मादी गाउँपालिका कास्कीको परिणाम धमाधम आउँदै, कहाँ को ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ २, २०७४
|
|
१०३ पटक हेरिएको
Shares
मादी गाउँपालिका कास्कीको परिणाम धमाधम आउँदै, कहाँ को ?

सारांश

  • जेठ २, कास्की ।
  • कास्कीको मादी गाउँपालिकामा एमालेले ५ र कांग्रेसले ३ वडामा प्यानलसहित जित हात पारेको छ ।
  • माओवादी केन्द्रका २ वडाध्यक्षको पल्लाभारी भएको छ ।

जेठ २, कास्की ।

कास्कीको मादी गाउँपालिकामा एमालेले ५ र कांग्रेसले ३ वडामा प्यानलसहित जित हात पारेको छ । माओवादी केन्द्रका २ वडाध्यक्षको पल्लाभारी भएको छ ।

मादी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसले प्यानल जित हासिल गरेको हो । कांग्रेसले वडाध्यक्षमा रतनबहादुर गुरुङसहित प्यानल नै जित हात पारेको हो । वडाध्यक्षमा बिजयी गुरुङ ५०२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी सुब्बा गुरुङले ४०३ मत प्राप्त गरे ।

महिला सदस्यमा कांग्रेसका पार्वती राना मगर, दलित महिला सदस्यमा सोममाया सार्की तथा खुल्ला सदस्यमा सरोज केसी र हुमनाथ अधिकारी विजयी भए ।

त्यस्तै, वडा नम्बर ६ मा एमालेका पसबहादुर बास्तोलासहितको प्यानल विजयी भएको छ । वडाध्यक्षमा विजयी बास्तोलाले ४ सय १७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खिमबहादुर जिसीले २३४ मत पाए ।

महिला सदस्यमा एमालेका शिवा त्रिपाठी, दलित महिला सदस्यमा सुन्दरी परियार तथा खुल्ला सदस्यमा भीमबहादुर गुरुङ र चन्द्रबहादुर रानामगर बिजयी भएका छन् ।

वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङ वडाध्यक्षमा विजयी भए । विजयी गुरुङले ३१२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण गुरुङले २८० मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेकी विष्णुकुमारी गुरुङ, दलित महिला सदस्यमा एमालेकै चित्रकुमारी विक, खुल्ला सदस्यमा माओवादीका नारायण सापकोटा र वीरबहादुर गुरुङ विजयी भए ।

वडा नम्बर ८ को वडाध्यक्षमा यामबहादुर गुरुङसहित कांग्रेसको प्यानल विजयी भएको छ । गुरुङले ४ सय २६ र उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रबहादुर सुबेदीले २४३ मत प्राप्त गरे ।

महिला सदस्यमा कांग्रेसकी लालदेवी घले, दलित महिला सदसयमा पञ्चकुमारी सार्की तथा खुल्ला सदस्यमा कुलवीर गुरुङ र तुलाप्रसाद रिजाल विजयी भए ।

वडा नम्बर ९ मा माओवादी केन्द्रका तोरणबहादुर गुरुङ वडाध्यक्षमा विजयी भएका छन् । विजयी गुरुङले ४११ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मिनबहादुर गुरुङले ३०९ मत पाए ।

महिला सदस्यमा कांग्रेसकी रिता अधिकारी, दलित महिला सदस्यमा पदमकुमारी सार्की तथा खुला सदस्यमा भीमबहादुर गुरुङ र सञ्जय गुरुङ विजयी भए ।

वडा नम्बर १० को वडाध्यक्षमा कुलप्रसाद गुरुङसहितको एमाले प्यानलले जित दर्ता गरेको छ । विजयी गुरुङले ५ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कृष्णबहादुर गुरुङले २७७ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेकै विष्णु सुबेदी, दलित महिला सदस्यमा बिना दमाई तथा खुला सदस्यमा गमबहादुर गुरुङ र विष्णुप्रसाद गौतम विजयी भएका छन् ।

मादी गाउँपालिकाको अब वडा नम्बर ११ र १२ को मात्रै मत परिणाम आउन बाँकी छ ।

यसअघि मादी गाउँपालिका वडा नम्बर १, २ र ४ मा नेकपा एमालेको प्यानल विजयी भएको थियो भने वडा नम्बर ३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’
‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’
के भन्छन् करण जाेहर ‘भर्जिनिटि’काे बारेमा !
के भन्छन् करण जाेहर ‘भर्जिनिटि’काे बारेमा !
आजको राशिफल
आजको राशिफल
‘मुग्लिन लागेपछि यात्रामै आङ सिरिङ हुन्छ’
‘मुग्लिन लागेपछि यात्रामै आङ सिरिङ हुन्छ’
कांग्रेसले थाल्यो  प्रदेश नम्बर दुईमा चुनाव प्रचार
कांग्रेसले थाल्यो प्रदेश नम्बर दुईमा चुनाव प्रचार
बोर्नमाउथसँग म्यानचेस्टर युनाइटेड ३-० ले पराजित
बोर्नमाउथसँग म्यानचेस्टर युनाइटेड ३-० ले पराजित
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
मन्त्रिपरिषद्को बैठकः कोरोना संक्रमण फैलिएको क्षेत्रमा विद्यालय बन्द गर्नेबारे निर्णय आउनसक्ने
तपाईको यो साता कस्तो रहला ? आइतबारदेखि शनिबारसम्मको साप्ताहिक राशिफल यस्तो छ
तपाईको यो साता कस्तो रहला ? आइतबारदेखि शनिबारसम्मको साप्ताहिक राशिफल यस्तो छ
बैंकको ढिलासुस्तीले उखु  किसानले समयमै पाएनन् भुक्तानी
बैंकको ढिलासुस्तीले उखु किसानले समयमै पाएनन् भुक्तानी
दोलखामा ढिलोगरी मतगणना सुरु, क्षेत्र नम्बर १ को मतगणना कांग्रेसद्वारा बहिष्कार
दोलखामा ढिलोगरी मतगणना सुरु, क्षेत्र नम्बर १ को मतगणना कांग्रेसद्वारा बहिष्कार

तपाईंले छुटाउनुभयो कि?