राजनीतिक प्रतिशोध साध्न म विरुद्ध नौटंकी हुँदैछ: नवराज सिलवाल

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ ५, २०७४
|
|
५४ पटक हेरिएको
Shares
राजनीतिक प्रतिशोध साध्न म विरुद्ध नौटंकी हुँदैछ: नवराज सिलवाल

सारांश

  • काठमाडौं, माघ ५ ।
  • पूर्वडिआईजी तथा नवनिर्वाचित सांसद नवराज सिलवालले राजनीतिक प्रतिशोध साँध्न आफूविरुद्व शक्तिको गलत प्रयोग गरिएको आरोप लगाएका छन् ।
  • शुक्रबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत सिलवालले विपक्षीलाई प्रहार गर्न सरकारले नौटंकी प्रदर्शन गरेको आरोप लगाएका हुन् ।

काठमाडौं, माघ ५ । पूर्वडिआईजी तथा नवनिर्वाचित सांसद नवराज सिलवालले राजनीतिक प्रतिशोध साँध्न आफूविरुद्व शक्तिको गलत प्रयोग गरिएको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत सिलवालले विपक्षीलाई प्रहार गर्न सरकारले नौटंकी प्रदर्शन गरेको आरोप लगाएका हुन् ।

उनले ट्विटमा लेखेका छन्, ‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षिलाई प्रहार गर्ने जुन नौटंकि प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।’

सिलवाल प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । प्रहरीले देशव्यापी पक्राउ पूर्जी जारी गरेपछि सिलवाल देशबाहिर रहेको शंका गरिएको छ ।

आइजी नियुक्ति मुद्दामा अदालतमा कीर्ते कागजात प्रस्तुत गरेको आरोपमा अहिले प्रहरीले सिलवाललाई पक्रन सातै प्रदेशमा सर्कुलर जारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?