जेठ ३१ गते निर्वाचन गराउन आयोग प्रतिवद्ध : प्रमुख आयुक्त

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ११, २०७४
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, जेठ ११ – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताउनुभएको छ ।
  • स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँगको आजको छलफल कार्यक्रममा उहाँले भन्नुभयो, ‘कहीँकतै दुविधा र भ्रममा नपरी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ र स्वतन्त्ररुपमा गर्न व्यवस्थापनको लागि हामी अघि बढिरहेका छाैँ।
  • ’ स्थानीय तहको सङ्ख्या बढाएको आधिकारिक जानकारी प्राप्त भएको छैन, सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयबाट आएको अधुरो प्रतिवेदनको आधारमा निर्वाचन हुन नसक्ने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, ‘आयोगले ४६१ वटै स्थानीय तहमा केन्द्रित गरेर निर्वाचनको व्यवस्थापनलाई अघि बढाइरहेको छ ।

काठमाडौं, जेठ ११ – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताउनुभएको छ ।

स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँगको आजको छलफल कार्यक्रममा उहाँले भन्नुभयो, ‘कहीँकतै दुविधा र भ्रममा नपरी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ र स्वतन्त्ररुपमा गर्न व्यवस्थापनको लागि हामी अघि बढिरहेका छाैँ।’

स्थानीय तहको सङ्ख्या बढाएको आधिकारिक जानकारी प्राप्त भएको छैन, सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयबाट आएको अधुरो प्रतिवेदनको आधारमा निर्वाचन हुन नसक्ने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, ‘आयोगले ४६१ वटै स्थानीय तहमा केन्द्रित गरेर निर्वाचनको व्यवस्थापनलाई अघि बढाइरहेको छ ।’

मुलुकका सबै स्थानीय तहमा एकै चरणमा निर्वाचनको तयारी गरिरहेको आयोगले राजनीतिक सहमतिको वातावरण बनोस् भनी जेठ ३१ गतेको निर्वाचनको लागि सहमति जनाएको प्रसङ्ग स्मरण गराउँदै उहाँले ४६१ स्थानीय तहको निर्वाचनको सामग्रीको व्यवस्थापन समेत भइसकेको बताउनुभयो ।

प्रमुख आयुक्त डा यादवले भन्नुभयो, ‘अघिल्लो निर्वाचनबाट पाठ सिक्दै दुःखद् घटना नदोहोरिउन र पहिलो चरणको भन्दा अबको निर्वाचन अझ राम्रो गर्न सकियोस् भन्नेमा आयोग सजग र सचेत रहेको छ ।’

दोस्रो चरणको निर्वाचन चार प्रदेशको ठूलो क्षेत्रमा हुने भए पनि भूगोलको हिसाबले अघिल्लोको तुलनामा निकै सहज रहेको बताउँदै उहाँले राज्यले निर्वाचनको लागि खटाएको स्थानमा गएर दिएको जिम्मेवारी कर्तव्यनिष्ट भएर पूरा गरी असल अभ्यास प्रस्तुत गर्न पनि अनुगमनकर्तालाई निर्देशन दिनुभयो ।

पहिलो चरणको निर्वाचन अपेक्षा गरेकोभन्दा निकै शान्तिपूर्ण र व्यवस्थित रुपमा भएको दाबी गर्दै उहाँले निर्वाचनमा अनुगमनकर्ताले खेलेको भूमिकाको प्रसङ्ग गर्नुभयो ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा भएको थियो । सो निर्वाचनको सन्दर्भमा आयोगले सरकारका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतलाई अनुगमन र सुक्ष्म अनुगमन कर्ताको भूमिकामा विभिन्न जिल्लामा खटाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सल्यानबाट सिन्धुपाल्चोक पुगेका दुई शिक्षकमा कोरोना
सल्यानबाट सिन्धुपाल्चोक पुगेका दुई शिक्षकमा कोरोना
¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ
¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ
सिंहदरबार भित्रकै सचिवले नै टेरेनन् प्रधानमन्त्रीलाई
सिंहदरबार भित्रकै सचिवले नै टेरेनन् प्रधानमन्त्रीलाई
उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री
उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
ज्वरोका कारण पत्रकार थपलियाको निधन
ज्वरोका कारण पत्रकार थपलियाको निधन
अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति
अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति
कांग्रेसमा विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर
कांग्रेसमा विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर
पिएसजी छोडेर नेयमार कतै जाँदैनन्ः यूनी इम्री
पिएसजी छोडेर नेयमार कतै जाँदैनन्ः यूनी इम्री
सुस्तमनिस्थिति भएकी महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ
सुस्तमनिस्थिति भएकी महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ

तपाईंले छुटाउनुभयो कि?