चन्द्रागिरी केवलकारको टिकट अब गणेश हिमाल ट्रेकिङ एण्ड टूर्सबाटै खरिद गर्न सकिने

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २८, २०७४
|
|
५८ पटक हेरिएको
Shares
चन्द्रागिरी केवलकारको टिकट अब गणेश हिमाल ट्रेकिङ एण्ड टूर्सबाटै खरिद गर्न सकिने

सारांश

  • काठमाडौं ।
  • चन्द्रागिरी हिल्सले गणेश हिमाल ट्रेकिङ एन्ड टूर्स प्रा.
  • लि.

काठमाडौं । चन्द्रागिरी हिल्सले गणेश हिमाल ट्रेकिङ एन्ड टूर्स प्रा.लि.लाई सेल्स एजेन्ट नियुक्त गरेको छ । सन् १९८२ देखि सञ्चालित उक्त कम्पनीलाई ट्राभल, ट्रेकिङलगायत स्वदेशी तथा विदेशी पर्यटकहरुलाई हिल्सद्वारा सञ्चालित थानकोट–चन्द्रागिरी केबलकारको टिकट बिक्रीका लागि एजेन्ड नियुक्त गरेको हो ।

ठमेल क्षेत्रपार्टीमा अवस्थित गणेश हिमाल ट्रेकिङ एन्ड टूर्समार्फत सहज रुपमा चन्द्रागिरी केवलकारको टिकट खरिद तथा बुकिङ गर्न सक्ने कम्पनीका प्रबन्ध निर्देशक गणेश रिमालले जानकारी दिए ।

केवलकारको टिकट खरिदका लागि नेपाली नागरिकका लागि प्रतिटिकट सात सय रुपैयाँ, यूरोपियन लगायतका देशका नागरिकका लागि २२ डलर, चिनियाँ पर्यटकका लागि १५ डलर र सार्क राष्ट्रका नागरिकका लागि भारतीय सात सय रुपैयाँ लाग्ने छ ।

त्यसमा ३÷४ वर्षका बालबालिकाहरुका लागि ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै अपाङता भएकालाई ५०, विद्यार्थीलाई २५ र ६० वर्ष उमेर पार गरेकाहरुलाई २५ प्रतिशत छुट दिइने पनि रिमालले जानकारी दिए ।

त्यस्तै कम्पनीले शिवपुरीदेखि ककनी र ककनीदेखि नागार्जुनसम्म जिप सफारी समेत सञ्चालन गरेको छ । राजधानीको धुलो धँुवाबाट वाक्क भएकाहरुलाई छोटो समयमै पडाडी मनोरम दृश्यहरुको अवलोन गराउँदै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याईएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
बुर्तिवाङ उत्तरगंगा अस्पतालबारे नियोजित ढंगमा छापिएको समाचारप्रति कडा भर्त्सना, सजग रहन आग्रह
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 
नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान
नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान
देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने
देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने
नेकपाले ५० हजार काङ्ग्रेसकाे १ लाख
कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !
कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !
माघ ८ गते बिहिवारको राशिफल यस्तो छ
माघ ८ गते बिहिवारको राशिफल यस्तो छ
परराष्ट्रमन्त्री ज्ञवाली र विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता
नेपाल– अष्ट्रेलिया सम्बन्ध ६० औँ वर्षमा, नेपालको उन्नयनमा साझेदार
नेपाल– अष्ट्रेलिया सम्बन्ध ६० औँ वर्षमा, नेपालको उन्नयनमा साझेदार
सुदूरपश्चिम प्रदेशमा स्वाब सङ्कलन सुस्त, सङ्क्रमण घट्दै
सुदूरपश्चिम प्रदेशमा स्वाब सङ्कलन सुस्त, सङ्क्रमण घट्दै

तपाईंले छुटाउनुभयो कि?