पुनःनिर्माणमा सरकार गम्भीर हुनुपर्छः नेता नेपाल

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख १०, २०७५
|
|
६२ पटक हेरिएको
Shares
पुनःनिर्माणमा सरकार गम्भीर हुनुपर्छः नेता नेपाल

सारांश

  • काठमाडौँ, १० वैशाख , नेकपा ९एमाले०का नेता माधवकुमार नेपालले भूकम्प पुनःनिर्माणमा सरकारको ध्यान जान नसकेको बताउनुभएको छ ।
  • पत्रकार किशोर पन्थीद्वारा लिखित ‘कम्पन’को लोकापर्ण समारोहमा आज उहाँले भन्नुभयो – “जुन गतिमा भूकम्पपछिको पुनःनिर्माण हुनुपर्ने हो, त्यो हुन सकेको छैन, यसमा सरकारको गम्भीर ध्यान जानुपर्छ ।
  • ” “अझै पनि मानिस छाप्रोमा बस्न बाध्य भएका छन्”, उहाँले भन्नुभयो, “जनतालाई आश्वासन मात्र दिएका छौँ, काम हुन सकेको छैन ।

काठमाडौँ, १० वैशाख , नेकपा ९एमाले०का नेता माधवकुमार नेपालले भूकम्प पुनःनिर्माणमा सरकारको ध्यान जान नसकेको बताउनुभएको छ ।

पत्रकार किशोर पन्थीद्वारा लिखित ‘कम्पन’को लोकापर्ण समारोहमा आज उहाँले भन्नुभयो – “जुन गतिमा भूकम्पपछिको पुनःनिर्माण हुनुपर्ने हो, त्यो हुन सकेको छैन, यसमा सरकारको गम्भीर ध्यान जानुपर्छ ।”

“अझै पनि मानिस छाप्रोमा बस्न बाध्य भएका छन्”, उहाँले भन्नुभयो, “जनतालाई आश्वासन मात्र दिएका छौँ, काम हुन सकेको छैन ।”

नेता नेपालले सरकार जिम्मेवार र संवेदनशील भएर पुनःनिर्माणमा तीव्रता दिनुपर्ने उल्लेख गर्दै दातृ निकायबाट अर्बांै रकम पुनःनिर्माणका लागि आए पनि त्यो रकम उपयोग हुन नसकेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भावी पुस्तालाई नेपालको भूकम्पका बारे यो पुस्तकले जानकारी गराउने बताउँदै बाढी, दैवीप्रकोपजस्ता नकारात्मक घटना मात्र नभएर सामाजिक खुशी ल्याउने कुरा लेख्नुपर्नेमा जोड दिनुभयो ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुनःनिर्माण र नवनिर्माणको काम ढिलो गतिमा भइरहेको बताउँदै यसलाई तीव्रता दिनका लागि स्थानीय तहबाट काम शुरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

भूकम्प प्रतिरोधात्मक भवन बनाएर क्षतिलाई न्यूनीकरण गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिदैं उहाँले
नयाँ पुस्तालाई जीवन्त उदाहरण बनाउन यो पुस्तकले भूमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रा डा खगेन्द्र लुइँटेलले पुस्तकमाथि टिप्पणी गर्दै लेखकले पुस्तकमा वैशाख १२ र २९ गते गएको भूकम्पबारे सिलसिलाबद्धरुपमा लेख्नुभएको बताउनुभयो ।

लेखक पन्थीले भूकम्पबारे भावी पुस्तालाई जानकारी गराउनका लागि पुस्तक लेखिएको बताउनुभयो ।

पुस्तकमा लेखकले विभिन्न १२ अध्यायमा भूकम्पका सम्बन्धमा विभिन्न व्यक्तिसँग गरिएको कुराकानीलाई संस्मरणात्मकरुपमा उल्लेख गर्नुभएको छ ।

एमाले नेता नेपाल, नयाँ शक्ति पार्टीका संयोजक भट्टराई र नेकपा ९माओवादी केन्द्र०का प्रवक्ता पम्फा भुसालले संयुक्तरुपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले बागी उम्मेदवारलाई कारबाही गर्ने….
कांग्रेसले बागी उम्मेदवारलाई कारबाही गर्ने….
पानीको स्रोत संरक्षणमा एकजुट भएर जुटौं : खानेपानी मन्त्री मगर
पानीको स्रोत संरक्षणमा एकजुट भएर जुटौं : खानेपानी मन्त्री मगर
गाउँमा रमाउँदै कांग्रेस, दलितलाई ब्राम्हणको घरमा भित्राइँदै, मठमन्दिरमा सामूहिक पूजाआजा
गाउँमा रमाउँदै कांग्रेस, दलितलाई ब्राम्हणको घरमा भित्राइँदै, मठमन्दिरमा सामूहिक पूजाआजा
संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँः डा भट्टराई
संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँः डा भट्टराई
प्रतिनिधिसभा समानुपातिक : कांग्रेस र एमालेले चार लाख कटाए
प्रतिनिधिसभा समानुपातिक : कांग्रेस र एमालेले चार लाख कटाए
गोंगबुमा प्रहरीले गोली चलायो,तामाङ घाइते
गोंगबुमा प्रहरीले गोली चलायो,तामाङ घाइते
प्रचण्डको ​२०१७ साल दोहो-याउने षड्यन्त्र !!!
प्रचण्डको ​२०१७ साल दोहो-याउने षड्यन्त्र !!!
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास
गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास
एउटै मञ्च बाट देउवा र दाहालले दिए एकअर्कालाई चुनौति !
एउटै मञ्च बाट देउवा र दाहालले दिए एकअर्कालाई चुनौति !

तपाईंले छुटाउनुभयो कि?