रातमा किन खाने फलफूल ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १८, २०७४
|
|
४७ पटक हेरिएको
Shares
रातमा किन खाने फलफूल ?

सारांश

  • रातको समय अचानक भोक लागेमा के खाने गर्नुभएको छ ?
  • यस्तो वेला भोक मेटाउन तपाईंले चकलेट वा स्न्याक्सको सहारा लिइरहनुभएको छ भने गलत गर्नुभएको छ ।
  • किनकि, रातको समय अत्यधिक सुगर र क्यालोरीयुक्त स्न्याक्स प्रयोग गर्दा स्वास्थ्यमा खराब असर पर्न सक्छ ।

रातको समय अचानक भोक लागेमा के खाने गर्नुभएको छ ? यस्तो वेला भोक मेटाउन तपाईंले चकलेट वा स्न्याक्सको सहारा लिइरहनुभएको छ भने गलत गर्नुभएको छ ।

किनकि, रातको समय अत्यधिक सुगर र क्यालोरीयुक्त स्न्याक्स प्रयोग गर्दा स्वास्थ्यमा खराब असर पर्न सक्छ । त्यसैले स्वास्थ्यका लागि यस्तो समयमा फलफूल प्रयोग गर्दा निकै लाभदायक हुन्छ । तपाईंले डिनर गरेको केही समयपछि हरेक दिन फलफूल प्रयोग गर्दा पनि राम्रो हुन्छ ।

कुन फल खाने ?

सुत्नुअघि केरा, स्याउ, नासपातीलगायतका फाइबरयुक्त फलफूल खान सक्नुहुन्छ । तर, आयुर्वेदका अनुसार खाना खाएको केही समयपछि मात्र फलफूलको प्रयोग गर्नु स्वस्थकर हुन्छ । खाना र फलफूल एकैपटक प्रयोग गर्दा पचाउन समस्या हुन्छ ।

खानामा प्रोटिन र फाइबरको मात्रा हुने भएकाले पच्नका लागि समय लाग्छ । खानासँगै फलफूलको प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पनि पुग्न सक्छ । त्यसैले खाना र फलफूल खाने समयको बीचमा ग्याप हुन जरुरी छ । यद्यपि, रातको समय खानाको सट्टा फलफूलको मात्र प्रयोग गर्दा राम्रो हुन्छ । तर, फलफूल खानेबित्तिकै सुत्ने बानी पनि गर्नुहुँदैन ।

रातमा किन खाने ?

सुत्नुअघि फलफूलको प्रयोग गर्दा आवश्यक पोषण तत्व प्राप्त गर्न सकिन्छ । फलफूलबाट भिटामिन, मिनरल्स, फाइटोकेमिकल र फाइबरको मात्रा प्राप्त गर्न सकिन्छ । जसले स्वास्थ्यमा सकारात्मक असर पार्छ । अस्वस्थकर चिनी र फ्याटयुक्त स्न्याक्सको प्रयोगले स्वास्थ्यमा हानि पु-याउँछ ।

तौल बढ्छ ?

प्रायः फलफूलमा क्यालोरीको मात्रा हुन्छ । जसका कारण मानिसको तौल बढ्दैन । तर, आइसक्रिममा फलफूल मिसाएर खाँदाचाहिँ तौल बढ्न पनि सक्छ । यद्यपि, दैनिक केराको प्रयोग गर्दा पनि तौल बढ्न सक्छ । जसकारण दैनिक रूपमा केरा नखाँदा राम्रो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती
सांसदहरुकै वार्डमा बाढीले बगाएको खानेपानीको मुहान मर्मत नहुदा जनता लाई सास्ती
विश्वकप क्रिकेटः आज पाकिस्तान र वेस्ट इण्डिजबिच खेल हुने
विश्वकप क्रिकेटः आज पाकिस्तान र वेस्ट इण्डिजबिच खेल हुने
प्रेमिका पिताले भने, मरेर देखाउ, विहे पक्का : युवकले चलाए आफैमाथि गोली
प्रेमिका पिताले भने, मरेर देखाउ, विहे पक्का : युवकले चलाए आफैमाथि गोली
दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो
पोखरा विश्वविद्यालयको स्ववियु निर्वाचनमा समानुपातिकमा एमाले नै पहिलो
पोखरा विश्वविद्यालयको स्ववियु निर्वाचनमा समानुपातिकमा एमाले नै पहिलो
नेपाल भारतको खुला सिमाना नियमन गर्न सर्वोच्चको परमादेश
प्रतिनिधिसभा बैठक : धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन
प्रतिनिधिसभा बैठक : धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन
प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले पेन्सन बढ्ने
प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले पेन्सन बढ्ने
माटोमा अम्लीपनको मात्रा अधिक
माटोमा अम्लीपनको मात्रा अधिक

तपाईंले छुटाउनुभयो कि?