शहीद दिवशमा अध्यक्ष केपी ओलीको सन्देश

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ १६, २०७४
|
|
६० पटक हेरिएको
Shares
शहीद दिवशमा अध्यक्ष केपी ओलीको सन्देश

सारांश

  • काठमाडौँ, माघ १६ ।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध राष्ट्र निर्माणको महाभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान गरेका छन् ।
  • शहीद दिवशका अवसरमा आज एक वक्तव्य जारी गर्दै उनले लोकतान्त्रिक आन्दोलनका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

काठमाडौँ, माघ १६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध राष्ट्र निर्माणको महाभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान गरेका छन् ।

शहीद दिवशका अवसरमा आज एक वक्तव्य जारी गर्दै उनले लोकतान्त्रिक आन्दोलनका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

शहीदको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, संविधानसभाले संविधान जारी गरेर नेपालीलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक, सामाजिक, न्यायिक अधिकार प्राप्तिका लागि शहीदले गरेको बलिदानीको स्मरण गरेका हुन् ।
ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य प्राप्त गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने कुरा पनि व्यक्त गरेका छन् ।

सन्देशमा उनले वाम गठबन्धनलाई जनताले नयाँ युगको जिम्मेवारी दिएको बताउँदै भनेका छन्, “वाम गठबन्धनप्रति जनताको यस विश्वासप्रति हामी आभार प्रकट गर्न चाहन्छौँ र यहाँहरुको विश्वासको उच्च सम्मान र कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।”

अध्यक्ष ओलीले राजनीतिक स्थायित्व, सामाजिक न्याय र समानता, राष्ट्रिय स्वाधीनता तथा स्वाभिमान, सामाजिक सद्भाव एवं समृद्धि जस्ता जनताका चाहनालाई सम्बोधन गर्न आज एमाले र नेकपा माओवादी केन्द्र गठबन्धनमा आबद्ध भएको पनि बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु अर्का गम्भीर घाइते
कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए
कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए
बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु
बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु
बाँकेका मतदाता भन्छन्, ‘भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’
बाँकेका मतदाता भन्छन्, ‘भोट माग्छन् तर मत हाल्न कोही सिकाउँदैनन्’
जनकपुर मोदी अभिनन्दनमा राष्ट्रियगान नबजाउनु कसको गल्ती! प्रदेशसभामा चर्काचर्की
जनकपुर मोदी अभिनन्दनमा राष्ट्रियगान नबजाउनु कसको गल्ती! प्रदेशसभामा चर्काचर्की
नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता
नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता
… अनि बच्चालाई के गर्ने नि ?
… अनि बच्चालाई के गर्ने नि ?
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
बढी भ्रष्टाचार हुने मुलुकमा नेपाल १२४ औं स्थानमा
बढी भ्रष्टाचार हुने मुलुकमा नेपाल १२४ औं स्थानमा
नचिनेको व्यक्तिलाई श्रीमान बनाइदिने न्यायाधीश सर्वोच्च अदालतमा !
नचिनेको व्यक्तिलाई श्रीमान बनाइदिने न्यायाधीश सर्वोच्च अदालतमा !

तपाईंले छुटाउनुभयो कि?