कोरोनाभाइरस खोपका लागि अस्ट्रेलिया र अस्ट्राजेनिकाबीच सम्झौता

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र ३, २०७७
|
|
६२ पटक हेरिएको
Shares

सारांश

  • ३ भदौ : बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ ।
  • प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ को खोप सबै अस्ट्रेलियालीका लागि निःशुल्क वितरण गरिने बताएका छन् ।
  • तर यसका लागि उक्त खोपको क्लिनिकल परीक्षण सफल, सुरक्षित र प्रभावकारी हुनुपर्ने उनको भनाई थियो ।

३ भदौ : बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ ।

प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ को खोप सबै अस्ट्रेलियालीका लागि निःशुल्क वितरण गरिने बताएका छन् । तर यसका लागि उक्त खोपको क्लिनिकल परीक्षण सफल, सुरक्षित र प्रभावकारी हुनुपर्ने उनको भनाई थियो ।

प्रधानमन्त्री मरिसनले अक्सफोर्डको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको र यो सफल हुन अझै धेरै काम गर्न बाँकी रहेको जानकारी दिए ।

उनले भने, “यदि यो खोप सफल प्रमाणित भए हामी तत्कालै उत्पादन गरेर २ करोड ५० लाख अस्ट्रेलियालीलाई निःशुल्क उपलब्ध गराउने छौं ।”

प्रधानमन्त्री मरिसनले अस्ट्रेलियाका छिमेकी मुलुकलाई पनि यो खोप उपलब्ध गराउन सकिने बताएका थिए, तर उनले यस सम्बन्धी विस्तृत विवरण दिन अस्वीकार गरे ।

उनले खोपका बारेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडा, पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापे र फिजीका प्रधानमन्त्री फ्रान्क बैनीमारामासँग पनि हालै छलफल गरेका थिए ।

मरिसनले संवाददाताहरुलाई भने, “अस्ट्रेलियाले प्रशान्त क्षेत्रीय राष्ट्रहरुलाई मद्दत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”एपी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
कात्तिक १८ गते मंगलवारको राशिफल यस्तो छ
कात्तिक १८ गते मंगलवारको राशिफल यस्तो छ
६ सय मेगावाट सौर्य ऊर्जा उत्पादन, १६ हजारलाई रोजगारी
सरकारमा नजाँदै महतो देखि भण्डारीसम्म दिल्लीतिर सुटुक्क
सरकारमा नजाँदै महतो देखि भण्डारीसम्म दिल्लीतिर सुटुक्क
रक्सीले लठ्ठिएका ‘हेडसर’ले कार्यक्रम बिथोल्न खोजेपछि…
पोखरा विमानस्थलभित्र बम !
पोखरा विमानस्थलभित्र बम !
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
भारतीय प्रधानमन्त्री र चिनिया राष्ट्रपतिलाई एकै ठाउँमा राखेर रेल ल्याउने प्रम ओलीको खुलासा
दीपक मनाङ्गेको नालीबेली : डनदेखि सांसदसम्म
दीपक मनाङ्गेको नालीबेली : डनदेखि सांसदसम्म
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम
शितलनिवासमा राष्ट्रपतिसँग फोरम र राजपाको भेटवार्ता शुरु
शितलनिवासमा राष्ट्रपतिसँग फोरम र राजपाको भेटवार्ता शुरु

तपाईंले छुटाउनुभयो कि?