बाथरुममा लडेर एमाले नेता ढुङ्गेलको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २२, २०७९
|
|
३५ पटक हेरिएको
Shares
बाथरुममा लडेर एमाले नेता ढुङ्गेलको मृत्यु

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडाैं। काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११ः३० बजेको समयमा बाथरुममा लडेर उहाँको मृत्यु भएको हो।

दसैँको समयमा परिवारका सदस्य जिल्लाबाहिर गएका बेला उनी एक्लै घरमा रहेको र सोही क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा पुगेर प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का उठाउन थालेको छ।

विगतमा नेकपा (माओवादी) पार्टीमा आबद्ध नेता ढुङ्गेल एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा फुटेपछि उनी एमालेमै बसेका थिए। ढुङ्गेल द्वन्द्वका क्रममा उज्जन श्रेष्ठ हत्या आरोपमा जेलसमेत बसेका थिए। यसअघि उनी संविधानसभाका सदस्यसमेत बनेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?