दीपक मनाङ्गेको नालीबेली : डनदेखि सांसदसम्म

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २, २०७४
|
|
५६ पटक हेरिएको
Shares
दीपक मनाङ्गेको नालीबेली : डनदेखि सांसदसम्म

सारांश

  • काठमाडौँ, २ माघ ।
  •  मनाङबाट प्रदेशसभा सांसदमा विजयी दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष जेल सजायको फैसला गरेको छ ।
  • कर्तव्य ज्यान सम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै सर्वोच्चले प्रदेश सांसद मनाङेविरुद्ध यस्तो फैसला सुनाएको हो ।

काठमाडौँ, २ माघ । मनाङबाट प्रदेशसभा सांसदमा विजयी दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष जेल सजायको फैसला गरेको छ । कर्तव्य ज्यान सम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै सर्वोच्चले प्रदेश सांसद मनाङेविरुद्ध यस्तो फैसला सुनाएको हो ।

गुण्डागर्दीमा कसरी उदाए मनाङ्गे ?
दीपक मनाङ्गे काठमाडौँका पुराना डनमध्ये एक हुन् । राजधानीमा सबैभन्दा बढि चर्चामा आएका दुई डन दीपक मनाङ्गे र मिलन चक्रे हुन् । काठमाडौँको ५० को दशकतिर समूह बनाएर गुण्डागर्दी गर्ने चलन चलेको थियो । पैसा कमाउने उद्देश्यले बनेका यस्ता समूहहरुले कालान्तारमा आफुलाई निकै विस्तारित गर्दै शक्तिशाली समेत बनाए । विभिन्न दलका नेताहरुको शक्ति र पहुँच बढाउनमा पनि डनहरु सहयोगी बन्न थाले भने यता यस्ता डनहरुलाई राजनितिक संरक्षाण पनि मिल्दै गयो ।

यसरी नै उदाएका डनमध्ये दीपक मनाङ्गेले ठमेल एरिया बनाएर गुण्डागर्दी गर्थे । ठमेलमा उनको एक प्रकारको राज नै चल्थ्यो । उनको अनुमतिबिना ठमेल एरियामा डान्स बार र रेष्टुरेन्ट खोल्नु कुरा सोच्न पनि सक्दैन थिए व्यवसायी । उनलाई हप्ता असुली नबुझाई कसैले केही गर्नै सक्दैन थिए ठमेलमा । ठमेलमा बियरको बोतलसम्म ठेक्का लिएका उनले जडिबुटिदेखि क्रसर उद्योगसम्म आफुलाई फैलाए ।

मनाङ्गे पटक पटक प्रहरीको फन्दामा परेका थिए । तोडफोडदेखि ज्यानमार्ने लगायतका अनेकौ आरोपमा उनलाई प्रहरी धेरै पटक पक्राउ गरेको थियो । तर आफु दीपक मनाङ्गे नभई राजीव गुरुङ भएको भन्दै उनी छुट्ने गरेका थिए ।
राजनीतिक आवद्धता
उनलाई नेताहरुको आशिरवाद पनि थियो । गुण्डागर्दीबाट कमाएको अकुत सम्पत्तिलाई वैध बनाउन मनाङ्गेले आफ्नो प्रभाव र सेटिङ नेतादेखि प्रहरीसम्म फैलाएका थिए । नेता र प्रहरीसँगको सेटिङकै कारण उनले लामो समयदेखि ठमेलमा एकछत्र राज गरे । सुरुवाती चरणमा उनी राप्रपा निकट थिए । राप्रपा छोड्दै उनी कंग्रेस तिर पनि लागे । तर दुवै पार्टिबाट सोचेजस्तो पद र संरक्षण नपाउने छाँट देखे पछि उनी लक्ष्मण चौधरीको संघीय समाजवादी पार्टीमा पनि पुगे । उनले संघीय समाजवादी पार्टीमा उपाध्यक्ष पद पाएका थिए । तर एकपटक वैठकमा अध्यक्ष लक्ष्मण चौधरीलाई नै मुक्का बर्षाए पछि उनलाई प्रहरीले पक्राउ गर्यो । यसपछि उनी फेरी राप्रपामै फर्किए अनि राप्रपाको मनाङ जिल्ला अध्यक्ष पनि बने । तर राप्रपाबाट आफुले सोचेजस्तो उपलव्धि र दरिलो संरक्षण नपाउने देखे पछि मनाङ्गे एमालेको शरणमा पुगे ।

सांसद बन्ने महत्वकांक्षा लिएर एमाले पुगेका उनलाई प्रारम्भिक चरणमा एमालले प्रदेश सांसद उम्मेदवारको सूचिमा राखेको थियो । तर उनको विरोध हुन थाले पछि एमालेले उनलाई टिकट दिएन । एमालले टिकट नदिए पछि उनले मनाङमा स्वतन्त्र उम्मेदवारी दिए । उनले स्वतन्त्र उम्मेदवारी दिए पनि एमालले अर्को प्रतिष्पर्धि उम्मेदवार नउठाएका कारण उनी प्रदेशसभा सांसदमा विजयी बने । मनाङ ‘ख’बाट चुनाव जितेसँगै उनी गुण्डा नाइकेबाट माननीयको सूचिमा उक्लिएका थिए । तर माननीयको सपथ खानु अघि नै कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै सर्वोच्च अदालतले ५ वर्ष जेल सजाय सुनाए पछि उनको सांसद पद धरापमा परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?