भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ३, २०७४
|
|
७२ पटक हेरिएको
Shares
भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १

सारांश

  • काठमाडौं, माघ ३ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयपछि आज प्रदेश प्रमुख नियुक्ति गर्ने भएका छन् ।
  • भागबण्डाको आधारमा देउवाले प्रदेश प्रमुख ता्ेक्न लागेका हुन् ।

काठमाडौं, माघ ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयपछि आज प्रदेश प्रमुख नियुक्ति गर्ने भएका छन् । भागबण्डाको आधारमा देउवाले प्रदेश प्रमुख ता्ेक्न लागेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखका साथै अस्थायी राजधानी आजै तोक्ने भएको हो ।

प्रदेश प्रमुखमा कांग्रेस, मधेसवादी दल र राप्रपाले भागवण्डा गरेका छन् । देउवा निकट उच्च स्रोतका अनुसार प्रदेश १ मा गोविन्द सुब्बा र २ मा उमाकान्त झालाई प्रदेश प्रमुख तोकिने सम्भावित भएको छ ।

त्यस्तै ३ मा अनुराधा कोइराला र ४ मा बाबुराम कुँवरलाई तोकिने भएको छ । प्रदेश नम्बर ५ मा रत्नेश्वर लाल कायस्थ, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख बनाउने तयारी छ । स्रोतका अनुसार कांग्रेसको भागमा ४, राजपा र फोरमको भागमा एक÷एक र राप्रपाको भागमा एक परेको छ ।

आज दिउँसो ३ बजे बस्ने बैठकले उनीहरुको नाम फाईनल गर्ने भएको छ । त्यस्तै सरकारले अस्थायी राजधानी पनि आजै तोक्ने भएको छ । त्यस्तै सरकारले अस्थायी राजधानी पनि आजै तोक्ने भएको छ ।

स्रोतका अनुसार प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को धनगढी तोकिने भएको छ। वम गठबन्धनमा आवद्ध दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग कुरा नमिलेपछि सरकारले राजपा, फोरम र राप्रपासँगको सहमतिमा आज प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुटपाट गर्ने ब्याक्त्ती स्कुटर र लुटिएको सिक्री सहित पक्राउ
लुटपाट गर्ने ब्याक्त्ती स्कुटर र लुटिएको सिक्री सहित पक्राउ
सुनको मूल्य बढ्यो, बिहिबार कतिमा हुदैछ कारोबार
सुनको मूल्य बढ्यो, बिहिबार कतिमा हुदैछ कारोबार
अल्छी प्रवृत्तिले समृद्धिको सपना पूरा हुन सक्दैन: मुख्यमन्त्री शाही
अल्छी प्रवृत्तिले समृद्धिको सपना पूरा हुन सक्दैन: मुख्यमन्त्री शाही
याम बुद्धको सम्झनामा कबिता : उनको आमाले यसरी सम्झीईन (भिडियो सहित)
याम बुद्धको सम्झनामा कबिता : उनको आमाले यसरी सम्झीईन (भिडियो सहित)
प्रचण्डले भने, ‘२/४ वर्ष क्रान्तिकारी त बन्न सकिएला तर जीवनभर कम्युनिष्ट बन्न सारै गाह्रो’
प्रचण्डले भने, ‘२/४ वर्ष क्रान्तिकारी त बन्न सकिएला तर जीवनभर कम्युनिष्ट बन्न सारै गाह्रो’
चीनबाट रोकिएका सामान आउन सुरु
चीनबाट रोकिएका सामान आउन सुरु
Ram Avatar Bhardawaj to play Atal Bihari Vajpayee in Anupam Kher’s The Accidental Prime Minister!
Ram Avatar Bhardawaj to play Atal Bihari Vajpayee in Anupam Kher’s The Accidental Prime Minister!
आइतबार ३८० कोरोना संक्रमित थपिए, ९२ जना काठमाडौंमा
तयार भयो राष्ट्रिय परिचयपत्र
तयार भयो राष्ट्रिय परिचयपत्र
एमाले पार्टी प्रवेश गर्ने क्रम  बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने  दाबी
एमाले पार्टी प्रवेश गर्ने क्रम बढेको नेताहरुको ब्रिफिङ ,प्रदेश २ को चुनावमा ६० बढी तह जित्ने दाबी

तपाईंले छुटाउनुभयो कि?