यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १४, २०७४
|
|
६० पटक हेरिएको
Shares
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा

सारांश

  • लास भेगस स्थित क्यासिनोका मालिक स्टिभ विनले रिपब्लिकन पार्टीको राष्ट्रिय समितिको आर्थिक मामिला प्रमुखको पदबाट राजीनामा दिएका छन् ।
  • यौन दुर्व्यवहारको आरोपपछि राष्ट्रपति ट्रम्पका निकट मित्र रहेका विनको राजीनामा आएc हो ।
  • अर्बपति क्यासिनो मालिक तथा राष्ट्रपति ट्रम्पका मित्र स्टिभ विनलाई दर्जनौँ महिला कर्मचारीलाई यौन क्रियाकलाप गर्न बाध्य बनाएको आरोप लगाइएको छ ।

लास भेगस स्थित क्यासिनोका मालिक स्टिभ विनले रिपब्लिकन पार्टीको राष्ट्रिय समितिको आर्थिक मामिला प्रमुखको पदबाट राजीनामा दिएका छन् ।

यौन दुर्व्यवहारको आरोपपछि राष्ट्रपति ट्रम्पका निकट मित्र रहेका विनको राजीनामा आएc हो ।

अर्बपति क्यासिनो मालिक तथा राष्ट्रपति ट्रम्पका मित्र स्टिभ विनलाई दर्जनौँ महिला कर्मचारीलाई यौन क्रियाकलाप गर्न बाध्य बनाएको आरोप लगाइएको छ ।

वाल स्ट्रिट जर्नलमा छापिएको एउटा समाचार अनुसार एउटा त्यस्तो विवाद सल्टाउन उनले कैयौं लाख डलर तिरेका थिए ।

यौन दुर्व्यवहार

स्टिभ विनको लास भेगस र मकाउमा क्यासिनोहरू रहेका छन् र उनको सम्पत्ति अर्बौ डलरमा रहेको बताइन्छ ।

वाल स्ट्रिट जर्नलमा छापिएको एउटा लेखमा दर्जनौं पूर्व र बहलवाला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएपछि उनले राजीनामा दिने निर्णय लिएका हुन् ।

उक्त लेखमा विनले महिला कर्मचारीलाई यौन गतिविधिमा संलग्न गराएको र महिलालाई काम गर्न असुरक्षित वातावरण बनाएको आरोप लगाइएको छ ।

हात र नङको सुन्दरता सम्बन्धी काम गर्ने एक पूर्व कर्मचारीलाई उनले ७५ लाख डलर तिरेर एउटा यौन दुर्व्यवहार सम्बन्धी विवाद टुङ्गो लगाएको पनि उक्त लेखमा दाबी गरिएको छ ।

आरोप
तर ती आरोपहरू अपमानजनक भएको भन्दै उनले सम्बन्धविच्छेद फर्छ्यौटलाई लिएर उत्पन्न विवादका माझ आफ्नी श्रीमतीले त्यसलाई उचालिरहेको आरोप लगाएका छन् ।

विन संस्थापक, अध्यक्ष र प्रुमख कार्यकारी रहेको विन रिजोर्टस् लमिटेडले ती आरोपहरूबारे जाँच गर्न एउटा समिति गठन गरेको छ ।

उनी राष्ट्रपति डोनल्ड ट्रम्पका निकट मित्र हुन् र रिपब्लिकन पार्टीको उक्त पदका लागि ट्रम्पले नै उनलाई चयन गरेका थिए ।

ट्रम्पसँग छलफल गरेरमात्र विनको राजीनामा स्वीकृत गरिएको बताइएको छ ।

अघिल्लो हप्ता स्टिभ विनले ट्रम्पको फ्लोरिडास्थित बिदा मनाउने स्थान मार अ लागोमा एउटा आर्थिक सहायता संकलनको कार्यक्रम आयोजना गर्न सघाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति
भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति
प्रहरी र तीनपाङ्ग्रे व्यवसायीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस र गोली प्रहार (फोटो फिचरसहित)
प्रहरी र तीनपाङ्ग्रे व्यवसायीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस र गोली प्रहार (फोटो फिचरसहित)
दशकौँदेखि भारत र पाकिस्तानका सेना कश्मीर सीमामा आमुन्नेसामुन्ने
दशकौँदेखि भारत र पाकिस्तानका सेना कश्मीर सीमामा आमुन्नेसामुन्ने
भोलिदेखि कार्की अवकाशमा जाँदै
भोलिदेखि कार्की अवकाशमा जाँदै
‘पुराना एवं रुग्ण पुलहरुको निर्माण प्रक्रिया सुरु गर्न समितिको निर्देशन’
‘पुराना एवं रुग्ण पुलहरुको निर्माण प्रक्रिया सुरु गर्न समितिको निर्देशन’
केटू’ आरोहणका गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
केटू’ आरोहणका गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४ मा यस्ता छन् ३७ विधाका उत्कृष्ट पाँच
छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४ मा यस्ता छन् ३७ विधाका उत्कृष्ट पाँच
कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ?
छाक टार्न मुस्किल पर्ने वुवाले छाेरिकाे लागी हेलिकप्टर झिकाएपछी…
छाक टार्न मुस्किल पर्ने वुवाले छाेरिकाे लागी हेलिकप्टर झिकाएपछी…
नेकपा सरकारका दुई वर्ष : केही राम्रो केही निराशा
नेकपा सरकारका दुई वर्ष : केही राम्रो केही निराशा

तपाईंले छुटाउनुभयो कि?