लामिछानेको शोकमा आज वडा कार्यालय बन्द

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १, २०७५
|
|
३८ पटक हेरिएको
Shares
लामिछानेको शोकमा आज वडा कार्यालय बन्द

सारांश

  • भक्तपुर, १ जेठ- प्रदेश नं ३ का प्रदेशसभा सदस्य तथा नेकपा एमाले भक्तपुरका सचिव समेत रहेका हरिशरण लामिछानेको निधन भएको छ ।
  • आइतबार राति एक्कासी मस्तिष्काघातका कारण केएमसी अस्पताल ल्याइएका प्रदेश सांसद लामिछानेको अस्पतालमै हिजो सोमबार निधन भएको हो ।
  • एमालेको तर्फबाट प्रदेश सांसद चाँगुनारायण-६ नगरकोटका लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउन भक्तपुरका नगरपालिकाका कार्यालय आज मंगलबार एक दिन बन्द हुने भएको छ ।

भक्तपुर, १ जेठ- प्रदेश नं ३ का प्रदेशसभा सदस्य तथा नेकपा एमाले भक्तपुरका सचिव समेत रहेका हरिशरण लामिछानेको निधन भएको छ । आइतबार राति एक्कासी मस्तिष्काघातका कारण केएमसी अस्पताल ल्याइएका प्रदेश सांसद लामिछानेको अस्पतालमै हिजो सोमबार निधन भएको हो ।

एमालेको तर्फबाट प्रदेश सांसद चाँगुनारायण-६ नगरकोटका लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउन भक्तपुरका नगरपालिकाका कार्यालय आज मंगलबार एक दिन बन्द हुने भएको छ ।

जिल्ला समन्वय समिति भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुखसहितको बैठकले जिसस र नगरपालिकाको आधा झण्डा झुकाउने वडा कार्यालय एक दिन बन्द गरिने चाँगुनारायणका नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् ।

एमाले भक्तपुरले प्रदेश नं ३ का प्रदेश सदस्य लामिछानेको निधनमा शोक मनाउँदै तीनदिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ । उनी नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । शनिबार बेलुका राराताल गएर फर्केका लामिछानेलाई आइतबार ब्रेन ह्यामरेज भएको थियो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?