डेढ अर्बको बैंक घोटाला राष्ट्र बैंककै मिलेमतो ! गभर्नरको भूमिका हतारो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ८, २०७४
|
|
६० पटक हेरिएको
Shares
डेढ अर्बको बैंक घोटाला राष्ट्र बैंककै मिलेमतो ! गभर्नरको भूमिका हतारो

सारांश

  • गभर्नर डा.
  • चिरञ्जीवी नेपालको भूमिका : मर्जरमा हतारो, कारबाहीमा अवरोध राजनीतिक संरक्षण र शक्तिका आडमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालकले डेढ अर्ब रुपैयाँ बैंकिङ घोटाला गरेको देखिएको छ ।
  • एपेक्सका तत्कालीन अध्यक्ष विष्णु धिताललगायत सञ्चालक र व्यवस्थापनले राजनीतिक संरक्षणमा घोटाला गर्दै आएको देखिएको हो ।

गभर्नर डा. चिरञ्जीवी नेपालको भूमिका : मर्जरमा हतारो, कारबाहीमा अवरोध

राजनीतिक संरक्षण र शक्तिका आडमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालकले डेढ अर्ब रुपैयाँ बैंकिङ घोटाला गरेको देखिएको छ । एपेक्सका तत्कालीन अध्यक्ष विष्णु धिताललगायत सञ्चालक र व्यवस्थापनले राजनीतिक संरक्षणमा घोटाला गर्दै आएको देखिएको हो ।

राजनीतिक दबाब र राष्ट्र बैंकको उच्च नेतृत्वको प्रभावमा आफ्नै दुईवटा समितिले कारबाहीको सिफारिस गर्दा पनि राष्ट्र बैंकले एपेक्स र त्यसका सञ्चालकलाई कारबाही गर्न ढिला गरेको खुलेको छ । एनसिसी बैंक लिमिटेडसँग मर्ज भएको तत्कालीन एपेक्सले संगठित र योजनाबद्ध रूपमा बैंकिङ घोटाला गरेको अनुसन्धानहरूले देखाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा कृष्ण रिजालले खबर लेखेका छन् ।

यस घोटालासँग जोडिएर राष्ट्र बैंकले दुईवटा अनुसन्धान गरेको छ, जसले एपेक्सका तत्कालीन अध्यक्ष विष्णु धितालकै नेतृत्वमा बैंकिङ घोटाला भएको प्रस्ट देखाएको छ ।

१.  असार ०७० मा तीन बैंकिङ संस्था मिलेर बन्यो एपेक्स
रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मिलेर ३० असार ०७० मा एपेक्स डेभलपमेन्ट बैंकको नाममा एकीकृत कारोबार सुरु भएको हो । मर्जरअघि नै रोयल मर्चेन्टको कर्जा बक्यौता एक अर्ब १५ करोड पुगिसकेको थियो । तर, राराका तत्कालीन अध्यक्ष विष्णु धितालले व्यक्तिगत लाभका आधारमा ८० प्रतिशत खराब कर्जा बोकेको रोयल मर्चेन्टसँग मर्जर गराएका थिए । टेम्पो व्यवसायबाट उन्नति गरेका धिताल कांग्रेस लमजुङका क्षेत्रीय सभापति तथा महासमिति सदस्य पनि थिए । यो राजनीतिक प्रभाव उनले उन्नतिमा होइन, आफ्नै बैंकको दुर्गतिमा प्रयोग गरे ।

