कर्मचारी काममा नगए बिदा दिइने छः मन्त्री पण्डित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र २७, २०७४
|
|
५१ पटक हेरिएको
Shares
कर्मचारी काममा नगए बिदा दिइने छः मन्त्री पण्डित

सारांश

  • विराटनगर, २७ चैत ।
  •   संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताउनुभएको छ ।
  • विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्थानीय निकायमा जनताको सेवा गर्ने कर्मचारी अपुग भएकाले आवश्यक दरबन्दी पूरा गर्न सरकारले कर्मचारीको स्वेच्छिक अवकाश स्थगन गरेको प्रष्ट पार्नुभयो ।

विराटनगर, २७ चैत ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्थानीय निकायमा जनताको सेवा गर्ने कर्मचारी अपुग भएकाले आवश्यक दरबन्दी पूरा गर्न सरकारले कर्मचारीको स्वेच्छिक अवकाश स्थगन गरेको प्रष्ट पार्नुभयो ।

मन्त्री पण्डितले सबै कार्यालयमा परिपत्र पठाई स्थानीय निकायमा खटिएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन मन्त्रालयले रोक लगाएको बताउँदै लुकीछिपी हाजिर गराउनदिने प्रमुखलाई कारवाही गरिने चेतावनी दिनुभयो ।

कर्मचारीलाई सरकारले खटाएका ठाउँमा जान बारम्बार आह्वान गरिएको बताउँदै नगएमा त्यस्ता कर्मचारीलाई बिदा दिइने स्पष्ट गर्नुभयो । अको प्रसङ्गमा उहाँले आफूले चाहेको सचिव आफ्नै मन्त्रालयमा हुनुपर्छ भन्ने सोच राख्न नहुने बताउँदै सबै सचिवहरुले आआफनो जिम्मेवारी लिइसक्नुभएको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोपबाट फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, युरोपेली मुलुक नेपालमा लगानी गर्न इच्छुक
युरोपबाट फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, युरोपेली मुलुक नेपालमा लगानी गर्न इच्छुक
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
द्यापार (कटुकथा)
द्यापार (कटुकथा)
Region Farm and Business Supervision
प्रधानमन्त्री प्रचण्डलाई प्रविन काफ्लेको चिट्ठी
प्रधानमन्त्री प्रचण्डलाई प्रविन काफ्लेको चिट्ठी
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
मानव–वन्यजन्तु द्वन्द्व रोक्न नयाँ प्रविधि: बाँकेका चार गाउँमा जडान गरियो अत्याधुनिक पूर्वसूचना प्रणाली
मानव–वन्यजन्तु द्वन्द्व रोक्न नयाँ प्रविधि: बाँकेका चार गाउँमा जडान गरियो अत्याधुनिक पूर्वसूचना प्रणाली
डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु…..
डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु…..
लुम्बिनीमा प्रदेश सरकारले पूर्णता पाउँदै
लुम्बिनीमा प्रदेश सरकारले पूर्णता पाउँदै
बैतडीमा १३५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो
बैतडीमा १३५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो

तपाईंले छुटाउनुभयो कि?