यी सबै महिलाहरु सँग ट्रम्पको सम्बन्ध रहेको दाबी , यस्तोसम्म भएछ !

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र १७, २०७४
|
|
५० पटक हेरिएको
Shares
यी सबै महिलाहरु सँग ट्रम्पको सम्बन्ध रहेको दाबी , यस्तोसम्म भएछ !

सारांश

  • काठमाडौं ।
  • प्ले ब्वाई म्यागेजिनकी पूर्व मोडल क्यारन म्याकडगलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पसँग माफी मागेकी छन् ।
  • उनले सन् २००६ मा ट्रम्पसँग अफेयर रहेको दाबी गरेकी थिईन् ।

काठमाडौं । प्ले ब्वाई म्यागेजिनकी पूर्व मोडल क्यारन म्याकडगलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पसँग माफी मागेकी छन् । उनले सन् २००६ मा ट्रम्पसँग अफेयर रहेको दाबी गरेकी थिईन् ।

समाचार च्यानल सीएनएनलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, ‘म १० महिनासम्म चलेको प्रेम सम्बन्धका लागि मेलानियासँग माफी माग्न चाहान्छु र म चाहँदैन कि मसँग पनि यस्तो होस् ।’ उनले यो पनि भनिन् कि पहिलो पटक नजिकिएपछि ट्रम्पले उनलाई पैसा दिने बताएका थिए । त्यसपछि घर फर्किएपछि उनी रोएकी थिइन् ।

राष्ट्रपति र ह्वाइट हाउसले भने यी आरोपलाई अस्वीकार गर्दछन् । गत बिहीबार सीएनएनका एन्डरसन कपुरसँग म्याकडगलले भनिन्, ‘जब म फर्किएर पछि हेर्छु र थाहा पाउँछु कि त्यो गलत थियो । म माफी माग्न चाहान्छु । मलाई थाहा छ जे मैले गरें, त्यो गलत थियो ।’

सन् २०१६ मा म्याकडगलले एक अखबारसँग १ करोड ५० लाख डलरको सम्झौता गरेकी थिइन् । जसअन्तर्गत उनी आफ्नो कहानी त्यस अखबारलाई भन्न राजी भएकी थिइन् । तर, यो लेख प्रकाशित भएको थिएन । अहिले म्याकडगल भन्छिन् ट्रम्पसँग उनको सम्बन्ध लुकाउनका लागि लेख प्रकाशित नगरिएको हो । अब उनी सम्झौता रद्ध गर्नका लागि अखबारमाथि मुद्दा हाल्ने तयारीमा छिन् ।

म्याकडगल ति तीन महिलाहरुमध्ये एक हुन् जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कथित सम्बन्ध भएको र यौन हिंसा भएको दावी गरेका छन् । र, अदालतको ढोका ढकढकाएका छन् । अन्य दुई महिलामध्ये एक पोर्न स्टार स्टर्मी डेनियल र दोस्रो ‘द ऐपरेन्टिस’ शोमा प्रतिस्पर्धा गरिसकेकी समर जेरवोस हुन् ।

स्टर्मी डेनियलको आरोप

पोर्न एक्ट्रेस स्टर्मी डेनियलको असली नाम स्टेफनी क्लिफर्ड हो । उनको दावी थियो कि राष्ट्रपति ट्रम्पसँग उनको अफेयर थियो । स्टर्मी डेयिनलले सन् २०११ मा इनटच म्यागजिनमा दिएको अन्तर्वार्तामा ट्रम्पसँग यौन सम्बन्ध भएको दावी गरेकी थिइन् ।

त्यस कुरालाई पुष्टि गराउनका लागि लाइफ एन्ड स्टाइल म्यागजिनले स्टर्मीलाई डिटेक्टर टेस्ट गराएको थियो जुन यसअघि कहिल्यै सार्वजनिक गरिएन ।

