सरकारले भिखारीलाई पनि तालिम दिदै !

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन २१, २०७४
|
|
५६ पटक हेरिएको
Shares
सरकारले भिखारीलाई पनि तालिम दिदै  !

सारांश

  • सरकारले कर्मचारीहरूलाई तालिम दिनु त स्वभाविकै हो ।
  • सर्वसाधारण जनता र कृषकलाई पनि तालिम दिनु राम्रै हो ।
  • तर यहाँ त सरकारले भिखारीलाई तालिम दिँदैछ ।

सरकारले कर्मचारीहरूलाई तालिम दिनु त स्वभाविकै हो । सर्वसाधारण जनता र कृषकलाई पनि तालिम दिनु राम्रै हो । तर यहाँ त सरकारले भिखारीलाई तालिम दिँदैछ । भारतमा सरकारले भिखारीहरूलाई तालिम दिने भएको हो । मगन्तेहरूको बढ्दो संख्याका कारण चिन्तित बनेको सरकारले भिख माग्ने काममा लागेका मानिसहरूलाई आय आर्जनको सम्मानित बाटो सिकाउनका लागि तालिम दिने भएको हो । अब भारत सरकारले भिखारीहरूलाई सीप विकासको तालिम दिइने भएको छ । जसकारण उनीहरूले आ–आफ्नो पेशा तथा रोजगारी गरेर ज्यान पाल्न सकून् ।

खबरका अनुसार, अहिले भारतमा भिखारीहरूको संख्या ४ लाखभन्दा धेरै छ जसमा २ लाख २० हजार पुरुष र बाँकी महिला छन् । यो संख्या तीव्रगतिमा बढिरहेको छ । यसलाई नियन्त्रण गर्नका लागि सामाजिक न्याय एवं आधिकारिकता मन्त्रालयले यस्तो कदम उठाएको हो, भिखारीहरूलाई सीप सिकाउने तालिम दिने । यस योजना अन्तर्गत भिखारीहरूलाई साइकल बनाउनेदेखि लिएर लुगा सिलाउने, खानेकुरा पकाउने, फूलमाला गाँस्ने लगायतका तालिम दिइनेछ ।

प्राविधिक शिक्षा सिक्न चाहनेका लागि समेत अवसर उपलब्ध गराइनेछ । भीख मागेर भन्दा सीपमूलक काम गरेर इज्जतसाथ बढी कमाई गर्न सकिन्छ भन्ने देखाएर मानिसहरूलाई स्वनिर्भर बनाउने योजना भारत सरकारको छ । यसले भिखारीहरूको बढ्दो चाँप पनि घटाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?