बलिउड अभिनेत्री प्रियंका चोपडामाथि लाग्यो यस्तो आरोप
सारांश
- काठमाडौं,१९ असार।
- बलिउड अभिनेत्री प्रियंका चोपडामाथि अवैध रुपमा कम्प्लेक्स निर्माण गरेको आरोप लागेको छ ।
- पछिल्लो समय हलिउड गायक निक जोनससँग प्रैम रोमान्सका कारण चर्चामा रहेकी प्रियंकाविरुद्ध ब्रिहमुम्बई मुनिसिपल कर्पोरेशन ‘बिएमसी’ले नोटिस जारी गरेको हो ।
काठमाडौं,१९ असार। बलिउड अभिनेत्री प्रियंका चोपडामाथि अवैध रुपमा कम्प्लेक्स निर्माण गरेको आरोप लागेको छ ।
पछिल्लो समय हलिउड गायक निक जोनससँग प्रैम रोमान्सका कारण चर्चामा रहेकी प्रियंकाविरुद्ध ब्रिहमुम्बई मुनिसिपल कर्पोरेशन ‘बिएमसी’ले नोटिस जारी गरेको हो । मुम्बईको अँधरीस्थित आफ्नो अफिस परिसरमा प्रियंकाले हाल एक कर्मशियल कम्प्लेक्स बनाइरहेकी छन् । जुन अवैध रहेको बिएमसीको दावी छ ।
बिएमसीले प्रियंकालाई यस सम्बन्धमा ६ पटक सुचना जारी गरिसकेको जनाएको छ । बिएमसीका अनुसार प्रियंकाको उक्त कमर्शियल कम्पलेक्समा स्पाका लागि अवैध रूपमा कन्स्ट्रक्शन गरिरहेकी छन् ।
अनुसन्धानको क्रममा उत्तः कर्मशियल बिल्डिङ अवैध रहेको बिएमसी जनाएको छ । बीएमसीले प्रियंकाले अफिसको वास्तु प्रिसिंक्ट बिल्डिङ गैरकानूनी तरिकाले निर्माण गरिरहेको जनाएको छ ।
प्रतिक्रिया