प्रधानमन्त्री ओली र मन्त्री पोखरेलको सम्बन्ध चिसिएको साँच्चै चिसियो त!

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र २, २०७४
|
३
|
५७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली र मन्त्री पोखरेलको सम्बन्ध चिसिएको साँच्चै चिसियो त!

सारांश

  • काठमाडौं, २ चैत- प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवम् एमाले महासचिव ईश्वर पोखरेलबीचको सम्बन्ध चिसिएको छ ।
  • प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको दाबेदारका रुपमा रहेका पोखरेललाई रक्षामन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो ।
  • समाचारमा लेखिएको छ, अर्थमन्त्री बन्ने आकाक्षांसहित पार्टी अध्यक्ष ओलीसँग लबिङ गरेका महासचिव पोखरेल अन्तिम समयसम्म अर्थमन्त्री हुनेमा ढुक्क थिए ।

काठमाडौं, २ चैत- प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवम् एमाले महासचिव ईश्वर पोखरेलबीचको सम्बन्ध चिसिएको छ । प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको दाबेदारका रुपमा रहेका पोखरेललाई रक्षामन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो ।

समाचारमा लेखिएको छ, अर्थमन्त्री बन्ने आकाक्षांसहित पार्टी अध्यक्ष ओलीसँग लबिङ गरेका महासचिव पोखरेल अन्तिम समयसम्म अर्थमन्त्री हुनेमा ढुक्क थिए । आजको समाचारपत्र दैनिकमा खबर छ ।

दोस्रोपटक मन्त्रिपरिषद विसतार हुने दिन बालुवाटारमा ओली र पोखरेलबीच मन्त्रालयको बीचमा छलफल भएको थियो ।

पोखरेलले अर्थमन्त्रीबाहेक अन्य मन्त्रालयमा नजाने अडानसहित बाहिरिने क्रममा ओलीले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने प्रतिवद्धतासहित शपथको तयारी गर्न आग्रह गरेका थिए ।

एमालेका एक नेताका अनुसार,

-सपथका लागि तयारीका साथ महासचिव पोखरेल शीतल निवास पुग्नुभयो ।

-कुन मन्त्रालय हो टुंगो लागेको थिएन ।

-शीतल निवासभित्र प्रवेश गरेपछि रक्षा मन्त्रालयबाट स्वागतका लागि तयारी अवस्थामा रहेको कर्मचारीको फोन आयो ।

-त्यसपछि महासचिव पोखरेल ओलीसँग निकै रुष्ट बन्नुभएको छ ।

रक्षा मन्त्रालयबाट खबर आएपछि मात्र मन्त्रालयको पत्तो पाएका पोखरेलले रक्षामन्त्रीको शपथ लिने कि नलिने दोधारमा परेका थिए । तर शीतल निवासमा सबै तयारी भएकाले सपथ लिने निर्णय लिनुभएको एमालेका एक नेताले बताए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Arjun Budhathoki

    यी दुबै नेता देश र जनतालागि घातक हुन।

    Comment Author

    Arjun Banjara

    बकमफुसे समाचार

    Comment Author

    Bhattarai Bhawani Prasad

    के को पद चाहियो ! त्यागी भएर देश बिकाश गर्न छाडेर !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थको सहज उपलब्धता : अनावश्यक हल्लाको पछि नलाग्न आग्रह
पेट्रोलियम पदार्थको सहज उपलब्धता : अनावश्यक हल्लाको पछि नलाग्न आग्रह
केपी ओलीमाथि खाणको गम्भीर आरोप: स्वराज नेपाल आउनुको कारण के हो ?
केपी ओलीमाथि खाणको गम्भीर आरोप: स्वराज नेपाल आउनुको कारण के हो ?
दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु
दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु
एमालेको जनमत घटेको छैन, केपी ओलीको राजीनामा मेजर प्रश्न होइनः मणि थापा
एमालेको जनमत घटेको छैन, केपी ओलीको राजीनामा मेजर प्रश्न होइनः मणि थापा
आजको मौसमः वर्षा र हिमपातकाे सम्भावना
आजको मौसमः वर्षा र हिमपातकाे सम्भावना
उत्तर कोरियाले गर्यो एकैपटक २ मिसाइल परिक्षण
उत्तर कोरियाले गर्यो एकैपटक २ मिसाइल परिक्षण
१० वर्षपछि विदेशीहरु काम खोज्दै नेपाल आउने, नेपाली भने विदेश घुम्न जाने : मन्त्री ज्ञवाली
१० वर्षपछि विदेशीहरु काम खोज्दै नेपाल आउने, नेपाली भने विदेश घुम्न जाने : मन्त्री ज्ञवाली
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीन पक्राउ
१२ घण्टामा  शिखरन्यूजका ‘टप १०’ समाचारहरु हेर्नुहोस्
१२ घण्टामा शिखरन्यूजका ‘टप १०’ समाचारहरु हेर्नुहोस्
बलिउड अभिनेत्री प्रियंका चोपडामाथि लाग्यो यस्तो आरोप

तपाईंले छुटाउनुभयो कि?