कर्मचारी कमाउ भन्सारमा जान तँछाडमछाड, कमाइ नहुने रित्तै

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र २१, २०७४
|
|
६७ पटक हेरिएको
Shares
कर्मचारी कमाउ भन्सारमा जान तँछाडमछाड, कमाइ नहुने रित्तै

सारांश

  • सरकारले स्थानीय तह र प्रदेशमा कर्मचारी खटाउन सकिरहेको छैन ।
  • सरुवा गरिएका कर्मचारी काममा गएका छैनन् ।
  • तर, भन्सार कार्यालयमा भने दरबन्दीभन्दा बढी कर्मचारी थुप्रिएका छन् ।

सरकारले स्थानीय तह र प्रदेशमा कर्मचारी खटाउन सकिरहेको छैन । सरुवा गरिएका कर्मचारी काममा गएका छैनन् । तर, भन्सार कार्यालयमा भने दरबन्दीभन्दा बढी कर्मचारी थुप्रिएका छन् । सामान्य प्रशासन मन्त्रालय, मन्त्री, सचिव र ट्रेड युनियनको दबाबका कारण भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी खटाउने गरिएको हो ।

करछली, कमिसनजस्ता गैरकानुनी धन्दाबाट आर्थिक लाभ लिन सकिने भएकाले कर्मचारीहरू पहुँचका आधारमा भन्सार कार्यालयमा जाने गरेको पूर्वअर्थसचिव शान्तराज सुवेदीले बताए । ‘भन्सार पहिलेदेखि नै आर्थिक मामिलामा बदनाम कमाएको संस्था हो,’ सुवेदीले भने, ‘भन्सारभित्र हुने गैरआर्थिक क्रियाकलापबाट आकर्षित भएर पहुँचका आधारमा स्वार्थी कर्मचारी समूह भन्सार पुग्ने गरेको छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

सामान्य प्रशासन मन्त्रालयले समेत दरबन्दी नभए पनि भन्सारमा बढी कर्मचारी पठाउने गरेको छ । सामान्यले दरबन्दीभन्दा बढी संख्यामा कार्यालय सहयोगी, ड्राइभर र कम्प्युटर अधिकृत खटाउने गरेको हो ।

भन्सार विभागमा प्रशासन हेर्ने उपसचिव टंक पाण्डे तातोपानी भन्सार बन्द भएपछि त्यहाँका कर्मचारीलाई व्यवस्थापन गर्दा केही भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी देखिएको बताए । तातोपानी भन्सारमा ६८ जनाको दरबन्दी रहेकामा, तीनजनालाई त्यहाँ राखेर बाँकी सबैलाई अन्य भन्सारमा खटाइएको उनले बताए ।

साना भन्सारमा कर्मचारी अभाव
आर्थिक कारोबार बढी हुने ठूला भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी थुप्रिँदा तराईकै छोटी भन्सारमा भने कर्मचारी अपुग छन् । आर्थिक कारोबार कम हुने, अतिरिक्त आर्थिक लाभ नहुने र असुरक्षाका कारण त्यस्ता भन्सारमा कर्मचारी बस्न नमान्ने गरेको विभागका उपसचिव पाण्डे बताउँछन् । ‘बोर्डर एरिया भएकाले कर्मचारीले बढी असुरक्षित महसुस गर्छन्, अन्य आकर्षण पनि कम हुँदा कर्मचारीको संख्या कम हुने गरेको देखिन्छ,’ पाण्डेले भने ।

दरबन्दीभन्दा बढी पठाउन मिल्दैन : विभाग
भन्सार विभाग दरबन्दीभन्दा बढी कर्मचारी पठाउन नमिल्ने बताउँछ । विभागका एक कर्मचारीले दरबन्दीभन्दा बढी कर्मचारीमा कार्यालय सहयोगी, ड्राइभर र कम्प्युटर अधिकृत रहेको बताए । राजस्व समूहका कर्मचारी दरबन्दीभन्दा बढी नरहेको विभागको दाबी छ । राजनीतिक र कर्मचारीको तहबाट आफ्ना मान्छे पठाइदिन दबाब आउने र त्यही कारण पनि भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी हुने गरेको विभागको भनाइ छ ।

जहाँ एउटै कर्मचारी छैनन्
केही भन्सारमा भने दरबन्दीभन्दा निकै कम कर्मचारी छन् । दाङको कोइलाबास भन्सारमा आठजनाको दरबन्दी रहेकामा अहिले एकजना मात्र कार्यरत छन् । यस्तै, दोलखाको लामाबगर भन्सारमा चारजनाको दरबन्दी रहेकामा एक कर्मचारीसमेत नरहेको विभागले जानकारी दिएको छ । यस्तै, ओलाङचुङगोला र लार्के भन्सारमा पनि दरबन्दीभन्दा निकै कम संख्यामा कर्मचारी छन् । यी दुवै भन्सारमा चार–चारजनाको दरबन्दी रहे पनि दुई–दुई कर्मचारी मात्र खटिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हात्तीमैत्री ‘सामूहिक खेती’
हात्तीमैत्री ‘सामूहिक खेती’
सीमा पारि रहेका नेपाली नागरिकलाई  भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ   : उपप्रधानमन्त्री पोखरेल
सीमा पारि रहेका नेपाली नागरिकलाई भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ : उपप्रधानमन्त्री पोखरेल
मविरुद्धको अविश्वासको प्रस्ताव आवश्यक नै थिएन; मुख्यमन्त्री शाही (भिडिओसहित)
मविरुद्धको अविश्वासको प्रस्ताव आवश्यक नै थिएन; मुख्यमन्त्री शाही (भिडिओसहित)
संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री
संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री
जेठ १६ गते शुक्रबारको राशिफल यस्तो छ
जेठ १६ गते शुक्रबारको राशिफल यस्तो छ
वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
सुटिङमा साच्चै सेक्स गरिएका १२ चलचित्र
सुटिङमा साच्चै सेक्स गरिएका १२ चलचित्र
विरामी छोरी लिएर काठमाडौं आउँदै गर्दा भ्यान त्रिशुलीमा खस्दा बाबु पौडेर बचे, आमा र चालकको मृत्य
विरामी छोरी लिएर काठमाडौं आउँदै गर्दा भ्यान त्रिशुलीमा खस्दा बाबु पौडेर बचे, आमा र चालकको मृत्य
Sanjay Dutt and Jimmy Shergill starrer ‘Saheb Biwi Aur Gangster 3’ trailer is out!
Sanjay Dutt and Jimmy Shergill starrer ‘Saheb Biwi Aur Gangster 3’ trailer is out!
उपनिर्वाचनको तयारी थाल्दै कांग्रेस
उपनिर्वाचनको तयारी थाल्दै कांग्रेस

तपाईंले छुटाउनुभयो कि?