राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ! राप्रपा बाहिरिएपछि सरकार ढल्छ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १८, २०७४
|
|
३१६० पटक हेरिएको
Shares
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ! राप्रपा बाहिरिएपछि सरकार ढल्छ?

सारांश

  • प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ।
  • सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार साँझ बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
  • राप्रपा सरकारबाट बाहिरिए पनि पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार भने बहुमतकै अवस्था रहन्छ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार साँझ बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

राप्रपा सरकारबाट बाहिरिए पनि पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार भने बहुमतकै अवस्था रहन्छ।

३७ सांसद रहेको राप्रपा बाहिरिए पनि सरकारको पक्षमा नेपाली कांग्रेसका २०७, नेकपा माओवादी केन्द्रका ८१, नेकपा संयुक्तका ३, फोरम लोकतान्त्रिकमा १४, अखण्ड पार्टी नेपालका १ जना लगायत पार्टीका सांसद छन्।

अहिले संसदमा रहेका ५९३ सांसदमध्ये बहुमतका लागि २९६ जनाको समर्थन चाहिन्छ।

(napavalley.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?