२. सञ्चालककै सक्रियतामा एपेक्सभित्र घोटाला जारी
एपेक्स डेभलपमेन्ट बैंकको दरबारमार्ग, लोकन्थली र इटहरी शाखाबाट नक्कली ऋणी खडा गरेर, कमसल धितो राखेर, सम्पत्तिको नक्कली कागज बनाएर तथा मूल्यांकनसमेत नगरी कर्जा प्रवाह थालियो । एपेक्सका दरबारमार्ग र लोकन्थली शाखाले प्रवाह गरेको ऋणमध्ये ८०% र इटहरी शाखाको ७०% ऋण खराब कर्जा भएको राष्ट्र बैंकको प्रतिवेदनले नै देखाउँछ । यसरी एपेक्सको प्रणालीबाट अस्वाभाविक रूपमा दुई अर्ब ऋण प्रवाह भएको थियो ।

३. ०७० माघमा एनसिसी पस्यो राष्ट्र बैंक, मर्जरको हतारो
एनसिसीका प्रमुख दुई लगानीकर्ता एनबी ग्रुप र निर्मल प्रधानबीचको विवाद अनियन्त्रित भएपछि नेपाल राष्ट्र बैंकले व्यवस्थापन जिम्मा लिएको थियो । राष्ट्र बैंकको प्रतिनिधिका रूपमा तत्कालीन निर्देशक लक्ष्मीप्रपन्न निरौलाको नेतृत्वमा रमेश आचार्य र रेशमराज रेग्मीको समूहले ०७० माघमा एनसिसीको व्यवस्थापन नियन्त्रणमा लिएको थियो । एनसिसीको विवाद सल्टाउने र कुनै पनि समूहको सेयर अनुपात १० प्रतिशतभन्दा तल कायम गर्ने, मर्जरमार्फत पुँजी पुनर्संरचना गरेर नयाँ व्यवस्थापनलाई बैंक सुम्पेर फर्कने कार्यादेश यो समूहलाई थियो । मर्जरमा जाने तर कोसँग भन्नेमा राष्ट्र बैंकको प्रतिनिधि व्यवस्थापनले तर्कसंगत प्रक्रिया अघि बढाउन सकेन । राष्ट्र बैंककै व्यवस्थापनले इन्टरनेसनल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंकसँगै एपेक्स डेभलपमेन्ट बैंकलाई पनि एनसिसीमा भित्राउने प्रक्रिया सुरु गर्‍यो । एउटा बैंकको सुधार गर्न आएको व्यवस्थापनले अर्को खराब बैंकलाई भित्राउन भने कुनै संकोच मानेन ।

४. घोटालाको आशंकामा स्थलगत निरीक्षण, सँगसँगै मर्जर पनि
एनसिसीमा रहेको राष्ट्र बैंक व्यवस्थापनले मर्जरको प्रक्रिया चलाइरहँदा राष्ट्र बैंकको अर्को टोलीले एपेक्सको घोटालामाथि छानबिन गरिरहेको थियो । विकास बैंक सुपरीवेक्षण विभागको टोलीले २६ भदौदेखि ३ कात्तिक ०७३ सम्म स्थलगत छानबिन गर्दा दुई अर्ब घोटाला भएको प्रतिवेदन नै तयार पारेको थियो । घोटालाले थलिएको एपेक्सको नेटवर्थ सयबाट शून्यमा झरेर त्यसबाट पनि तल गई माइनस २५ रुपैयाँमा पुगेको थियो । तर, त्यहीबीचमा योजनाबद्ध रूपमा गरिएको पुनर्मूल्यांकनले नेटवर्थ ४८ रुपैयाँ पुर्‍याइयो । त्यसैले एनसिसीका बहुमत सेयरहोल्डरले एपेक्ससँग मर्जरको कडा विरोध गरेका थिए । तर, राष्ट्र बैंकको टोलीले सल्लाह होइन, निर्देशनात्मक निर्णय गरेपछि १७ पुस ०७३ मा चार विकास बैंक र एनसिसी मर्जर भई संयुक्त कारोबार नै सुरु भयो ।

