्यवस्थापनमा समस्या देखिएकोले प्रमुख नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अभिभावकीय भूमिका निर्वाह गर्ने र पार्टी नेतृत्व र अब बन्ने सरकारको नेतृत्वको लागि नयाँ पुस्तालाई प्रेरित गर्नुपर्ने विकल्प अघि सारेका छन् ।स्रोतका अनुसार उनले अनौपचारिक रुपमा यसबारेमा पार्टीका शीर्ष नेताहरुसँग छलफल सुरु गरिसकेका छन् ।

नेता भट्टराईले पार्टी अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता माधव कुमार नेपाललाई दिनुपर्ने र प्रधानमन्त्रीमा महासचिव ईश्वर पोखरेललाई अघि सार्नुपर्ने धारणा राखेका छन् ।

पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकिरहेको बेला योगेशको यस्तो धारणा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुवै पार्टीका शीर्ष नेताहरुले सरकार गठन अगावै पार्टी एकता हुने धारणा राखेका छन्। तर ओली प्रधानमन्त्री बनाउने कुरामा करिब करिब दुवै पार्टीका नेताहरुको सहमति भएपनि अध्यक्षमा प्रचण्डलाई स्विकार्न एमाले नेताहरु तयार नभएको देखिएको छ । यसले गर्दा एकतामा ढिलाई भैरहेको सूत्रहरुको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
पर्यटनको विकासका लागि चितवनमा होमस्टे थपिँदै !
पर्यटनको विकासका लागि चितवनमा होमस्टे थपिँदै !
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने
धाराको बिल आउँछ, पानी आउँदैन
धाराको बिल आउँछ, पानी आउँदैन
संघनायकको सम्पूर्ण स्वास्थ्योपचार सरकारले गर्ने
संघनायकको सम्पूर्ण स्वास्थ्योपचार सरकारले गर्ने
लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या
लुम्बिनीमा पाँच सय कुलपुत्र प्रव्रज्या
‘भिजिट मधेश नेपाल–२०२०’ सञ्चालन हुने
‘भिजिट मधेश नेपाल–२०२०’ सञ्चालन हुने
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
विवेकशिल नेपाली र साझा पार्टीबीच भोली पार्टी एकता हुने
विवेकशिल नेपाली र साझा पार्टीबीच भोली पार्टी एकता हुने
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै  दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे

तपाईंले छुटाउनुभयो कि?