एकीकृत नमूना बस्तीका लागि सहयोगको अपिल

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १८, २०७४
|
|
५८ पटक हेरिएको
Shares
एकीकृत नमूना बस्तीका लागि सहयोगको अपिल

सारांश

  • दोलखा, १८ चैत , एकीकृत नमूना बस्तीको पूर्वाधार निमार्णका लागि सरकारले रु सात करोड ३२ लाख विनियोजन गरेको छ ।
  • दोलखाको भीमेश्वर नगरपालिका–४ जिलूको फस्मी र डिही गाउँमा १८३ वटा नमूनायोग्य घर निमार्णका लागि एकीकृत नमूना बस्तीको पूर्वाधार निर्माणका लागि सो रकम पुनःनिर्माण प्राधिकरणले विनियोजन गरेको हो ।
  • प्राधिकरणले शहरी विकास डिभिजन कार्यालयलाई एकीकृत नमूना बस्तीमा सडक, खानेपानी, विद्युत्, नाला, ढल र सामुदायिक भवन निमार्णको कार्यान्वयन गर्न रु सात करोड ३२ लाख विनियोजन गरेको पुनः निर्माण प्राधिकरण दोलखाका प्रमुख सागर आचार्यले जानकारी दिनुभयो ।

दोलखा, १८ चैत , एकीकृत नमूना बस्तीको पूर्वाधार निमार्णका लागि सरकारले रु सात करोड ३२ लाख विनियोजन गरेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका–४ जिलूको फस्मी र डिही गाउँमा १८३ वटा नमूनायोग्य घर निमार्णका लागि एकीकृत नमूना बस्तीको पूर्वाधार निर्माणका लागि सो रकम पुनःनिर्माण प्राधिकरणले विनियोजन गरेको हो । प्राधिकरणले शहरी विकास डिभिजन कार्यालयलाई एकीकृत नमूना बस्तीमा सडक, खानेपानी, विद्युत्, नाला, ढल र सामुदायिक भवन निमार्णको कार्यान्वयन गर्न रु सात करोड ३२ लाख विनियोजन गरेको पुनः निर्माण प्राधिकरण दोलखाका प्रमुख सागर आचार्यले जानकारी दिनुभयो ।

विपन्न नागरिकको बसोबास भएको यो बस्तीमा एकै प्रकारका घर निर्माण गर्न उनीहरुले माग गरेका छन् । घर निर्माणका लागि सहयोग गरिदिन यहाँका नागरिक संघसंस्थाको पर्खाइ रहेको एकीकृत नमूना बस्तीका अभियन्ता एवम् भीनपा–४ का वडाध्यक्ष हरिवंश चौलागार्इंले बताउनुभयो । चौलागाईंले भन्नुभयो, “एकीकृत नमूना बस्तीको लागि डिटेल प्रोजेक्ट पूरा गरी पुनः निर्माण प्राधिकरणमा पेश गरेकाले पूर्वाधार निर्माणका लागि सरकारले विनियोजन छ ।”

एकीकृत नमूना बस्तीमा इन्जिनियर र अमिनले जग्गा छुटाउने कार्य धमाधम भइरहेको चौलागाईंले जानकारी दिनुभयो । सदरमुकाम चरिकोटबाट नजिकै रहेको यो बस्ती नमूनायोग्य ठाउँ बन्नेछ, होमस्टेका लागि अत्यन्तै उपयुक्त भएकाले सरकारको लगानी मात्र नभई सहयोगी संस्थाले लगानी गरे औचित्य साबित हुनेछ अध्यक्ष चौलागाईंले बताउनुभयो ।
बस्तीका अभियन्ता रामजीप्रसाद चौलागार्इंले भन्नुहुन्छ, “यहाँ एउटा घर निर्माण हुन कम्तीमा रु १५ लाख लाग्छ ,सरकारले प्रदान गर्ने आवास निमार्णको सहुलियत रकम तीन लाखबाहेक रु १२ लाख आवश्यक पर्ने हँुदा सरकारले दुई प्रतिशत ब्याजदरमा दिने रु १५ लाख दिएको खण्डमा विपन्न बस्तीका नागरिकले घर बनाउन सक्ने थिए ।” बस्ती निमार्णका लागि स्थानीयस्तरमा गर्नुपर्ने सम्पूर्ण काम पूरा भइसकेको र अब भवन निर्माणका काम शुरु गर्न ढिला भइसकेकाले सहयोगी हातलाई नमूना बस्ती निर्माणमा सहयोग गरिदिन चौलागाईंले समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंगलवारदेखि नयाँ लाइसेन्सका लागी आवेदन दिन सकिने
मंगलवारदेखि नयाँ लाइसेन्सका लागी आवेदन दिन सकिने
गोकर्ण विष्टको असफलताको कारण बताउँदै नवनियुक्त श्रममन्त्रीले भने – कसैसँग सम्झौता गर्दिन
गोकर्ण विष्टको असफलताको कारण बताउँदै नवनियुक्त श्रममन्त्रीले भने – कसैसँग सम्झौता गर्दिन
बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित
बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित
बाँकेका दुई स्थानमा दश घर जले
बाँकेका दुई स्थानमा दश घर जले
एक मधेश एक प्रदेश हुनै सक्दैनः गच्छादार
एक मधेश एक प्रदेश हुनै सक्दैनः गच्छादार
लोकतन्त्रको मर्म अनुसार सूचनाको हकको सम्मान गर्न प्रधानमन्त्रीको आग्रह
निर्मला पन्त हत्या प्रकरण: आफ्नो हत्या हुन सक्ने भन्दै छानबिन समितिका सदस्यले दिए राजीनामा
१८ जना सहसचिवको एकैपटक सरुवा, नामसहित को, कहाँ!
१८ जना सहसचिवको एकैपटक सरुवा, नामसहित को, कहाँ!
कांग्रेसभित्र पदाधिकारी मनोनयनमा किचलो
कांग्रेसभित्र पदाधिकारी मनोनयनमा किचलो
सेक्स सीन लिक भएपछि चर्चामा आएका अभिनेत्री
सेक्स सीन लिक भएपछि चर्चामा आएका अभिनेत्री

तपाईंले छुटाउनुभयो कि?