मधेशी माननीय ‘नरमाया ढकाल’ले पैदा गरेको तरङ्ग

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
५८ पटक हेरिएको
Shares
मधेशी माननीय ‘नरमाया ढकाल’ले पैदा गरेको तरङ्ग

सारांश

  • काठमाडौं, फागुन ५ ।
  • राजपाको कोटामा समानुपातिक सांसद बन्न पुगेकी नरमाया ढकाल एकाएक चर्चाको विषय बन्न पुगेकी छिन् ।
  • प्रज्ञा उपनाम भएकी नरमायालाई नेपाली राजनीतिमा अहिलेसम्म कसैले चिनेको या सुनेको थिएन ।

काठमाडौं, फागुन ५ । राजपाको कोटामा समानुपातिक सांसद बन्न पुगेकी नरमाया ढकाल एकाएक चर्चाको विषय बन्न पुगेकी छिन् । प्रज्ञा उपनाम भएकी नरमायालाई नेपाली राजनीतिमा अहिलेसम्म कसैले चिनेको या सुनेको थिएन । त्यसमाथि मधेसकेन्द्रित राजनीतिमा त नरमाया ढकालको साइनो रहने सवालै भएन ।

त्यसोभए एकाएक कसरी राजपा जस्तो दलबाट सांसद बन्न पुगिन् त नरमाया ? सवाल अवश्य पनि कुतूहल पैदा गर्ने किसिमकै छ ।

सम्बद्ध पार्टीसूत्रका अनुसार राजपाका प्रभावशाली नेता राजेन्द्र महतोको विशेष जोडबलमा नरमाया समानुपातिक सूचीमा परेकी हुन् । राजपाका कतिपय नेताले महतोसँग नरमायाबारे जिज्ञासा राख्दा उनले प्रस्ट जवाफ दिएनन्, बरु जसरी पनि उनलाई सांसद बनाउनुपर्ने जिकीर गरिरहे । पार्टीकै नेताहरुले नचिनेको पात्र सांसद बन्न लागेपछि सबैलाई चासो त हुने नै भयो । मधेसको राजनीतिमा नरमाया ढकालको के योगदान रहेछ, जान्ने इच्छा सबैमा जाग्ने नै भयो । तर, महतोले नरमायाबारे न त केही खुलाए न आफ्नो अडान बदले । फलतः उनी सांसद बन्न पुगेकी छिन् ।

नरमायाबारे जान्ने जिज्ञासा मात्र नभई नेता महतोले उनलाई सांसद बनाउन लिएको अडानको रहश्य पनि बुझ्न खोज्दैछन् सम्बद्ध नेता तथा कार्यकर्ताहरु । आखिर लोभ या मोह, नरमायालाई सांसद बनाउन महतोलाई केले विवश तुल्यायो ? रहश्य खुलिसकेको छैन । अनेक अडकलबाजी भने शुरु भएको छ ।

नरमाया ढकाल को हुन्, यो कुरा राजेन्द्र महतो र उनका निकटजनलाई अवश्य नै जानकारी हुनुपर्छ, तसर्थ एक न एकदिन रहश्य खुल्ने नै छ ।

नरमाया ढकालको नाम शुरुमा सुन्दा राजपाका तमाम कार्यकर्ताहरुले ठानेका थिए कि उनी पहाडतिरकी कुनै अधवैंशे महिला होलिन् वा कुनै धनाढ्यको श्रीमती होलिन् । तर प्रज्ञा नाममा खोलिएको उनको फेसबुकका पाना पल्टाउँदा उनी मनोरञ्जन दुनियाँसँग जोडिएकी मोडल या कुनै फिल्मी हिरोइन हुन् कि भन्ने भाव पैदा गरायो, राजपाका कार्यकर्ताहरुमा । नेपाली फिल्मका हिरो आर्यन सिग्देललगायतका कलाकारसँग खिचाइएका फोटोहरु फेसबुकमा राखिएबाट मनोरञ्जन दुनियाँसँग कुनै न कुनै कनेक्सन त नरमायाको होला नै भन्ने देखिन्छ, तर सम्बद्ध क्षेत्रमा बुझ्दा उनलाई चिन्ने खासै भेटिँदैनन् ।

उनी कुनै विष्णु लामिछानेकी श्रीमती रहेकी फेसबुकबाट जान्न सकिन्छ, तर श्रीमान विष्णुबारे पनि ठोस जानकारी भेटिँदैन ।

माननीय सांसद बन्न पुगेकी नरमाया ढकालको जन्मचाहिँ २०३८ सालमा कैलाली जिल्ला (हालको धनगढी उपमहानगरपालिका)मा भएको बुझिन्छ । फेसबुकमा राखिएका तस्बिरहरुका आधारमा उनी घुमघाममा सोखिन महिला लाग्दछिन् । आफ्ना छोरी, श्रीमान र अन्य साथीहरुसँग घुमफिर गरेको तस्बिरले उनको फेसबुकका शोभा बढाएका छन् ।

यथार्थ जे भए पनि माननीय नरमायाले गरिमामाय संसदमा यस्तो प्रस्तुति देखाउन सकुन्, जसले उनीप्रति आज जन्मेका जिज्ञासाको सकारात्मक जवाफ आफै दिन सकोस् । यसो हुन सके उनलाई यो महत्वपूर्ण मौका प्रदान गर्ने राजेन्द्र महतोलाई पनि जश मिल्नेछ, सायद ।

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल
चार वर्षमा सबै स्थानीय तहमा सरकारी अस्पताल
अस्तित्व मेटिँदै गरेका डोटीका दरबार
अस्तित्व मेटिँदै गरेका डोटीका दरबार
प्रतिनिधिसभामा चार शोक प्रस्ताव पारित
प्रतिनिधिसभामा चार शोक प्रस्ताव पारित
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
बसको ठक्करबाट मृत्यु
बसको ठक्करबाट मृत्यु
काठमाडौँमा मन्टेश्वरी स्कुलहरु च्याउ सरी खोलिएका छन्…
काठमाडौँमा मन्टेश्वरी स्कुलहरु च्याउ सरी खोलिएका छन्…
माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजना शिलान्यास
माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजना शिलान्यास
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

तपाईंले छुटाउनुभयो कि?