स्टेफनीको दावी छ कि ट्रम्पको निजी वकिल माइकल कोहेनले अक्टुबर २०१६ मा राष्ट्रपति चुनावभन्दा ठीकअघि उनीसँग १ लाख ३० डलरको सम्झौता गरेका थिए । स्टेफनी अब यस सम्झौतालाई अन्त्य गर्न अदालत पुगेकी छन् । उनका वकिलका अनुसार उनले यसलाई स्वीकार्न धम्की दिइएको थियो । यसै वर्ष फेब्रुअरीमा कोहनले अमेरिकी मिडियासामु स्वीकार गरेका थिए कि उनले सन् २०१६ मा एक पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएका थिए ।

ट्रम्पले स्टेफनीले लगाएका आरोपलाई अस्वीकार गर्दै आएका छन् । उनका वकिलले स्टेफनीमाथि दुई करोड डलरको दावी गरेका छन् । उनका भनाइ छ कि स्टेफनीले गोप्य डिललाई तोडेकि छन् । आइतबार समाचार च्यानल सीबीएस न्यूजमा स्टर्मी डेनियलको अन्तर्वार्ता प्रसारण हुँदैछ ।

समर जेरवोसको आरोप

समर जेरवोस २००६ मा द एप्रेन्टिसको सीजन ५ की प्रतियोगी समेत रहिसकेकी छन् । उनले २०१६ मा राष्ट्रपति चुनाव अभियानको क्रममा डोनाल्ड ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

उनको भनाइ थियो सन् २००७ मा ट्रम्पले जागिरको सिलसिलामा भेट्नलाई बोलाएका थिए । उनी ट्रम्पलाई भेट्न बेवेरली हिस्ल होटलको एक भवनमा पुगिन् । ट्रम्पले उनको स्वागत अनुहारमा चुम्बन गरेर गरे ।

जेरवोसले भनेकी छन्– म ट्रम्पको कब्जाबाट छुट्ने कोशिस गरिरहेको थिएँ तर ट्रम्पले मलाई बेडरुममा लैजाने प्रयास गरिरहेका थिए ।

ट्रम्पले जेरवोसले लगाएका आरोपलाई अस्वीकार गर्दै आएका छन् । उनको भनाइ छ कि आरोप लगाउने जेरवोस र अन्य महिलाहरु ‘बिमार मानसिकता’का छन् । र, उनीहरुलाई पैसा, नाम र राजनीतिमा मौका पाउनका लागि उक्साइएको हो ।

जेरवोसले जनवरी २०१७ मा ट्रम्पविरुद्ध मानहानीको दावी गरेकी थिइन् तर ट्रम्पका वकिलहरुले राष्ट्रपतिविरुद्ध मुद्दा चलाउन नसकिने बताएका थिए । न्यूयोर्कको एक अदालतले तल्लो अदालतको यस फैसलालाई उल्टाइदिएको छ । यसको मतलव यो हो कि अब राष्ट्रपतिविरुद्ध लगाइएको आरोपको सुनुवाइ हुनेछ ।
बीबीसी हिन्दिबाट साभार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिभाइन क्लब नेपालको मेडिटेशन क्याम्प सम्पन्न
डिभाइन क्लब नेपालको मेडिटेशन क्याम्प सम्पन्न
अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
दीपकराज गिरीलाई कडा कारवाहीको माग
दीपकराज गिरीलाई कडा कारवाहीको माग
विदेश भ्रमण मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण
विदेश भ्रमण मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण
माथिल्लो तामाकोशी आयोजना ःगाउँ गाउँमा स्वयंसेवक जाने,  काठमाडौँबाटै शेयर भर्न पाइने
माथिल्लो तामाकोशी आयोजना ःगाउँ गाउँमा स्वयंसेवक जाने, काठमाडौँबाटै शेयर भर्न पाइने
सरकारको आयुवारे प्रधानमन्त्री ओली किन सशंकित ?
सरकारको आयुवारे प्रधानमन्त्री ओली किन सशंकित ?
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
एमालेका नेता योगेश भट्टराईमाथि आक्रमणको प्रयास
मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु
मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने

तपाईंले छुटाउनुभयो कि?