आणविक हतियार प्रहार नगर्न रुसलाई इयूको चेतावनी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २७, २०७९
|
|
४० पटक हेरिएको
Shares
आणविक हतियार प्रहार नगर्न रुसलाई इयूको चेतावनी

सारांश

  • काठमाडौँ ।
  • युरोपेली सङ्घ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा पश्चिमा मुलुकको सैन्य कारबाहीबाट आफ्ना सेना ‘सखाप’ हुने चेतावनी दिएका छन् ।
  • बोरेलले ब्रसेल्समा एक कूटनीतिक अकादमीको उद्घाटनमा भने, ‘पुटिनले आफूले धोका नदिएको बताइरहेका छन् ।

काठमाडौँ । युरोपेली सङ्घ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा पश्चिमा मुलुकको सैन्य कारबाहीबाट आफ्ना सेना ‘सखाप’ हुने चेतावनी दिएका छन् ।

बोरेलले ब्रसेल्समा एक कूटनीतिक अकादमीको उद्घाटनमा भने, ‘पुटिनले आफूले धोका नदिएको बताइरहेका छन् । उनले नडराएको अभिनयलाई सधैँ कायम राख्न सक्दैनन्, र यो स्पष्ट हुनुपर्दछ कि युक्रेन र युरोपेली संघ र सदस्य राष्ट्रहरू, र संयुक्त राज्य अमेरिका र उत्तर एटलासन्टक सन्धि संगठन नेटोलाई समर्थन गर्ने मानिसहरूले पनि धोखा दिइरहेका छैनन् ।’

पुटिनले युद्धभूमिमा हार बेहोरेपछि कब्जा गरिएका चार वटा क्षेत्र पुनः कब्जा गर्ने युक्रेनी चेतावनीपछि मस्कोले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने रणनीति अख्तियार गर्ने आशङ्का बढेको छ ।

नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले रूसले आफ्नो पश्चिमा समर्थक छिमेकीमाथि आणविक आक्रमण गरेमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

नेटोका एक वरिष्ठ अधिकारीले बुधबार भन्नुभयो, “लगभग निश्चित रूपमा धेरै सहयोगीहरूबाट भौतिक प्रतिक्रिया प्राप्त हुनेछ, र सम्भवतः नेटोबाट नै यसको तीव्र प्रतिक्रिया आउनेछ ।

तर गठबन्धनले आफ्नो आणविक शस्त्रागारको प्रयोग गरेर प्रतिक्रिया दिने धम्की दिएको छैन किनभने गैर–सदस्य युक्रेन यसको आत्मरक्षाका लागि बनाइएको कानुनी धारामा समावेश छैन ।

मस्कोसँगको विनाशकारी आणविक द्वन्द्व चर्काउने डरले युक्रेन द्वन्द्वमा अमेरिका र नेटोले सैन्य हस्तक्षेप नगर्ने अडान लिएका छन् । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करिश्मा हिंडिन् स्कुल, दश जोड दुई किटिनी स्कुलमा पढ्दै
करिश्मा हिंडिन् स्कुल, दश जोड दुई किटिनी स्कुलमा पढ्दै
विप्लव समूहका चार कार्यकर्ता पक्राउ
यस्तो रहनेछ आज देशभरको मौसम
यस्तो रहनेछ आज देशभरको मौसम
‘मेरो बिरामी तपाईले हेरिदिनु भनेर चुनावी प्रचारमा हिँडेको थिएँ’
‘मेरो बिरामी तपाईले हेरिदिनु भनेर चुनावी प्रचारमा हिँडेको थिएँ’
समुन्द्रको बिचमा पानीजहाजको इन्जिनमा समस्या आएपछि…
समुन्द्रको बिचमा पानीजहाजको इन्जिनमा समस्या आएपछि…
काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?
काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?
दिल्लीबाटै प्रम ओलीले भने ‘प्रचण्ड र म बीच सुमधुर सम्बन्ध छ’
दिल्लीबाटै प्रम ओलीले भने ‘प्रचण्ड र म बीच सुमधुर सम्बन्ध छ’
संविधान दिवसले लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनाओस् : पूर्वअध्यक्ष रेग्मी
संविधान दिवसले लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनाओस् : पूर्वअध्यक्ष रेग्मी
समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
पाँचखाल महोत्सवको छैटौ दिन पनि उत्तिकै भीड
पाँचखाल महोत्सवको छैटौ दिन पनि उत्तिकै भीड

तपाईंले छुटाउनुभयो कि?