समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण– राज्यमन्त्री बाँस्कोटा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण– राज्यमन्त्री बाँस्कोटा

सारांश

  • काठमाडौँ, ३० चैत, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकले लिएको आर्थिक समृद्घि र विकासको मार्गप्रशस्त गर्न लघु, घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
  • नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा कुरा गर्दै उहाँले मुलुकको समृद्घिको यात्रामा निजी क्षेत्र र सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
  • आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका यस्ता उद्योगको विकासमा सरकार प्रतिबद्घ रहेको भन्दै उहाँले सूचना प्रविधिमार्फत उद्योग क्षेत्रको विकास गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

काठमाडौँ, ३० चैत, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकले लिएको आर्थिक समृद्घि र विकासको मार्गप्रशस्त गर्न लघु, घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा कुरा गर्दै उहाँले मुलुकको समृद्घिको यात्रामा निजी क्षेत्र र सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका यस्ता उद्योगको विकासमा सरकार प्रतिबद्घ रहेको भन्दै उहाँले सूचना प्रविधिमार्फत उद्योग क्षेत्रको विकास गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

आजको सञ्चारको क्रान्तिले मानव जीवन सहज बनाएको उल्लेख गर्दै राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधिमार्फत नेपाली उत्पादनलाई बजारसँग जोड्न तथा आम जनताको पहुँचमा पु¥याउन सकिने भनाइ राख्नुभयो ।

आर्थिक र सांस्कृतिकलगायत दुनियाँलाई नै एकै ठाउँमा ल्याइपु¥याएको सञ्चार क्षेत्रको उपलब्धिलाई देशको समृद्धितर्फ बदल्नुपर्ने बताउँदै उहाँले सूचना ज्ञान, शक्ति र सामथ्र्य मात्रै भएकाले यसलाई लघु, घरेलु तथा साना उद्योग विकासको माध्यम बनाउन पनि उद्योगी÷व्यवसायीलाई आग्रह गर्नुभयो ।

मुलुकको आर्थिक समृद्घिको मुख्य आधार साना उद्योग भएको भन्दै राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधिमार्फत मुलुकमा उद्योगधन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकारलाई ठोस सुझाव दिन आग्रह गर्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरिले लघु, घरेलु तथा साना उद्योगी आधुनिक प्रविधि र विकासको अभावमा हिजोदेखिकै परम्परागत वस्तु उत्पादनमै सीमित रहेको बताउनुभयो ।

कृषि, गैह्रकाष्ठजन्य वन, जडीबुटी तथा प्राकृतिक रेशाजन्य वस्तु, खनिजजन्य वस्तु (जेम्सस्टोन, महँगा पत्थर), पर्यटन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधिलगायत स–साना जलविद्युत्मा आधारित तुलनात्मक लाभका क्षेत्रमा उद्योग व्यवसाय विस्तार गर्नेतर्फ पर्याप्त ध्यान दिन नसककोतर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो । ढाका, पश्मिना, सेरामिक, हस्तकलाजस्ता वस्तु उत्पादन गर्ने कार्यलाई मात्र निरन्तरता दिइरहेको छ अध्यक्ष गिरिले भन्नुभयो ।

अबका दिनमा व्यवसायलाई विविधीकरण गर्दै तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै अध्यक्ष गिरीले तिनै तहका सरकारले यसमा सहजीकरणको भूमिका खेल्नुपर्दछ भन्ने महासंघको बुझाइ रहेको बताउनुभयो ।

मुलुकभर करिब तीन लाख ५० हजार घरेलु तथा साना उद्योग दर्ता भई झण्डै दुई लाख ५० हजार उद्योग सञ्चालनमा रहेको तथ्यांक छ । यस्ता उद्योगले कारखानाको आकार ग्रहण गर्न नसकी आम जनमानसमा यस्ता उद्योग पहिचानमा नरहेका, आवश्यक भौतिक पूर्वाधारको अभावमा कार्यस्थल व्यवस्थित हुन नसक्दा यस्ता उद्योगमा पुस्ता हस्तान्तरण हुन नसकेको कारणले यस क्षेत्रमा युवामा आकर्षण सिर्जना गर्न नसकिएको उहाँले बताउनुभयो ।

प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासुदेव गिरी, सुरेश प्रधान, सूर्यबहादुर कँडेल, उपाध्यक्ष अञ्जु उपाध्याय, महासचिव डम्बर रेग्मी, महासंघ काठमाडौंँका अध्यक्ष सीता कार्कीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्यमन्त्रीलाई पक्राउ गर्न उच्च अदालतकाे अादेश
राज्यमन्त्रीलाई पक्राउ गर्न उच्च अदालतकाे अादेश
कुवेरसिंह रानाले प्रहरीको व्यवसायिक आचरण धर्मराएको भन्दै दुख व्यक्त
कुवेरसिंह रानाले प्रहरीको व्यवसायिक आचरण धर्मराएको भन्दै दुख व्यक्त
विनोद चौधरीको हत्या आरोप प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाइ
विनोद चौधरीको हत्या आरोप प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाइ
हालसम्म औपचारिक निर्णय भएका कांग्रेस उम्मेदवारको नामावली
हालसम्म औपचारिक निर्णय भएका कांग्रेस उम्मेदवारको नामावली
बैठकले संविधानमा तोकिएभन्दा बढी क्षेत्र कुनै हालतमा बनाउन नहुने-एमाले
बैठकले संविधानमा तोकिएभन्दा बढी क्षेत्र कुनै हालतमा बनाउन नहुने-एमाले
उपनिर्वाचन–२०७६ : दलका आआफ्नै जिकिर
उपनिर्वाचन–२०७६ : दलका आआफ्नै जिकिर
महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने
महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने
सुनको मुल्य फेरी बढ्यो
सुनको मुल्य फेरी बढ्यो
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !
कामु प्रधानन्यायाधीश प्रकरण: जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली !

तपाईंले छुटाउनुभयो कि?