५ .एपेक्सको घोटालाको रिपोर्ट मर्जरपछि मात्रै तयार
विकास बैंक सुपरीवेक्षण विभागले छानबिन गरिरहेकाले एपेक्स र एनसिसीको मर्जरको विषयमा राष्ट्र बैंकले धैर्य गर्न सक्थ्यो । तर, प्रतिवेदन आएपछि कठिनाइ हुन्छ भन्ने जानेर नै एकीकृत कारोबार सुरु गरियो । १७ पुस ०७३ मा एकीकृत कारोबार सुरु भयो । ११ दिनपछि २८ पुस ०७३ मा प्रतिवेदनको ठहर थियो, ‘घोटालाले एपेक्सको अवस्था खराब छ ।’ साथै २ माघ ०७३ मा बसेको विकास बैंक सुपरीवेक्षण विभाग, नीति निर्देशन कार्यान्वयन समितिको बैठकले एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत र अन्य पदाधिकारीलाई कारबाही गर्न गभर्नरसमक्ष सिफारिस गरेको थियो । कारबाही गरिनुपर्ने एपेक्सका अध्यक्ष विष्णु धिताल भने राष्ट्र बैंककै संरक्षणमा एनसिसीको बोर्डमा पुगिसकेका थिए ।

६. गभर्नरले कारबाही रोके, अर्को समिति बनाए

राष्ट्र बैंककै प्रतिवेदनले २ माघ ०७३ मै कारबाही सिफारिस गरे पनि १२ वैशाख ०७४ सम्म गभर्नर डा. चिरञ्जीवी नेपाल मौन बसे । किनकि, विष्णु धितालले राजनीतिक मात्र होइन, गभर्नर नेपालको संरक्षण पनि सुनिश्चित गरिसकेका थिए । त्यसैले कारबाहीमा आलटाल गर्ने मनसायका साथ राष्ट्र बैंकले एपेक्समा कर्जा प्रवाहमा अनियमितता भए–नभएको अनुसन्धान गर्न पाँच सदस्यीय निरीक्षण टोली बनायो । १२ वैशाखमा काम थालेको टोलीले १६ असारमा प्रतिवेदन तयार पार्‍यो, जसमा भनिएको थियो, ‘एपेक्सको दुई अर्ब तीन करोड रुपैयाँ कर्जा प्रवाहमा अनियमितता भएको छ ।’ यो प्रतिवेदनले पनि कारबाहीको सिफारिस गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहको निर्णयले वंशजको नागरिकता पाइने
गृहको निर्णयले वंशजको नागरिकता पाइने
चितवनमा अघि-अघि प्रचण्ड पछ्याउँदै पाण्डे
चितवनमा अघि-अघि प्रचण्ड पछ्याउँदै पाण्डे
नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन
नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन
सप्तरीमा गोली चल्यो, स्थानीय र प्रहरीबीच  झडप
सप्तरीमा गोली चल्यो, स्थानीय र प्रहरीबीच झडप
पुरानो संसद् भवन नभत्काउन संसदीय समितिको निर्देशन
पुरानो संसद् भवन नभत्काउन संसदीय समितिको निर्देशन
कर्णाली प्रदेशको राजधानी कर्णालीमै हुनुपर्ने दलीय निष्कर्ष
कर्णाली प्रदेशको राजधानी कर्णालीमै हुनुपर्ने दलीय निष्कर्ष
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने
पूर्वजर्नेलको कांग्रेस, एमाले र राप्रपाका नेतालाई सुझाव: प्रचण्डको फोटो राख्नुहोस्
पूर्वजर्नेलको कांग्रेस, एमाले र राप्रपाका नेतालाई सुझाव: प्रचण्डको फोटो राख्नुहोस्
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
चेलालाइ हराउदै ९२ वर्षीय महाथिर मोहम्मद विश्वकै सबैभन्दा जेठा विजेता नेता !
चेलालाइ हराउदै ९२ वर्षीय महाथिर मोहम्मद विश्वकै सबैभन्दा जेठा विजेता नेता !

तपाईंले छुटाउनुभयो कि?