ज्वरोका कारण पत्रकार थपलियाको निधन

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ १६, २०७५
|
४
|
४५ पटक हेरिएको
Shares
ज्वरोका कारण पत्रकार थपलियाको निधन

सारांश

  • काठमाडौँ ।
  • साहित्यकार एवं पत्रकार यादव थपलियाको ४० वर्षको उमेरमा निधन भएको छ ।
  • पत्रकार थपलियोको ‘भाइरल इन्फ्लुएञ्जा’ का कारण निधन भएको हो ।

काठमाडौँ । साहित्यकार एवं पत्रकार यादव थपलियाको ४० वर्षको उमेरमा निधन भएको छ । पत्रकार थपलियोको ‘भाइरल इन्फ्लुएञ्जा’ का कारण निधन भएको हो ।

‘कान्तिपुर’ दैनिक पत्रिकाका वरिष्ठ उपसम्पादक रहेका थपलियाको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा हिजो शुक्रबार निधन भएको हो । ज्वरोका कारण बुधबार उपचारार्थ अस्पताल भर्ना भएका थपलियाको असामयिक निधन भएपछि परिवार, साहित्यकार, पत्रकार र उहाँका सहकर्मी स्तब्ध हुँदै अस्पताल र आर्यघाट पुगेका थिए ।

उनले यसअघि ‘नयाँ विकल्प’ साप्ताहिक, ‘जनपुकार’ साप्ताहिक, ‘खोजतलास’ सन्ध्याकालीन दैनिक, ‘स्पेशटाइम’ दैनिक, ‘नयाँ पत्रिका’ दैनिक र ‘नागरिक’ दैनिकमा सम्पादनको काम गरेका थिए ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११ डाँडाथोकमा जन्मेका थपलिया नागार्जुन साहित्यिक प्रतिष्ठान, सिर्जना मझेरीलगायत संस्थाका संस्थापक सदस्यथिए । उनको २०६३ सालमा प्रतिष्ठानबाट ‘मृत्यु–चुम्बन’ उपन्यास प्रकाशन भएको थियो । उहाँको साहित्यिक ‘सम्मतिका छालभित्र’ समीक्षा कृति पनि प्रकाशित छ । विभिन्न साहित्यिक पत्रिका र कृति सम्पादन गर्नुभएको थियो ।

प्रतिष्ठानका महासचिव माधव निर्दोषले शोक विज्ञप्ति जारी गरी थपलियाले मौलिक साहित्य र सिर्जनात्मक पत्रकारितामा दिएको योगदान अविस्मरणीय रहेको उल्लेख गरेका छन् । थपलियाको शुक्रबार नै पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । थपिलियाका आमा, श्रीमती र दुई छोरी छन् ।

(www.cookwarejunkies.com)

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Bodha Raj Tripathee

    RIP

    Comment Author

    Dipendar Mahato

    Rip

    Comment Author

    Ramila Kadel

    Rip

    Comment Author

    Narayan Thapaliya

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?