‘प्रचण्डले पार्टी छाडे’

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
५७ पटक हेरिएको
Shares
‘प्रचण्डले पार्टी छाडे’

सारांश

  • काठमाण्डौं, फागुन १२ ।
  • माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किरातीले अध्यक्ष प्रचण्डले पार्टी छाडेको बताएका छन् ।
  • किरातीले आफुहरु नै नेकपा माओवादी केन्द्रको आधिकारिक नेता–कार्यकर्ता भएको दावी गरेका छन् ।

काठमाण्डौं, फागुन १२ । माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किरातीले अध्यक्ष प्रचण्डले पार्टी छाडेको बताएका छन् । किरातीले आफुहरु नै नेकपा माओवादी केन्द्रको आधिकारिक नेता–कार्यकर्ता भएको दावी गरेका छन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अब पार्टीको अध्यक्षको हैसियतमा नभएको समेत आरोप लगाएका छन् । नेता किरातीले नेकपा एमालेसँग पार्टी एकीकरणको सम्झौता गरेसँगै प्रचण्डको पार्टीको हैसियत हराएको बताएका छन् ।

पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सात बुंदे सहमति गरेपछि पार्टी छाडेर गएको बुझिने बताउँदै नेता किराँतीले भने–‘उहाँले पार्टी छाडेर जानु भयो, अब माओवादी केन्द्रलाई हामी नेतृत्व दिन्छौं ।’ उनले अब आफूहरु प्रचण्डको सामन्तवादबाट मुक्त भएको बताउँदै अब पार्टीलाई नयाँ सोंच र गतिमा अघि बढाउने दावी गरेका छन् ।

प्रचण्डले विलयको बाटो रोजेको आरोप लगाउँदै नेता किरातीले अब पार्टी पुनर्गठनको बाटो खुलेको पनि बताएका छन् ।

किरातीलाई नेकपा माओवादी केन्द्रले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यबाट हटाएको थियो । किरातीसँगै लोकेन्द्र विष्ट, आहुतीलाई कार्वाही गर्दै पार्टीबाट निष्कासन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”
सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”
निशाना छापमा नेपालको गलत नक्सा सच्चाउन वेवास्ता
निशाना छापमा नेपालको गलत नक्सा सच्चाउन वेवास्ता
नेपालसँग पपुवा न्युगिनी पराजित
नेपालसँग पपुवा न्युगिनी पराजित
नयाँ वर्षको सुरुवात रक्तदान कार्यक्रम गर्दै ब्लडपल
नयाँ वर्षको सुरुवात रक्तदान कार्यक्रम गर्दै ब्लडपल
काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन
काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन
३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !
३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !
गोदावरीमा धमाधम डिप बोरिङ
गोदावरीमा धमाधम डिप बोरिङ
सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता असफल
सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता असफल
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण
प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण

तपाईंले छुटाउनुभयो कि?