साथीहरु मन्त्री भैसके, अनुपा १५ वर्षदेखि बमका छर्रा बोकेर हिड्दैछिन्

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १३, २०७४
|
|
५७ पटक हेरिएको
Shares
साथीहरु मन्त्री भैसके, अनुपा १५ वर्षदेखि बमका छर्रा बोकेर हिड्दैछिन्

सारांश

  • माओवादी लडाकु भएर लडेकी ३१ बर्षीया अनुपा राई अहिले रोगिएर बसेकी छिन् ।
  • टाउको र छातीमा लागेको बमको छर्रा अनुपाले उपचार गराएर निकाल्न सकेको छैनन् ।
  • न उनको पार्टीले उपचारमा सहयोग गर्यो उनीसँगै सशस्त्र द्धन्द्धमा हिँडेकाहरु पटक पटक सत्तामा पुगिसकेका छन्, तर, अनुपताको शरीरमा लागेको बमको छर्रा निकालिदिन कसैको ध्यान पुगेको छैन ।

माओवादी लडाकु भएर लडेकी ३१ बर्षीया अनुपा राई अहिले रोगिएर बसेकी छिन् ।
टाउको र छातीमा लागेको बमको छर्रा अनुपाले उपचार गराएर निकाल्न सकेको छैनन् ।

न उनको पार्टीले उपचारमा सहयोग गर्यो उनीसँगै सशस्त्र द्धन्द्धमा हिँडेकाहरु पटक पटक सत्तामा पुगिसकेका छन्, तर, अनुपताको शरीरमा लागेको बमको छर्रा निकालिदिन कसैको ध्यान पुगेको छैन ।

पार्टीले नै उपचारमा चासो नदिएपछि १५ बर्षयता शरीरमै बमको छर्रा बोक्न् उनी बाध्य छिन् ।
बमको चर्राकै कारण उनी रोगले थलिन थालेकी छिन् ।

दुस्मनसँगको भिड्दाका साथीहरु सत्ताको स्वाद चाखिरहेका छन्, उनले लडाईके स्मरण गर्दै भनिन् म टाउको र छातीमा बमको छर्रा बोकेरा गाउँमा छट्पटाईरहेकी छु ।

ओखलढुंगाको कुईभीरमा जन्मिएकी अनुपा १६ बर्षको उमेरमै माओवादी लडाकु बनेकी थिईन्, २०५८ सालमा ९ कक्षामा पढाई सुरु रेका बेला उनले माओवादीको जनमुक्ति सेनामा भर्ती भएर बन्दुक समाएको थिईन् । माओवादीमा लागेर दर्जनौँ लडाइ लडें उनले भनिन्, केहि साथी सहिद भए, बाँचेका साथीहरु सत्तामा छन् । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?